अपडेट

बक्रपाणी बत्तीसे पुराण -भाग-१



कलाकार जी आज्ञा गर्नुहुन्छ ! हे बाबा जी ! तहाँ उपरान्त लेखा देशमा यौटा बक्रपाणी बत्तीसे भन्ने ब्याक्ती छन रे । उनको मुख्य पेशा भनेको जग्गा दलाली हो भन्छन देखी जान्ने हरु । उनको बैकल्पिक काम भनेको पोखरा नगरी र यसका आसपासका जिल्ला हरुमा हुने साँस्कृतीक कार्यक्रम हरुमा कार्यक्रम संचालकको रुपमा पुग्ने र कार्यक्रम चलाउने पनि हुन गएछ । कालान्तरमा लेखादेश मा हुने महोत्सवको चाही निज वक्रपाणी सल्लाहकार नै हुनगए रे । उनले जे जे भन्यो लेखादेशको का महोत्सव हरुमा सोही अनुसारका कार्यक्रम हरु हुने र उनले ईच्छ्याए बमोजीमका कलाकार हरु मात्र जान पाउने नियम चलाएका छन रे ।

तहाँ उपरान्त हे बाबा जी ! दुई दुई जोर कोट र टाई किनेर महोत्सव यात्रा सुरु गरेको बक्रपाणी बत्तीसे भन्ने मनुख्खेको दबदवा पोखरा ईतरका महोत्सव हरु तिर पनि फैलिदै गएछ । लेकसाईड तिरका मेलाका अध्यक्ष र सांस्कृतिक संयोजक सँग जात मिल्ने भए जातको, ससुराली को थर मिल्ने भए ससुरालीको नातो जोडेरै भए पनि उक्त मेलामा आफ्नो प्रभाव विस्तार गर्दै गयो रे ! जहा नाताबादले काम गरेन त्यहा पार्टीका नेता हरुको सोर्स समेत लगाउने र नेताको सोर्सले समेत काम नगरेको खण्डमा उक्त मनुख्ये आयोजकको दैलामै गएर रुने काम समेत गरी मैले बोलाएर जति सस्तोमा कलाकार कसैले बोलाउदा पनि आउँदैनन .. मरेपनि आउदैनन ...भनेर आयोजक लाई पंगु बनाउने तिकडम समेत गर्दै महोत्सव हरुमा कलाकार ठग्न माहीर हुदै गईरहेको कुरा फेसबुक पुराणमा फाट्टफुट्ट लेखीएको छ ।

सस्ता कलाकार ल्याउने बहानामा अर्काको ट्रयाक बोकेर गीत गाउँदै हिन्ने र लिपसिङ हान्ने कथित कलाकारलाई बरिष्ठको दर्जा दिने र खाममा सात हजार राखेर विस हजार लिएको भनिदिनुस र ईज्जत राखिदिनुस भनेर अनुनय विनय गरी आफ्नो एजेन्टी यात्राको सुरुवात गरेको बक्रपाणी बत्तीसे भन्ने मनुष्य कालान्तरमा दैत्य रुप धारण गर्दै गएको भन्ने कुराको दरीलो प्रमाण फेला परेको कुरा पनि बाहिर आईरहेको छ । यस्ता परिकारले दैत्यान्तरण हुदै गर्दान निज बक्रपाणी ले सकेसम्म देशका प्रतिष्ठित कलाकारलाई सुरुमा माया गरेजस्तो गरेर तपाई भन्ने गरेको अनी तिमी हुँदै खुत्रुक हेपेर तँ भन्न थालेको कुराले धेरै बरिष्ठ कलाकार हरु समेत पिडीत भएको देख्न सुन्न पाईन्च पश्चिम लोकमा हे बाबा जी यो प्याराग्राफ मा यत्ती बुज्नुस अव तपाईको स्वर्गको द्वार खुल्नेछ पक्कै ..!

आगे का कुरा सुनेर कामलाई अझै पवित्र गर्नुस बाबा जी ! निज बक्रपाणी दैत्यासुरले सुरुमा कलाकारलाई प्रभावमा पार्न एकदिन संगै बसेर जाँण समेत खाने खुवाउने र त्यो दिनको दाम पनि तिर्ने गरीआएको किंवदन्ती हरु पोखरा लेकसाईड तिर निकै चर्चित रहेको र त्यसैको फलस्वरुप अर्को दिन देखी बक्रपाणी ले त्यो कलाकारको न्वारनको नाम विगारेर अरुलाई सुनाउन थाल्दोरहेछ ! नाम कसरी विग्रदोरहेछ भन्ने उदाहरण निम्न अनुसारको रहेको छ । जस्तै ~ ए ए ! त्यो खुमे..! पोसे..! पुरे..! हेमे..! ईत्यादी असली नाम विगारेर कलाकार को बारेमा बोल्ने र हिजो खुवाएको रौसी को बखान सैंसाथे हरु संग कसरी गर्ने भने "अँ हिजै त हो यार साह्रै किलकिलिएको रैच दुई वत्तल ख्वाईदिएँ फलानो कलाकारलाई भनेर गफ हान्दा हान्दा बक्रपाणी चाही हिट हुदै गएको र कलाकार हरु जड्याहामा नामुद हुदै गएको कुरो समेत साँईसाँई सुँईसुँई गरेर हल्ला चल्न थालीसकेको देखीन्छ दमौली उपरान्तका पश्चिम भेगमा।

