अपडेट

वार्षिक उत्सव मनाउदै मोना कतार

तिलु शर्मा पौडेल 
दोहा 

गत सुक्रबार मोना कतारको एघारौ मासीक तथा नियमीत बैठक सम्पन्न भएको छ l दोहामा अबस्थित मुन्तजा पार्कमा बसेको बैठकमा बिभिन्न सिर्शकमाथि छलफल भएको थियो l उक्त बैठकले आगामी २६ तारिकका दिनमा मोना कतारको वार्षिकोत्सव तथाबिबिध समयमा योगदान दिएका बिबिध व्यक्ति तथा ससथालाई सम्मान कार्यक्रमको आयोजना गर्ने बिगतको निर्णय अनुरुप तयारीलाई तिब्रता दिने निर्णय गरेको छ / बिन मोहमुदमा अबस्थित् सालिमार दरबार रेस्टुरेन्टमा सम्पन्न हुने उक्त कार्यक्रम दिउसो २ बजे बाट सुरु हुनेछ /साथै मोना कतारले पहिलो पल्ट सास्कृतिक बिभाग समेत गठन गरेको छ / जसको संयोजकमा मोना कतारका कार्य समिति सदस्य बबी साही रहनु भएको भने सदस्यहरुमा महिला सयोजक सपना पुन र मोहन पौडेल रहेका छन / समयको मागलाइ मध्यनजर गर्दै साँस्कृतिक बिभाग गठन गरिएको र यसको संयोजकको जिम्मेवारी आफुले पाउदा अति नै खुसि लागेको साहीको भनाइ छ l दोहा कतारमा निकै नै चर्चित खेल मध्यको एक खेल भालिबल पनि रहेको हुदा राजेन्द्र भण्डारीको सयोजकत्वमा ३ सदस्यीय खेलकुद समिति  चयन गरिएको छ जसमा मिन नेपालि र आकाश रसाइली रहेका छन भने आकास रसाइली लाइ टिम कोचको जिम्मेवारी समेत प्रदान गरिएको छ / सचिब राजु पौडेलले संचालन गरेको कार्यकर्मको अध्यक्षता सस्थाका अध्यक्ष गणेस प्रसाद श्रेष्ठले गर्नु भएको थियो / 

कोई टिप्पणी नहीं