अपडेट

चर्चित मोडल महेन्द्र गौतम बने "झिल्के" गायक


चर्चित मोडल महेन्द्र गौतम यतिबेला गायक बनेका छन । उनले भर्खरै मात्र आफ्नै आवाजमा रहेको गीत सार्वजनिक गरेका छन । घिन्ताङ्ग डिजिटलको प्रस्तुति एवम चर्चित सर्जक एकनायारण भण्डारीको शब्द तथा संगीतमा “झिल्के” नामक एल्वम सार्वजनिक भएको हो ।  
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खालेमा जन्मिएका गौतमको बाल्यकाल गाउमै बित्यो । स्कुल लेबलको पढाई जिल्लामै पढे, उच्च शिक्षा हाशिल गर्नका लागि काठमान्डौ आएका गौतमले पढाई संगै सङ्गीत यात्रा पनि सुरु गरे । सानै उमेर देखि नै गीत संगीतमा रुची राख्ने गौतम २०६६ साल देखि सङ्गीत क्षेत्रमा प्रवेश गरेका हुन ।

गौतमले सङ्गीत क्षेत्रमा प्रवेश गरेसंगै हाल सम्म २६० भन्दा बढी लोक दोहोरी र आधुनिक गितका म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन । नेपाली सांगीतीक बजार प्रतिस्पर्धात्मक भएता पनि पछिल्लो समयमा संगीत क्षेत्रमा लागेर कलाकारहरुलाई आफ्नो दैनीकी गुजार्न निकै कठिन भईरहेका बेला दिनानुदिन गीत उत्पादनको वृद्धि भने दोब्बर छ ।

दिनानुदिन नया कलाकार भित्रिनु उत्पादन भएका गीतहरुले बजार नपाउनु अहिलेको नेपाली सङ्गीत क्षेत्रमा केहि नौलो कुरा भने होइन । बजारमा अडियो चल्न छोडेको पनि धेरै समय भइसक्यो । यस्तो सम्म भयो कि गीतको भिडियो नबनाई गीत हरु कुनै पनि मिडियामा बज्दैनन । तर पनि गित सङ्गीत क्षेत्रमा लाग्ने जमात धेरै नै रहेको गौतम बताउछन ।

हालै मात्र गौतमले बजारमा पस्किएको गीती एल्वम “झिल्के”को म्युजिक भिडियोमा चर्चित निर्देशक शंकर बिसी र चर्चित मोडल रन्जिता गुरुङको अभिनय रहेको छ । भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन । राजेश घिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन ।
भिडीयो हेर्न यहा क्लिक गर्नुहोस:



कोई टिप्पणी नहीं