अपडेट

बद्री पंगेनीको अत्याधिक मत,असहयोगी र विरोधी हरुको लागी दरिलो जवाफ


लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आसन्न महाअधिवेशनमा भएको निर्वाचनमा अत्याधिक मतका साथ विजयी हुनुभएका अध्यक्ष पदका उमेदवार बद्री पंगेनी लगायत नयाँ कार्य समीती लाई हार्दिक वधाई ।



चुनावी माहोलमा विरोधी हरु हुनु स्वाभाविक नै हो । चुनाव भनेकै प्रतिस्पर्धा हो । विरोधी पक्ष नभए चुनाव नै हुदैन । विरोधी लाई स्वाभाविक रुपमा लिएका वद्री पंगेनी ले प्राप्त गरेको मत संख्या हेर्दा चुनावको मुखैमा आएर असहयोगी बन्न पुगेका कतीपय साथी हरुले पनि गतीलो जवाफ भेटेका छन । अत्यन्तै लोकप्रिय छविका साथ चुनावी मैदानमा उत्रीएका बद्री पंगेनीको जीत सुनिश्चित थियो । तर पनि कतिपय क्षेत्रीयता र राजनैतिक कारण हरु देखाएर विभीन्न हल्ला चलाई उनको पराजय हुन सक्ने किसीमका हल्ला हरु फिंजाईएका थिए । अन्तत: पंगेनी ले प्राप्त गरेको मत संख्या ले संस्था भित्र उनको पकड र कलाकार हरुमा उनको लोकप्रियता प्रष्ट पारेको छ ।

केन्द्रीय कार्यसमीतीमा विजयी कलाकार हरुको नामावली ~

अध्यक्ष- ~ बद्री पंगेनी ।
वरिष्ठ उपाध्यक्ष~ रमेश बि जी।
प्रथम उपाध्यक्ष ~ पशुपती शर्मा ।
द्वित्तीय उपाध्यक्ष ~ रामजी खाँड ।
महिला उपाध्यक्ष ~ रिता थापा ।
महासचिव ~ सुवास के सी ।
उप महासचिव ~ चोलेन्द्र पौडेल ।
कोषाध्यक्ष ~ दिपक खड्का ,
सचिव त्रय ~ शंकर वि सी,खुमन अधिकारी र कृष्ण रेउले ।
महिला सचीव~ राधिका हमाल ।
सह कोषाध्यक्ष ~ टिका पुन ।
निर्वाचित सदस्य तर्फ खुल्ला १४ जना र महिला तर्फ ५ जना मा तपशिल का उमेदवार हरु निर्वाचित हुनु भएको छ ! ~ खुल्ला तर्फ~
१,शिब हमाल।
२,पार्बती राई ।
३,राजु ढकाल
४.कुलेन्द्र बिस्वकर्मा ।
५,राजन ठकुरी ।
६,बसन्त थापा ।
७,सन्तोष आले मगर
८,जिबन दाहाल ।
९,हरि डागी।
१०,प्रचण्ड जि सि ।
११,रमेश राज भट्टराई ।
१२,इस्वरी भुसाल ।
१३,राजन गुरुङ ।
१४,बिनोद बाजुराली
महिला ५ जना मा १,देबि घर्ती मगर ।
२,मुना थापा मगर
३,पुर्ण कला बिसी ।
४,जमुना राना
५,जानकी तारामी मगर

त्यस्तै प्रदेश नं. २ संयोजकमा कृष्ण प्रसाद गौतम, प्रदेश नं. ३ संयोजकमा रमिला न्यौपाने, प्रदेश नं. ४ संयोजकमा तारापति सुवेदी, प्रदेश नं. ५ संयोजकमा लक्ष्मण खड्का, प्रदेश नं ७ संयोजकमा सुरत रावत रहेका छन् ।

अध्यक्षको पदमा विजयी भइसकेपछि अध्यक्ष पंगेनीले भने म लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्व गर्दै गर्दा सबैलाई मिलाएर समग्र गीतसंगीतको प्रतिनिधित्व गर्नेछु । उनले गीतसंगीत क्षेत्रको सबै संस्थासँग समन्वय गर्दै गीतसंगीत क्षेत्रमा देखिएका समस्याको समाधानमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु भन्दै पंगेनीले अगाडी भन्छन ~ चुनाव भनेको हार र जित हुन्छ तर मैले जिते पनि ४० हजार सदस्यकै जित हो म सबैसँग मिलेर अगाडि बढ्नेछु ।’ मलाई चुनावमा जिताउनु हुने सबैलाई हार्दिक आभार प्रकट गर्दछु । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान समग्र लोकदोहोरी क्षेत्र र सबै कलाकारको मातृ संस्था हो, र लोक गीत हाम्रो संस्कृती हो यसको संरक्षण र सम्वर्धन गर्नु हाम्रो दायीत्व हो यही काममा मेरो सक्रियता रहनेछ । अन्त्यमा म यो जीतको खुशी सम्पुर्ण साथी हरु संग बाड्न चाहन्छु ।

बिजयी सबै जना लाइ हार्दिक बधाइ एबं सफल कार्यकालको मंगलमय शुभकामना !!!

कोई टिप्पणी नहीं