अपडेट

ब्लग:यसरी म दर्शकको नजरमा मार्क भएँ


सर्वप्रथम त नमस्कार

नेपाली सांगीतीक क्षेत्रमा संघर्षरत म यहा मेरा सम्पुर्ण दर्शक तथा श्रोतागण हरुलाई न्यानो अभिवादन टक्र्याउन चाहन्छु । मेरो नाम महेन्द्र गौतम ! मेरो जन्म गुल्मी जिल्लाको अर्खले गा.वि.स. वडा नं-६(हाल रेसुंगा न पा~४) मा पर्छ । मेरो बुवा केशवराज गौतम र आमा गौरी गौतमको कान्छो सन्तानको रुपमा भएको हो।

म चाहि बाल्यकालमा त्यति नबोल्ने आफ्नो नजिकको दुई चार जना साथीभाईसँग मात्र बोल्ने ऊनीहरुसँग मात्र घुलमिल हुने खालको अली अन्तर्मुखी र लाजको पोको नै थिए भन्दा हुन्छ ।मतलव अति नै लजाउथें । मेरो तिनजना दाजु र दिदीहरु पनि तिन वटा मै हुनुहुन्छ। मेरो प्रारम्भिक शिक्षा गाऊकै बुद्द प्राथमिक विद्यालयमा भएको हो । त्यहाँ मैले ५ कक्षा सम्म पढें त्यसपछि ६ देखि ८ सम्म चाहि गुल्मीको सबैभन्दा पुरानो स्कुल महेन्द्र मा वि मा पढें । अनि ९ र १० चाहि तम्घासकै निजी स्कुल अर्जुन आवाशिय मा.वि. मा पढेको हुँ । एस.एल.सी. पनि त्यही स्कुल बाट पास गरेको हुँ।

पढाईमा चाहि औशत विद्यार्थी थिएँ । मैले स्कुलका कुनै पनि प्रतियोगितामा कहिल्यै पनि भाग लिईन । किनकी मैले अघि नै भनिसकें म अति नै लजालु थिए भनेर । अलि डराऊथें अगाडि आऊन । अब त्यस्तो मान्छेले कसरी भाग लेला र ! म अतिरीक्त कृयाकलापमा पनि औशत नै थिएँ ।

एस एल सी दिएपछि चाहीं म काठमाडौं आएँ । मेरो दाजुहरु सबै यतै हुनुहुन्थ्यो । विस्तारै रिजल्ट पनि आयो प्रथम श्रेणीमा पास भएँ र यतै बस्ने अनि म्यानेजमेन्ट लिएर पढ्ने घरसल्लाह भयो र सोहि अनुसार कक्षा ११ मा नयाँ बानेश्वरको नोवेल एकेडेमीमा भर्ना भएँ । ११, १२ पास पनि त्यहिबाट गरें र त्यसपछि घरमा विदेश पढ्न जाने भन्ने कुरा भयो अनि IELTS पढे र बाहिरको तयारीमा लागें । बाहिरको तयारीमा लाग्दा चाहि यहाँ पनि भर्न भईएन बाहिर जाने कुरा पनि के के मिलेन त्यो पनि सफल भएन। पढाई पनि एक वर्ष ग्याप भयो र त्यो ग्यापमा काम पनि थिएन अनि मेरो माईलो दाजु खुमान्नद गौतम जो गितकार पनि हुनुहुन्छ ऊहाँले केक कुकिजको व्यापार गर्नुहुन्थ्यो मैले पनि त्यहीं दाजुको ब्सापारमा सघाऊन थालें । विस्तारै दिन हरु बित्दै गए र नयाँ भर्ना शुरु भयो । मलाई पढ्ने पटक्कै मन थिएन किनकी एक त ग्यापले पढने बानी छुटेको थियो । अर्को नेपालको शिक्षा वुर्जुवा किसीमको नन प्रक्टीकल लाग्थ्यो । लाईफ प्राक्टीकल हुदै गईरहेको समयमा शिक्षा प्रविधी मैत्री थिएन त्यसैले एकदमै युजलेस लाग्थ्यो ।

मैले पढेर डिग्री लिएर जागीर खाने सोच कहिल्यै बनाईन । मेरो मनमा चाहि सडकमा नै किन नहोस काम आफ्नै गर्नपर्छ भन्ने भावना थियो । फेरी पनि घरको करले पशुपती क्याम्पसमा भर्ना भएर वि.वि.एस. पढ्न थाले। दोस्रो वर्षको सम्म परिक्षा पनि दिएँ । त्यही समयमा कता कता बाट शंकर विशी दाईको डान्स सेन्टरमा कल्चर डान्स सिक्न पुगें । विस्तारै शंकर दाई र म एकदम नजिक पनि भयौं । दाईले हेन्डसम छौं भिडियो खेल्नुपर्छ भन्नहुन्थ्यो । म केहि बोल्दिनथे । मैले त्यता सोचेको पनि थिईन र गर्न सक्छु होला जस्तो पनि लाग्दैनथ्यो । समय अघि बढ्दै गयो शंकर दाईले भिडियो पनि गराउनु भयो काम राम्रो छ भन्ने कुरा आयो तर म मार्क भईन ।

मतलव काम गरें शंकर दाई संग । अनुभवको लागी रहरले गरेजस्तो भयो । अरु अफर हरु चाहि आएनन । लगभग ७,८ वटा गीत गर्या थिए होला । तर सबै भिसिडीमा आऊने गित मात्र टि भीमा नबज्ने भईरह्यो । त्यतिबेला भिसिडी निकाल्ने चलन थियो र एल्वमको बि साईडको गितको भिडियो चाहि भिसिडी भर्नको लागि मात्र गरिन्थ्यो । म सधैं तिनै वि साईडका भिडियोमा परें ।

