युएईको तीजमा नविनको तहल्का~चल्यो सम्मानको लहर
युएइ मा रहेका नेपाली दाजुभाइ दिदी बहिनी हरुले कलाकार प्रती देखाएको माया एबम सदभाब वर्णन गरि साध्य छैन भन्दै नविनले अर्घाखाँची सम्पर्क समिती रस अल खैमहका साथी हरुलाई समेत धेरै धेरै धन्यवाद ज्ञापन गरे । युएई का धेरै नेपाली हरु आवद्द भएका संघ संस्था हरुले सम्मानको लहरनै चलाउदा त्यो माया र सम्मान प्रति आफु अत्यन्तै नतमस्तक भएको कुरा पनि बताए ।
पाल्पाली समाज युएइ, धादिङ समाज युएइ, रुपन्देही समाज युएइ सम्म आइपुग्दा साच्चिकै बिदेशी भुमिमा बसेर नेपाली गीत संगीत र कलाकारितालाइ कतिधेरै माया गर्नुहुदो रहेछ भन्ने कुराको अनुभव लिन पाएर अत्यन्तै भाबुक बनेका पौडेलको यसपाली को तिज गीत "नयाँ पार्टी खोल्छु" अत्यन्तै चर्चित भएको थियो । त्यस्तै उनको "पल्ला घरका जेठाजुले आईए विए पढ्छन हाम्रा घरका नामर्द त भर्याड• चढ्दा लड्छन जान्न म त त्यो घर के संझनु छ र जान्न म त त्यो घर"भन्ने रोईला अत्यन्तै कालजयी भएर आज पर्यान्त चर्चाको शिखरमै रहिरहेको छ ।
त्यस्तै उनका अन्य मनोरन्जनात्मक गीत हरुमा "यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा" , "श्रीनगर बतासे डाडैमा" , "छैन कतै पल्किनी मन चाहिँ यतै ढल्किनी" , "ए हजुर सुन्नुभाछर" , "आजै भेट भाको अत्तरिया आको म परें पाल्पाको" , लगायत दर्जनौं गीत हरु सुपर हिट छन ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें