अपडेट

तिम्रा त सुनका आँशु




तिम्रा त सुनका आँशु
म दुखें,
रोएँ कराएँ
पिडामा चिच्याएँ
थलिएँ कहराएँ
अँह ! तिम्लाई छोएनन
मेरा पिडा ले
तिम्रा त सुनका आँशु ..!

तिम्रा सुनका आँशु,
महंगा आँशु
मोतीका दाना जस्तै
अमुल्य आँशु !
हत्तपत्ती बग्दैनन
बहे आफन्तको लागी बहन्छन
म पराया
मेरो लागी किन बग्थे र
तिम्रा त सुनका आँशु ..!!

म गलें म थलिएँ
निमेश निमेशमा तप्कीएँ
परेली डिल बाट छचल्कीएँ
सधैं आँखामा फेवाताल बोकेर
म मेलो पात डुलीरहदा
अहँ तिमी बगीनौ एक थोपो
तिम्रा त सुनका आँशु !

तिम्रो यादमा
पल पल तड्पीदा
म संग बगाउन
आँशु बाहेक केही थिएन
कति सस्ता मेरा आशु
बग्दा बग्दै नाम फेरीयो
कहिले कुकुरको मुत्र
नाम पाए मेरा आँशु ले
त कहिले मेरै नयन बाट निस्कदा पनि
गोहीका भए तिम्रो नजरमा
तिम्रा त सुनका आँशु ..!!
म भक्कानीएँ विछोडमा
तिमी मुस्कुरायौ मात्र
मैले डाको छोडे मिलन
तिमी सुख्खा नै रह्यौ
न हर्ष न विष्मात
मिलन र विछोड तिम्रा लागी
म सोच्छु मेरो माया
वादरको हातमा नरिवल
या काग लाई बेल
तिम्रा त सुनका आशु ..!!

मेरा खुशी हरुलाई
ब्रम्हनालमा लम्पसार सुताएर
तिम्रो खुशीको लागी
बगाउदै छु पसीना यहाँ
महिना भरी मेरो हाड घोटीएर
निस्केको लेप
अनुहार भरी पोतेर पनि
खुशी हुन सकीनौ तिमी
तिम्रा त सुनका आँशु ...!!


~ दुर्गा पंगेनी

कोई टिप्पणी नहीं