राम कुमार बस्नेत र अनिल खनालको "जीवन धरापमा" गीत बजार मा ।
राजु बोहरा //काठमाडौँ /
अनिल खनालको एकल शब्द तथा लय सृजना र रामकुमार बस्नेतको सुमधुर आवाज मा रहेको लोक गित "जिबन धराप छ " बोलको गीतलाई बजारमा आएको छ ।विन्दवाशीनी म्युजीक मार्फत बजारमा आएको उक्त गीत निकै मर्मस्पर्षी रह्को कुरा गीतकार अनिल खनाल ले बताए ।
ऋणै माथि घर घर छोडी हिडियो !
दुख के हो हिडेसी चिनियो !!
जिबन धराप छ !
कमाई छैन भनौं भने तिम्ले पिर मानौली !!
कमाईराछु भनौं भने हे आमा हालत खराब छ !
घर छेडेर हिंड्ने रहर त कसलाई पो हुन्छ र ! ऋण माथि ऋणले थिचेपछी परदेशीनुको विकल्प पनि नहुदोरहेछ । लाखौं परदेशी हरुको यथार्थता बयान गरेको उक्त गीतले आमाको काख बाट टाढिनु पर्ने बाध्यता भएका लाखौं नेपालीको यथार्थ कथा बोलेको छ ।
तर घर छोडेर हिंड्दा पनि कहाँ सबै सोचे जस्तो हुँदो रहेछ र ! सधैं घर को चिन्ता अनि त्यो रणभूमिमा आतंककारी हमला बाट पनि बाँचेर सकुसल घर फर्किन सम्भावना नै न्यून हुने ।त्यसैले आफ्नो हालत जतिसुकै खराब भए पनि आफ्नो घर परिवारको खुसीको लागि सधैं ठिक छु भनेर मन भित्रको गाँठो खोल्न नै नसकिँदो रहेछ ।
साथमा बिन्ध्यबासिनी म्युजिक प्रालि मार्फत यो गीतको म्युजिक भिडियो छिटै निर्माण हुने क्रममा रहेको छ ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें