अपडेट

क्युटी देखेर रमेशराज फिदा

जमर्को/काठमाडौं – गायक तथा संगीतकार रमेशराज भट्टराईको “तिमी लास्टै क्युटी छौ र त म फिदा भाको छु” शिर्ष गीत रहेको पप गीतीसंग्रह ‘फिदा’ सार्वजानीक भएको छ । अल्वममा समावेस सबै गीतमा शब्द संगीत समेत गायक भट्टराईको नै रहेको छ ।

नेपाली संगीतमा अब्बल संगीतकारको रूपमा आफ्नो पहिचान बनाईसकेका रमेशराज भट्टराई पछिल्लो समय गाएनमा पनि उतिकै चर्चामा रहे “बबाल भो ” माया लाको उनले र मैले दुनियाँलाई के सवाल भो” नामको गीतले अत्यधिक चर्चा बटुलेपछी उनको गायन यात्रा पनि निकै उकालो लाग्यो ।

"मैले तिमी लाई चाहेर पनि तिम्रो साथ पाउन सकीन"यो आधुनिक गीत नसुन्ने सायद कमै नेपाली होलान । अगाध प्रेम हुदा हुदै पनि माया गर्ने मान्छे लाई आफ्नो बनाउन नसकेको पिडा र यौटा असफल प्रेम कहानी बोकेको उक्त गीत का गायक रमेशराज भट्टराई हुन ।

वि.सं-२०५९ सालमै रमेशराजको आवाजमा रेकर्ड भएको उक्त गीत तत्कालीन समयमा त्यती चर्चामा आएन । गीतले वास्तविक चर्चा त्यतीबेला पायो जवयो गीत मखमली आवाज की धनि गायीका अन्जु पन्तको स्वरमा रेकर्ड भयो । आरविटी डाउनलोडको क्षेत्रमा औशत भन्दा माथीको रेकर्ड बनाउन सफल उक्त गीतले रमेशराज लाई गायक मात्र नभएर यौटा सफल गीतकार र अब्बल संगीतकार को उचाई दियो । यहि यात्राको विचमा प्रमोद खरेल को स्वर मा रहेको "उस्ले जति माया तिम्लाई मैले पनि दिन्थें होला संसार का सारी खुसी तिम्रो लागी कीन्थे होला" अत्यन्तै हाई स्केलमा रहेको यो गीत यती विघ्न रुचाईयो की त्यसपछी रमेशराजले पछाडी फर्केर हेर्नु परेको छैन । उनको आफ्नै आवाज उच्चकोटीको हुदाहुदै पनि धेरै कालजयी गीत हरु रमेशराजले अरु कलाकार लाई नै गाउन दिएका छन । यसपटक भने फिदा एल्वम आफ्नै स्वर, संगीत र शब्दमा सार्वजानीक गरिन लागेका रमेशराजको गायकी उच्चकोटीको रहेको कुरा अल्वममा समावेस गीतले प्रमाणीत गरेको छ ।

नेपाली संगीतका सबै बिधामा स्थापित भैसकेका भट्टराई लोक दोहोरी क्षेत्रमा पनि धेरै चर्चित गीतहरुमा आफ्नो आवाज संगीत वा शब्द मार्फत लोक दोहोरीमा दर्शक श्रोताहरुमा पनि उत्तिकै प्रिय् छन् ।

पछिल्लो समय देश बिदेशका स्टेज कार्यक्रमहरुमा निकै ब्यस्त हुन् थालेका भट्टराई अहिलेका ब्यस्त संगीतकर्मी भित्र पर्दछ्न ।

भिडियोमा हेर्नुहोस भट्टराईको “फिदा”

कोई टिप्पणी नहीं