अपडेट

राजन गुरुड•को कालजयी गीत उही खोलीमा पानी

लोक दोहोरी गीतको क्षेत्रमा वर्ष भरीमा हजारौंको संख्यामा गीत हरु उत्पादन भएर बजारमा आउछन । त्यसरी बजारमा आएका गीतहरु मध्ये केही गीत हरु मात्रै चर्चामा आउन सफल हुन्छन । चर्चामा आएका गीत हरु मध्ये कतिपय छोटो समयको लागी चर्चामा रहन्छन र हराउछन तर केही गीत हरुले यसरी श्रोताको मन मस्तिष्क मा गहीरो छाप छोड्छन की लामो समय सम्म ति गीत हरु कालजयी बनेर दर्शक श्रोताको मानस पटलमा ताजा बनेर रहन सफल हुन्छन। अहिले बजारमा त्यस्तै एउटा सुपर हिट गीत ले तहल्का मच्चाईरहेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकप्रिय गायक राजन गुरुड• र सुमधुर स्वरकी धनि चर्चित गायीका देवी घर्तिको स्वरमा रहेको कर्णप्रिय गीत "उही खोलीमा पानी" ले अहिले सांगीतीक बजार तताईरहेको छ ।

अपलोडको छोटो समयमै युट्युव मा झण्डै दुई लाख पचास हजार भ्यु कमाईसकेको गीतको ट्रेण्ड नेपाल बाट अगील्लो हप्ता अपलोड भएका गीत हरुको ट्रेण्डमा पाचौं स्थानमा रहेको छ र दैनिक गीतका दर्शक हरु बढ्ने क्रममा छन ।

नयाँ र फरक स्वादको मौलिक लोक दोहोरी गीत "उही खोलीमा पानी" का शब्द संयोजक केशव पौड्याल हुन । भने गीतमा संगीत संयोजन आशिष अविरलको रहेको छ । चर्चित संगीतकार वशन्त थापाको लय रहेको गीतको भिडीयो निर्देशन लोकप्रिय निर्देशक बब्बु थापाले गरेका छन । अभिनयमा गायक राजन गुरुड• र संगीतकार वशन्त थापालाई चर्चित मोडल द्वय रश्मी तामाड• र करिष्मा ढकालले साथ दिएका छन । करन चैसीरको सिनेम्याटोग्राफी र प्रविन भट्टको भिडीयो एडीटीड• रहेको उक्त गीत ब्रोदर ईन्टरटेन्टेन्टमेन्ट कम्पनि बाट बजारमा आएको छ ।
गायक राजन गुरुड• लगायत सम्पुर्ण "उहि खोलीमा पानी" गीत निर्माण टिम लाई हाम्रो तर्फ बाट पनि अनेक अनेक शुभकामना ब्यक्त गर्दछौ।
भिडीयो लिंक:


कोई टिप्पणी नहीं