अपडेट

लोक संगीतमा रहेको विकृती निर्मुल पार्न एकतावद्द हुन जरुरी छ-वद्री पंगेनी


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको काठमाडौ महाधिबेशनवाट निर्वाचित समितिको पहिलो वैठकले लोक तथा दोहोरी गीतको पक्षमा केहि सामुहीक प्रतिवद्धता हरु गरेर निर्णयको लागी माईन्युट खडा गरेको छ । माईन्युट को आधारमा लिखीत प्रतिवेदन तयार गरेर विकृती रोक्नको लागी संस्थागत पहल गर्न लागेको कुरा नव निर्वाचित अध्यक्ष वद्री पंगेनले बताउनुभयो । 

लोक संगीतको क्षेत्रमा मौलाउदै गएको विकृतीलाई कम गर्न निर्वाचित पदाधिकारी तथा सदस्यहरुले क्षेत्रगत प्रतिवद्धता जनाएका हुन् ।

सर्जकद्धय रमेश विजी र शिव हमालले दोहोरो अर्थ दिने र विकृतिलाई प्रसय दिने खालका गीत सृजना नगर्ने लिखित प्रतिवद्धता जनाएका हुन् । शालिन स्वभावका विजी वरिष्ठ उपाध्यक्ष हुन् भने हमाल सर्वाधिक गीत रचना गरेका सर्जक एवं अत्याधीक मत सहित प्रतिष्ठानको सदस्य पद जितेका केन्द्रीय सदस्य हुन् ।

त्यस्तै नव निर्वाचित केन्द्रीय सदस्य एवं चर्चित संगीत संयोजक विनोद बाजुरालीले उत्ताउला गीतको एरेन्ज नगर्ने प्रतिवद्धता जनाएका छन तर संभावना हेर्दा संगीत संयोजन अगाडी नै पुरा गीतको शब्द सुचिकृत गर्ने निकाय या कुनै समीती भैदिए सजीलो हुन्थ्यो भन्ने कुरा संगीतकार बाजुराली ले बताउनुभयो । सबै कलाकारले प्राय भाका मात्र लिएर संगीत संयोजन गर्न आउने र पछी त्यो धुनमा कस्ता शब्द भरिन्छ भन्ने कुरा कलाकारको विवेकमा भर पर्ने कुरा भएको ले सबैभन्दा पहीला कलाकार विवेकी हुनुपर्छ भन्दै बाजुराली अगाडी थप्नुहुन्छ कुनै निश्चित नियम बनाएर संगीतकार लाई संगीत भर्न दिदा गीतको  प्रमाणीत लिपी दिने र सोही अनुसार रेकर्ड गर्ने फेरबदल गर्न नपाउने र शब्द फेरेका गीत हरुलाई अवैधानिक करार गर्ने अथवा कलाकार लाई कारवाही गर्ने कुनै नियम भैदिए विकृती नियन्त्रण धेरै ठुलो विषय होईन । 

त्यस्तै निर्देशक तथा मोडेल शंकर विसीले सभ्यताको परिधी भित्रका गीतको भिडियोमा काम गर्ने र नृत्याङगना पार्वती राईले विवादीत गीतमा ननाच्ने प्रतिवद्धता गरेका छन् । शंकर विसी सबैभन्दा धेरै भिडीयो निर्देशन गर्ने निर्देशक हुन र अहीले सम्म सबैभन्दा बढी भिडीयोमा अभीनय पनि उनैले गरेका छन । 

तर गीत हरु भिडीयो निर्माण अगाडीनै विवादित हो या होईन भनेर निर्क्योल गरीदिने निकाय कुनै भयो भने सजीलो हुने तर्क गर्नुहुन्छ कलाकार राजु ढकाल । गाउनु अगाडी कलाकार ले दिएको लिपी लाई अन्तिम स्विकृती दिने परिपाटी बसालीनु पर्छ  । नत्र स्वविवेक को प्रयोग ले मात्र गीतको गायन या  भिडीयो निर्माण लाई विकृत हो भनेर आफुले नगाउदा या भिडीयो निर्माण नगर्दा त्यसबाट हुने नोक्सानको विषयमा पनि कलाकार हरु आफै जिम्मेवार हुनुपर्ने कारणले कार्यान्वयन पक्ष दह्रो हुनु पर्दछ । 

यसैगरि प्रतिष्ठानको केन्द्रिय समितिमा निर्वाचित गायकगायिका, सर्जक सम्पुर्णले लोक क्षेत्रको विकृतिलाई कम गर्दै सभ्य समाजको ऐनाको रुपमा स्थापित गर्न कुनै पनि विवादमा नजोडिने, लोक तथा दोहोरीको श्रीबृद्धिको लागि काम गर्ने लिखित प्रतिवद्धता जनाएका हुन् ।

नवनिर्वाचित अध्यक्ष बद्रि पंगेनीले जमर्को संग कुरा गर्दै निर्वाचनमा पराजय भोगेका समूहलाई पनि जिम्मेवारपूर्वक समेट्ने बताउनुभयो । उहाले निर्वाचनमा पराजय भोग्नुभएका मित्र हरु द्वय विष्णु खत्री र टिकाराम चपाईसंग पनि सहकार्यको बारेमा कुरा भएको र उहाँहरुले पनि सहयोग गर्ने आश्वासन दिएको पंगेनीको भनाई छ ।

साथै पंगेनीले समाजको सभ्य लोक गीतलाई व्यवस्थित गर्न कार्य समितिकै पदाधिकारी तथा सदस्यवाट पहिलो लिखित प्रतिवद्धता आउनुलाई परिर्वतनको संकेत भएको बताउनुभयो 

स्पष्ट वक्ता र राज्य माथी पहूँच भएको कलाकारको रुपमा परिचित बद्री पंगेनीले लोक गीत  संस्कृती क्षेत्रको व्यवस्थापनका र प्रवर्धनका लागी सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने र परिआएमा जस्तोसुकै कदम समेत उठाउन पछि नपर्ने मौखिक प्रतिवद्धता जनाउनुभयो ।

यो कार्यसमीती बाट गरिएका लिखित प्रतिवद्धता हरु कार्यान्वयन भए भने लोक तथा दोहोरी गीतमा केहि सुधारको आभाषा गर्न सकिने लोकपारखिहरुको आशा छ ।

कोई टिप्पणी नहीं