अपडेट

पशुपती शर्मा र रमेशराज भट्टराईको ब्यंग्य

~ यही विषयमा मैले ब्यंग्य लेखें "बक्रपाणी बत्तीसे" पुराण शिर्षकमा । मलाई हिजो देखी एउटा महोत्सवका सांस्कृतीक संयोजकले म्यासेजमा नानाभाती भनेर धम्क्याएका धम्क्याएई छन । विकृतीको ब्यंग्य लेख्न पाउनु या बोल्न पाउनु सबैको अधीकार को कुरा हो । त्यस्तै विकृतीको विरुद्द चर्चित कलाकार द्वय पशुपती शर्मा र रमेश राज भट्टराई को ब्यंग्यात्मक टिप्पणी बाहिर आएको छ। युट्युव लिंक तल समावेस गरिएको यो ब्यग्य लाई म "बक्रपाणी बत्तीसे" पुराण भाग -२ नाम दिन चाहन्छु । सांस्कृतीक कार्यक्रम हरुमा देखीदै गईरहेका त्यस्ता बक्रासुर हरु विरुद्द कुनै न कुनै तह बाट आवाज उठ्नु जरुरी छ।
॰॰॰॰॰
लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् पशुपति शर्मा । ठेट गीत हरु गाएर संसार भरीका नेपाली हरुको मन मुटुमा बस्न सफल गायक आफैमा गीतकार एवं संगीतकार समेत हुन । "मलाई अमेरीका यही" "झम झम दर्कीयो पानी" लगायत दर्जनौं कालजयी गीत का श्रष्टा पशुपती दर्शककै माया र मागको आधारमा संसार भर आफ्नो प्रस्तुती दिईसकेका छन । त्यस्तै चर्चित नाम हो गायक एवं संगीतकार रमेशराज भट्टराईको पनि । आधुनिक,पप र लोक संगीत तिन वटै विधामा उत्तीकै दरीलो उपस्थीती जनाएर सांगीतीक आकासमा आफ्नो पकड बनाई सकेका छन रमेश राज भट्टराई ले । "मैले तिमीलाई चाहेर पनि" गीत बाट सांगीतीक यात्रा सुरु गरेका रमेशराजले आधुनिक गीत तर्फ कैंयौ कालजयी श्रीजना हरु दिएका छन भने स्टेज पर्फर्मेन्स मा जम्ने खालका "बबाल भो" "फिदा भको छु" लगायत गीत हरु पनि दिएका छन ।
॰॰॰॰॰
प्राय यौटै पेशामा रहेका मान्छे हरु विच प्रतिष्पर्धा भईरहेको देख्न पाईन्छ समाजमा । तर साधारण सामाजीक नियमको सिद्दान्त विपरीत गायक द्वय पशुपती शर्मा र रमेशराज विच अत्यन्तै गहिरो र सुमधुर पारीवारीक संबन्छ देख्न पाईन्छ । आजको समयमा जुन निकै उदाहरणीय समेत छ । उनीहरु दुई जनाकै प्रस्तुती रहेको "च्याप्पै लौरो समातेर चौका छक्का हान्छु म त क्रीकेट खेल्न जान्छु" भन्ने गीत समेत निकै चर्चित भएर ईतिहास मा अंकीत छ । लगभग एक दशक भन्दा लामो उनिहरुको मित्रता माथी दुबैजना लाई उत्तीकै भरोसा रहेको देख्न पाईन्छ।
॰॰॰॰॰
त्यस्ता अब्बल कलाकार हरु समेत महोत्सव हरुमा हुने ठेकेदारी प्रथा बाट आजीत भएको अवस्था मा साधारण कलाकार हरु को अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकीन्छ । महोत्सव मा ठेकेदारी प्रथाको अन्त्य होस । कलाकार ले उचित पारीश्रमीक पाउन । हाम्रो तर्फ बाट पनि धेरै धेरै शुभकामना छ गायक द्वय रमेशराज भट्टराई र पशुपती शर्मा लाई ।



कोई टिप्पणी नहीं