कृष्ण सुवेदी आत्महत्यामा दिपकराज गीरी र पुरै छक्का पन्जा टिम दोषी
हरेक कीसीमका सम्पत्ती हरु भण्डारण गर्ने आफ्नै आफ्नै तरिका हुन्छन । जसरी राख्दा बढी सुरक्षीत हुन्छ त्यसरी राख्ने गर्छ मान्छे ले सम्पत्ती । हाम्री हजुरआमा को सन्दुक (मदुस) थियो। बा को पालामा दराज, सेफ लगायतका सुरक्षीत भण्डारणका भाँडाहरु छन बजारमा । बैंक लकर प्रयोग गर्छन कोही कोही ।
॰॰॰॰॰
त्यसरी नै बौद्दीक सम्पत्ती भण्डारणको पनि आफ्नै तरीका होला । लेखीएको गीत कसरी सुरक्षीत राख्ने । कविता या गजल कसरी राख्ने । ति सामाग्री रेकर्ड भैसकेपछी कसरी सुरक्षीत भण्डारण गर्ने भन्ने तरिका हरु होलान र आवस्यकता अनुसार प्रयोग पनि भईरहेका होलान । तर यो तयारी अवस्थामा पुगेर रिलीज भैसकेको फिल्मको कपी (सिडी या अन्य स्टोरेज डिभाईस) लाई कसरी राख्छन निर्माता या निर्देशक हरु ले ? कति कपी बनाउछन र कसरी सुरक्षीत भण्डारण गर्छन तसको पनि कुनै तौरतरीका या मापदण्ड होला नै ।
॰॰॰॰॰
यहा चर्चा गर्न खोजीएको कुरा अहिलेको निकै नै चर्चित फिल्म छक्का पन्जाको हो ।समाचार मा जनाए अनुसार दिपक राज गीरीको फिल्म छक्का पन्जाको स्टोरेज डिभाईस कलाकार आरपी भट्टराई (लादालाम) का छोराको हातमा कसरी पुग्यो ? अनलाईन खवर दिपकराज गीरीको भनाई उधृत गर्दै लेख्छ - एक कपी सीडी केही दिनअघि निधन भएका कलाकार आरपी भट्टराईका छोरा श्रीजल भट्टराईले पनि राखेका थिए । उनले चलचित्रको त्यो कपी आफ्ना साथी अनिस रञ्जितलाई दिएका थिए हेर्नको लागी र अनिसले आफ्ना साथी सागर सापकोटालाई हेर्नकै लागी दिए । यसरी कलेज पढ्ने विद्यार्थी हरुको हातमा फिल्मको सिडी नै दिनु दिपकराज गीरीको कमजोरी हो की होईन ?
॰॰॰॰॰॰
कुरो यही रोकीदैन ! सागरसँगै कोठामा बस्ने कृष्णले गुगल ड्राइभमा फिल्म अपलोड गरेका थिए । गुगल ड्राईभमा कुनै पनि प्रपर्टी सेभ हुनु साधारण कुरा बो । अलीकती पनि सावधानीमा चुक भयो भने गुगल ड्राईभ मा सेभ हुन र त्यहा बाट सार्वजानीक हुन समय लाग्दैन । कम्प्युटर ले मै सेभ गर्ने लोकेसन माग्दा गुगल ड्राईभको लोकेशन एक नंबरमा दिन्छ अचेल ! त्यो स्टोरेज विजनेस हो । झुक्कीएर त्यहा क्लिक गरीयो भने त्यो प्रपर्टी गुगल ड्राईभमा सजीलै सेभ हुन्छ । आफुले हेर्नलाई सेभ गरेको सामाग्री संयोगले बाहिरीनु कस्तो अपराध भित्र पर्छ ?
॰॰॰॰॰॰॰
अव सोच्नु पर्ने कुरा के हो भने त्यसरी दिपकराज गीरी र दिपाश्री निरौला लगायत छक्कापन्जा निर्माण टिमले किन दिएछन त सिडी त्यही फिल्मका कलाकार का छोरालाई ? कलाकारको छोरा या कलाकार नै भएपनि करोडौं पर्ने त्यो संपत्तीको सिडी त्यसरी लापरवाही पुर्वक राख्न या निजी प्रयोगको लागी दिईनु कमजोरी हो की होईन ? डिजीटल मार्केटमा आईनसकेको सम्पत्तीको स्टोरेजको मामलामा दिपकराज लापरवाह भएकै हुन । कलेज पढ्दै गरेका अल्लारे हरुको हातबाट दुरुपयोग हुन गयो । त्यो नहुनुपर्थ्यो ! तर भन्छन नी "आफ्नो थैलोको मुख राम्रो संग बाध्नु छिम्की लाई दोष नलगाउनु" !
॰॰॰॰॰
यदी कृष्ण सुवेदी ले पाईरेसीको कारण नै आत्महत्या गरेका हुन भने दिपक राज गीरी लगायत छक्का पन्जा निर्माण टिम फिल्मको प्रपर्टी भण्डारणमा असावधान र लापरवाह भएकै कारण यौटा निर्दोषले युवाले आत्महत्या गर्नुपरेको प्रष्ट छ । त्यसैले यो आत्महत्या मा दिपकराज गीरी लगायत टिम नै दोषी छ ।
~ दुर्गा पंगेनी ।
Follow @dpangenee