घरमा पनि आफ्नो काम छोडेर यत्ति धेरै हिडिसकेपछी सोध्न थाल्नुभो । खोई तेरो कहीं कतै केहि आऊन्न अब केहि हुनेवाला छैन भन्ने कुरा हुन थाल्यो । त्यो समयमा मलाई नि हो कि क्या हो जस्तो पनि लाग्यो र हल्का मानसिक तनाव पनि भएको थियो तर मैले यो कुरा कसैलाई भनिन । समयक्रम सँगै गीतकार ।संगीतकार करन न्यौपाने, निर्देशक/मोडल शिवन पोखरेल हरु संग म अट्याच्ड भईसकेको थिएँ । हामी मिल्ने साथी भईसकेका थियौं । करन न्यौपानेको अली ग्याप भएको रहेछ गीत संगीत क्षेत्रमा । एउटा भेटमा एलवम गर्ने कुरा गर्नुभयो । एउटा आफ्नै शब्द संगीत रहेको गीत गर्ने र अर्को अरुको शब्द संगीत राख्ने भन्नु भयो । त्यसपछी शिव हमालको शब्द संगितमा "थाहा पाए विहे गर्दैछौं" भन्ने गित रेकर्ड भएर भिडियो भयो । जसमा मैले अभिनय गरें । निर्देशन चाहि शिवन पोखरेलले गर्नुभयो । त्यो गीत बाट म हल्का नोटिस भएँ । त्यो गीत टि भीमा पनि राम्रै बज्यो ।

त्यो समय मेरो लागी उर्वर बनेर आयो । सोहि समयमा एकनारायण भण्डारी र विनोद बजुरालीले भर्खर रेकर्डिंग स्टुडियो शुरु गर्नु भएको थियो । मेरो पनि हल्का चिनजान भईसक्या थियो । विनोद बाजुरालीले मेरो काम नोटिस गर्नु भा रहेछ । र एकनारायण सरको नयाँ गितलाई यो केटा फिट हुन्छ भनेर मेरो सिफारीस पनि गर्नुभएछ । एकनारायण सरले पनि मलाई विश्वास गरेर आफ्नो महत्वकांछी गीतमा म नयाँ नै भए पनि अवसर दिनुभयो । त्यो गित त्यो वर्षमा सर्वाधिक हिट पनि भयो । जसको निर्देशन बाबुराजा के. सी. "ऊज्जल" ले गर्नु भएको थियो । त्यो गीत गरेपछि मैले पछि फर्केर हेर्नुपरेको छैन । दर्शक हरुले मनग्य माया दिनुभएको छ । मलाई त्यसरी मार्क गराईदिने गीत थियो~

मैले मन पराएको छु

नजलाए सो मुटु मलामी

यही मुटुमा मायालाई सजाएको छु ...!

आयो अब गायक बन्ने कुरा । म भिडियोमा खेल्ने कलाकार भएपनि मेरा मिल्ने साथीहरु धेरै गीतकार संगीतकार र गायक हरु पनि हुनुहुन्छ । करन न्यौपाने र एकनारायण भण्डारी त अझै धेरै नै नजिक हुनुहुन्छ । हामी धेरै जसो सँगै पनि हुन्छौं । उहाँहरुको संगतमा रहदा वहा हरुले गीत कम्पोज गर्दैगर्दा म पनि सँगै गीत गाउने प्रयास गर्थें । साथी हरुले स्वर राम्रो छ भन्ने कुरा पनि गर्नु हुन्थ्यो । सोही क्रम बढिदै जाँदा एकदिन करन न्यौपानेले गीत रेकर्ड गरौं राम्रो भएन भने अरुलाई दिऊला भन्नुभयो । अनि ऊहँकै शब्द संगितमा एऊटा आधुनीक गीत रेकर्ड गर्यौं तर त्यो गीत मैले आफै सुन्दा पनि आफैलाई स्वर सुहाए जस्तो लागेन ।

अब मलाई नै मन नपरे पछि अरुले झन के मन पराउलान भनेर त्यो गीत मैले रिलिज नै गरिन । एऊटा गित त गाऊनै पर्यो भन्ने भावना मनमा आईसक्या थियो सोहि क्रममा करन न्यौपानेलाई "रुन्छ यो मन" भन्ने गित फुर्या रहेछ त्यो चाहि मलाई शुट हुन्छ भन्ने कुरा भयो र अघिल्लो जस्तै गरी रेकर्ड गर्यौं अनि एकनारायण भण्डारी लगाएत अग्रज कलाकारलाई सुनाए । राम्रो छ भन्ने प्रतिक्रिया पाएपछि रिलिज गरें । गायनमा पनि रेसपोन्स राम्रै आयो । फेरि एकनारायण भण्डारीको शब्द/संगीतमा लोकगीत "झिल्के" गरें । अघिल्लो भन्दा पनि धेरै मन पराईदिनुभयो त्यहि हौसलाले अहिले फेरि एक सरकै शब्द/संगितमा भर्खरै पन्चेबाजाको गित "पन्चेबाजा घुन्न" पनि निकालेको छु । जसलाई पनि राम्रै मान्दिनु भएको छ दर्शक श्रोता हरुले । अब नयाँ वर्ष तिर अलि फरक खालको गित गर्ने सोच बनाएको छु, हेर्दै जाऊ के हुन्छ भोलि कस्ले देख्या छ र !

कोई टिप्पणी नहीं