तहाँ उपरान्त महिला कलाकार हरुमा आफ्नो प्रभाव विस्तार गर्न सुरु गरेको बक्रपाणी दैत्यले चर्चित कलाकार हरुलाई बोलाउदा "कहिले आउछेस् कालि ? कैले लाई राख्दिम ?तँ कहाँ छेस ? आज आएर देखापरेस भोली तेरो प्रस्तुती हुन्छ बाटो पारेस खाम धेरै हुँदैन बुझेस् । आयोजक सँग रमाईलो गरेस् । ढुक्क भएस ..म छु तेरो लागी ! बाहिर बिस हजार लिन्छे नत्र मान्दिने भन्दिन्छु ! तैंले हो मा हो मिलाएस ! तर खाम भित्र सात हजार पाउँछेस ! कुरो याद गर मलाई थाहा छ तँ मुन्टाले टेकेर आउँछेस" ईत्यादी जस्ता कुरा मिलाएर पैसाको किल्लत झेलेका कलाकार हरु लगायत कलाको आकारै नपरेका चर्चु हरु सम्मलाई प्रभाबमा पारेको कुरा समेत संचार जगतमा छ्यासछ्यासती भएको कुरा पनि श्रवण गरिहाल्नुस बाबा जी !

तहा उपरान्त दैत्यासुर बक्रपाणी ले काठमाडौको यात्रामा रहदा एकजना महिला कलाकारलाई फोन गरी "कता छेस काली ! अस्तीको तो कार्यक्रमकै जस्तो सेक्सी डिरेस लगाएर आईज ! यहा उद्योग बाणीज्य संघ का अध्यक्ष र म छौं ! सकेसम्म साथी पनि ल्याएस यतै बसेर रौसी खान पर्च राती संगै बस्न पर्च ! तलाई दाम र पश्चिमका कार्यक्रम कती चाहिन्छ मलाई भनेस भनेर गरेको म्यासेजका स्क्रीनसर्ट हरु यत्रतत्र सर्बत्र भएको कुरा पनि सामाजीक संजालमा फाट्टफुट्ट आईरहेका छन । ति महिला कलाकार उसले बोलाएको ठाममा नगएको र उसले भनेको नमानेपछी अचेल पोखरा ईतरको कार्यक्रम हरुमा उनको नाकमुख देख्न नपाईएको कुरो पनि ध्रुवसत्य हो बाबा जी यो अध्याय मा यत्ती ज्ञान धारण गर्नुस तपाईले पुण्य प्राप्त गर्नुभयो ।

हुदा हुदा हुदा हुदा दलालत्वासुर बक्रपाणी बत्तीसेको प्रभाव पोखराको सेरो फेरो कटेर स्याँड•जा र भिर्कोट सम्मै फैलिएछ । पुतलीबजारको महेत्सवमा कलाकार सिब हमालले मन्चबाटै "काकाको श्राद्दमा मामाले निम्तो" पठाएर आउदा संतुष्टी मिलेन भन्ने प्रकारको साहित्यीक झापड हानेर निज कमिसनचुस दैत्यको विरोध गर्दिएपछी केही हच्कीएको बक्रासुर फेरी भिरकोट महोत्सब मा झुल्कीएको र त्यहाका सांस्कृतीक संयोजक "खुल्सी फसाद" लाई समेत प्रभावमा पारी संयोजक ले तय गरीसकेका कलाकार हरुलाई समेत पुन: फोन गरी रकम घटाएर आउन दवाव दिएको प्रमाण समेत बाबा जी संग सुरक्षीत रहोस भन्दै यो अध्याय यही विट मार्नी अनुमती चाहन्छु !

ईतिश्री बक्रपाणी बत्तीसम पुराणे महोत्सबम खण्डे कलाकार कमिसनम अध्याये चर्चितम नाम: हरी: ।

प्रस्तुती- बाबु राजा
श्रोत ~ बाबुराजा को फेसबुक ।
तश्विर गुगल बाट लिईएको हो । तश्विरको आलेख संग कुनै सम्वन्ध छैन। यो लेख कसैको निजी जिन्दगी संग मेल खान गएमा संयोग मात्र हुनेछ ।
~जमर्को।

कोई टिप्पणी नहीं