अपडेट

लोक गायक चोलेन्द्र पौडेल लाई पत्नीशोक


    ~
गीत संगीतको माध्यमबाट सबैलाई हसाई दु:ख पिडा बिर्षाउने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य तथा चर्चीत लोक संगीत साधक एवं दोहोरी गायक चोलेन्द्र पौडेललाई पत्नी शाेक परेकाे छ।

अचानक बेहाेस भएपछि उनकी धर्मपत्नी सावित्री पाैडेललाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल पुर्याईएकाे थियो त्यहाँ उपचार हुन नसकेपछि काठमाडौमा स्थित न्युरो हस्पिटलमा रिफर गरिएको र त्यहाँ १९ दिन राखेर उपचार गर्दा पनि निको हुन नसकेपछि पुन: मनिपाल शिक्षण हस्पिटलमा फर्काईएको थियो ।

मनिपाल अस्पतालमा थप उपचार गर्न् क्रममा अाज बिहान करिब ११ बजेकाे समयमा उनकाे दुखद निधन हुन पुगेकाे हाे। मृतक पाैडेल समाजमा एक असल नारी, गृहणी, समाजसेवी तथा कसैकाे अाखामा नबिझाउने स्वाभकाे भएकाे उनलाई नजिकबाट चिनेका एक अाफन्तले जानकारी दिए। साथै उनका नावालक दुई छाेरीहरू रहेका छन्। साथै पत्नी बियाेगमा परेका पाैडेललाई सान्त्वना दिन तथा पत्नीकाे अन्तिम संस्कारका लागी परिवार, शुभचिन्तक, इष्टमित्र, साथीभाईहरू लगायत हजारौंकाे सङ्ख्यामा उपस्थिति रहेकाे थियाे।

त्यस्तै चर्चीत गायक चाेलेन्द्र राष्ट्रिय लाेकदाेहाेरी गित प्रतिष्ठान कास्की ,गण्डकी अन्चल कार्यसमीती को नेतृत्व गर्दै हाल केन्द्रीय सदस्य पदमा अाबद्ध रहेका छन्। भने विभिन्न सामाजिक संस्थाहरूमा समेत अाबद्ध रहेका छन्।

यो असामयीक शोकमा धेरै कलाकार हरुले शोक ब्यक्त गरेकाछन । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सम्वद्द प्राय सबै कलाकार हरुले अन्त्यष्टी मा उपस्थित भएर शोक ब्यक्त गरे । उपस्थीत हुन नसकेका हरु ले सामाजीक संजाल मार्फत दुख ब्यक्त गरेका छन । यो दुखद घडीमा जमर्को परिवार पनि अत्यन्तै स्तब्ध भएको छ, मृत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछौं !!!

कोई टिप्पणी नहीं