अपडेट

विजेता साथी लाई वधाई,पराजीत सहकर्मी संग एकताको आह्वान~शंकर


~ सचिव पदमा अत्याधीक मत का साथ विजयी उमेदवार शंकर विसीले आम मतदाता साथी हरु प्रति आभार ब्यक्त गरेका छन । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैटौं महाअधिवेशनमा भएको निर्वाचनमा मलाई सचीव तर्फ अत्याधीक मत ( ११०८ ) दिई विजयी गराउनुहुने मेरा सम्पुर्ण शुभचिन्तक मतदाता साथी हरुमा हार्दीक आभार ब्यक्त गर्न चाहन्छु भन्दै शंकर अगाडी थप्छन ~  यो विजयले मलाई गीत संगीत प्रति अझै गम्भीर भएर लाग्नुपर्ने जिम्मेवारी थप गरेको छ । हजुर हरुले प्रदान गरेको मतले संस्था प्रतिको मेरो दायीत्व लाई अझै मजवुत गराएको छ भन्दै शंकरले पराजीत उमेदवार साथी हरु प्रति पनि सहानुभुती देखाउदै अगाडी लेख्छन~  निर्वाचन मा हार र जित अवस्यसंभावी छ । मैले जीतीरहदा कतिपय मेरा हितैसी मित्र हरुले पराजय भोग्नुभएको छ त्यो पराजयलाई प्रतिस्पर्धाको साधारण नियम मानेर ग्रहण गर्नुहुन साथी हरुमा अनुरोध गर्न चाहन्छु । कार्य समीती बाहिर रहेर पनि संस्था,संस्कृती र लोक परम्परा लाई टेवा दिने कार्य गरिरहनुहुनेछ भन्ने कुरामा पुर्ण विस्वस्त छु । साथै सम्पुर्ण निर्वाचित कार्यसमीती का साथी हरुमा आगामी कार्यकालको लागी मजवुत कार्यगत एकता बनोस भन्ने कामना गर्दछु ।
~ शंकर विसी को फेसबुक बाट 

कोई टिप्पणी नहीं