अपडेट

बाराक ओबामाकी छोरीले सेयर गरिन हाम्री चेली नृत्यांगना निलमको ढुंगानाको फोटो



~ नेपालकी ख्यातीप्राप्त एकल खुट्टा नृत्यांगाना निलम ढुंगाना लाई अमेरीकी राष्ट्रपती बाराक ओबामाकी छोरी मालिया ओवामा ले सामाजीक संजाल फेसबुकमा जन्मदिनको शुभकामना दिएकी छन । निलमको एक खुट्टाले उभीएको फोटोमा कसैले आज उनको जन्मदिन हो भन्ने क्याप्सन राखेर पोष्ट गरेको रहेछ । त्यो फोटो सामाजिक संजालमा यसरी भाइरल भयोकी कसैले आफ्नो पेजको लाइकको बढाउनको लागि मात्र निलमको आज जन्मदिन परेकोले शुभकामना दिउँ भन्ने आशयको क्यापसन हालेर पोष्ट गरेको थियो । उक्त फोटोमा लाईकको संख्या लाखौं पुग्यो । उस्तै सेयरको संख्या बढ्दै जादा त्यही फोटो हालेर मालिया ओबामाले पनि आज परेको जन्मदिनमा यी सुन्दर युवती लाई शुभकामना दिउँ भनेर स्टाटस पोष्ट गर्न पुगीन । मालियाको स्टाटसमा हजारौं हजार कमेन्ट हरु आएका छन जसमा निलमलाई जन्मदिनको शुभकामना दिईएको छ । 

~ निलम भन्छीन त्यो स्थान सम्ममा मेरो तस्बिर पुगेर वहाँले शेयर गर्नु भएकोमा खुसी छु तर जुन तरिकाले त्यहा सम्म पुग्यो त्यसमा चै अलि दुख लागेको छ । मेरा फोटा हरु प्राय पेज हरुले सहानुभुती बटुल्दै लाईक संख्या बढाउन प्रयोग गरेका हुन्छन जुन दुख लाग्दो कुरा हो । मेरो जन्मदिन नभएपनि सामाजीक संजाल मार्फत मालिया ओबामा सम्म मेरो फोटो पुग्नु र वहा मेरो फोटो हेरेर प्रभावित हुनुभई मलाई सुभकामना समेत प्रदान गर्नु मेरा लागी खुसीको कुरा हो । त्यो पोष्ट मैले पनि सेयर गरेकी छु ।

कोई टिप्पणी नहीं