अपडेट

नमस्ते नेपालको कार्यक्रममा गोपीकृष्ण र ऋताको धमाकेदार प्रस्तुती

तिलु शर्मा पौडेल 
दोहा कतार 


~नमस्ते नेपाल हातेमालो सामाजिक सस्था कतार शाखाले केन्द्रीय भवन निर्माण सहयोगार्थ लिला अधिकारीको संयोजकत्वमा गत शुक्रबार बिन उम्रानको द भिलेज गार्डेन रेष्टुरेन्टमा बिबिध साँस्कृतिक कार्यक्रम २०७३ भव्यताका साथ् सम्पन्न गरेको छ l उक्त कार्यक्रमकालागी नेपालबाट लोक, पप तथा आधुनिक गायिका रिता केसी साथै युएई (दुवई) मा बस्दै आएका लोकदोहोरी गायक गोपीकृष्ण पंगेनी कतार आएका थिए । 
॰॰॰॰॰
राष्ट्रिय गान, दिप प्रज्वलन ,सहिदहरुको संझनामा मौन धारण गर्दैन ब्यानर अनाबरण सहित सुरु गरिएको कार्यक्रमको संचालन अबु अलिले गरेका थिए l निशा ढकालको स्वागत मन्तब्य रहेको कार्यकर्मको सभापतित्व अध्यक्ष रमेश दर्नाल ले गरेका थिए भने प्रमुख अतिथिको रुपमा ब्यबसायी तथा समाजसेबी माया केसीको रहनु भएको थियो l कार्यक्रममा विशेष अतिथी संस्थाका संस्थापक प्रथम उपाध्यक्ष हिमलाल शर्मा , बसन्त फिल्मस् प्रालीका प्रबन्ध निर्देशक एवं युवा समाजसेवी ईश्वर काफ्ले , समाजसेवी बिमल सुबेदी , एनआरएनए आईसीसी सदस्य हंसराज ढकाल क्षेत्री , एनसीसी कतारका कोषाध्यक्ष भेषराज पराजुली लगायत सहयोगी मनका रुपमा मोना कतारका महासचिब तिलु शर्मा पौडेल एवं राष्टिय मुस्लिम गठबन्धनका महासचिब अजिज अलि साथै कतारमा स्थापित विभिन्न बैचारिक तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 
॰॰॰॰॰॰॰
अनौपचारिकता लगत्तै सांगीतिक माहोलमा प्रवेश गरेको कार्यक्रमको सन्चालन सरद पाण्डेले गरेका थिए भने ‘यो हो मेरो प्राण भन्दाप्यारो माईती घर’ बोलको गीतमा सन्चोमाया तामाङ्गले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् l ‘’तिम्लाई छाडी आउथे र म किन सिन्दुर बाहेक केही दिन सकिन तिम्लाई सुख कटाउछु भनेर रुदै रुदै प्रदेशी भए म पैसा कमाई पठाउछु भनेर’’ भन्दै स्टेजमा प्रबेश गरेका गायक पंगेनीले लगातार जिम्मल बाको आगनीमा’ , ‘शिरमा ढाका टोपी’ र ‘हावा चल्यो सरर’ म त् परदेशी , सालैजो र मायाले मन बराल्छ सम्म गित गाउदा नृत्य गर्दै अधिकांश दर्सकहरु असिन पसिन बनेका थिए भने स्टेज पनि भरी भराउ भएको थियो  l नेपालबाट आएकी गायिका रिता केसीले नेपालको सम्झनामा ‘यो हो मेरो प्राण भन्दा प्यारो माईती घर’ बोलको गीतबाट आफ्नो प्रस्तुती राख्न सुरु गरेकी थिइन । लोक , पप र आधुनिक सबै विधाको गित गायकि केसीले सरद पाण्डे संग तिज गित गएर दर्शकहरुलाई नचाउन सफल भैइन l के.सि र पँगेनी दुवै कलाकारको प्रस्तुतिबाट दर्शक निकै सन्तुस्ट देखिन्थे l 
॰॰॰॰॰॰
साथमा कतारमा रहेका स्थानीय कलाकारहरुले उपस्थित सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरे l डान्सर अजय परियारले ओइ झुमा झुमा झुम्कावालीमा झुमाए भने रिमा लामा,किरण लामा , सविना लामा , लोकेश बिसी , तुफान काफ्ले लगायतले आकर्षक नृत्य प्रस्तुत गरि दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरे l मोना कतारका सदस्य तथा लोक गायक रेशम परियारले आफनो नया तिज गित गाए भने रामबाबु बोहोरा र नबिन सुब्बाले पनि आफनो प्रस्तुति  मार्फत माहोललाई तताई रहे। त्यस्तै  गायक शिव पौडेल र गायिका सुस्मा पुनले ‘जाउला घुम्न सरर आँधी ’ बोलको गीतमा दोहोरी गाए । पप एंड रक गायक दामोदर न्यौपानेले ‘हाम्रो समय साच्चै रमाईलो’ बोलको पुरानो गीत गाएर उपस्थित सबैलाई मनोरन्जन प्रदान गरे l गुल्मेली माग्ने बुढा सुरज बिसीले तिज गित लाइ व्यंग गर्दै दर्शक हसाए l  कार्यक्रमको बीच बिचमा राखिएको सुभकामना मन्तब्य दिने सबै बक्ताले कार्यक्रम को सफलताको कामना गरे l दिनको २ बजे बाट सुरु भएको उक्त कार्यक्रम अबेर राति सम्म चलेको थियो l  मनोरन्जन, परोपकार, लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान’ भन्ने नाराका साथ स्थापना भएको कतार शाखाले दोहा कतारको इतिहासमा पहिलो पटक स्थानीय कलाकारलाई नगद पारिश्रमिक सहित खादा र सम्मान पत्रले सम्मान गरेको थियो l कार्यक्रमको अन्त्य तिर बोल्दै प्रमुख अतिथि माया केसीले आफु कला कलाकार र सामजिक क्षेत्र सबैलाई उतिकै माया गर्ने र बाचुन्जेल माया गरिरहने प्रतिबद्धता जनाउनु भयो / उक्त कार्यक्रमको औपचारिक समापन गर्दै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति रमेस दर्नालेले यो कार्यक्रमबाट उठेको रकम समिक्षा बैठक पछी पत्रकार साथीहरुको रोहबरमा नेपाल पठाइने जानकारी गराउदै कार्यक्रमको समापन गर्नु भएको थियो l  

कोई टिप्पणी नहीं