अपडेट

आलोचना, स्टारडम र नेपाली कलाकार !



• मेहनत भन्दा आलोचनाले छीटो स्टार बनाउछ यौटा कलाकार लाई । स्टारडम यस्तो चिज हो जसलाई पाउन कलाकार हरु मरीहत्ते गर्छन । समय संगै प्रविधीको सहयोगले कलाकारको संख्या बढ्दै छ तर सबै कलाकार हरु स्टार बन्न सक्दैनन । अझ परम्परागत विधामा कलाकारीता गर्नेहरु त चर्चा बाट टाढै रहन्छन । सामान्यतया स्वर या अभीनयको कारण चर्चामा आउने कलाकारको लागी अहिले सामाजीक संजाल उत्प्रेरक कुरा बनेर आयो । चर्चाको लागी या स्टारडमको लागी वर्षौं मेहनत गर्नुपर्ने अवस्था बाट कलाकार ले मुक्ती पाए । त्यही अनुपातमा स्टार हरुको उत्पादन पनि उल्येख्य रुपमा बढ्यो । हरेक कार्यक्रम हरु या सहभागीता का कुरा हरु आम जनमानसले थाह पाउने गरी सेयर गरेपछी तुरुन्तै आफ्नो लोकप्रियता मापन गर्न सक्ने भए कलाकार हरु ।

नेपाली कलाकारीताको हकमा अझै सम्म सामाजीक संजालमा आफ्नो प्रोफाईल बनाएर त्यसलाई अपरेट गर्न नसक्ने स्टार हरु उल्येख्य रुपमा हुनुहुन्छ । फेसबुकको प्रोफाईल बनाउन या सेटीड• गर्न,आफ्नो ईमेल आईडी बनाउन या भएको मेल खोलेर ईमेल पठाउन या पढ्न, ब्लग बनाउन या युट्युवमा आफ्नो एकाउन्ट बनाउन समेत नसक्ने कलाकार हरु सुपरहिट भएर स्टार बनिसकेको पनि देख्न पाईन्छ । कतिपय लोक कलाकार हरुले फेसबुक र टुईटरमा आफु बुटवलमा कार्यक्रममा रहेको फोटो अपलोड गरिरहदा अपलोडको लोकेसन बेलायत देखाईरहेको हुन्छ । त्यो हुनुको कारण हलिवुड या वलीवुडका स्टारको झैं असिस्टेन्टले सामाजीक संजाल चलाईदिएर होईन । उनीहरुले फोटोको क्याप्सन समेत लेख्न नसकेको कारण विदेशमा रहेका ब्वाईफ्रेण्ड या कोही शुभचिन्तक हरुले गर्दिएको हो भन्ने कुरा प्रष्टै हुन्छ । नेपाली कलाकार हरु एकादुई लाई छाडेर अझै सम्म पनि निजी सहयोगी राख्न सक्ने हैसीयत मा पुगीसक्नुभएको छैन भन्दा अत्युक्ती नहोला।

स्टार हरुको कार्यक्रम हरुको चर्चा गर्दा वार्डरोव मालफंकसन का ईन्सीडेन्ट हरु अथवा झुक्कीएर संवेदनशील अंग देखीने अवस्था हरुको बारेमा निकै चर्चा भईरहेको पाईन्छ। हिन्दी सिनेमा जगतमा पनि त्यस्ता घटना हरुको बारेमा प्राय सबै कलाकार हरु झुक्कीने गरेका भिडीयो हरु युट्युवमा बग्रेल्ती पाईन्छन।ऐश्वर्या रायको स्तन, अनुश्का शर्माको पेन्टी देखीएको अथवा साहिद कपुर करिना कपुरले आलिंगनवद्द भएर चुम्वन गरेका भिडीयो हरुले भारतीय मनोरंजन बजार बेला बेला तात्ने गरेको देखीन्छ। त्यस्तै यता नेपालमा पनि हंकड• मा प्रियंका कार्कीको स्तन देखीयो, करिस्मा मानन्धर को पेण्टी देखीयो या शुस्मा कार्कीको ब्रा देखीएका समाचार हरु आईरहन्थे । आलोचनाको साथमा गाली वर्षाउन सिपालु नेपाली फेसबुक र टुईटर प्रयोग कर्ता हरुलाई दशै त त्यो बेला आयो जव दांड• को यौटा कार्यक्रममा सधै स्तनको आधाआधी भाग देखीने गरी लुगा लगाउन रुचाउने लोक गायीका ज्योती मगरको स्तनको अग्रभाग नै देखीयो । यो घटना त्यत्ती ठुलो हल्ला हुनुपर्ने किसीमको हो जस्तो लाग्दैन किनकी त्यो एउटा असावधानीवस भएको दुर्घटना मात्र पनि हुन सक्छ भन्ने कुरा आलोचक हरुले मनन गर्न सक्नुभएन ।

सामाजीक संजालमा स्तनको मुन्टोको फेदको घेरो देखीएको त्यो फोटो सामाजीक संजाल हरुमा भाईरल भयो ।साथसाथै दर्शकले सामाजीक संजालमा यसरी गाली बर्षाउन थाले की मानौं त्यो अंग ज्योतीले नियत वस देखाएकी हुन अथवा त्यहा स्तन देखाउनकै लागी ज्योतीले ज्याकेट उतारेकी हुन । आलोचक हरुले सामान्यतया पनि बुझ्नुपर्ने कुरा के हो भने भारत तिर कुनै कलाकारको त्यो अवस्था आईपर्छ भने उसको म्यान्जमेन्ट टिम र उसको ड्रेस डिजाईनर दोषी हुन्छ किनकी त्यहा कलाकार एक्लो नभएर यौटा संस्था या टिम जस्तै हुन्छ । कलाकारका हरेक कुरा हेर्ने विभाग हुन्छ। मेकअप,हेयर,ड्रेस ईत्यादी हेर्ने छुट्टै मान्छे हुन्छन त्यसैले जे विग्रन्छ त्यही मिलाउनेको जिम्मेवारी हुन्छ र उसैको आलोचना हुन्छ । नेपाली कलाकारीकाको स्थान त्यहा सम्म पुगेको छैन । जे गर्छन कलाकार आफै गर्छन तसर्थ गल्तीको सजाय पनि आफै बेहोर्छन ।

फेसबुक मा आएका स्टाटस हरु र विरोधका स्वर हरु हेर्दा आलोचना गर्ने हरुले कलाकारलाई पुरै दोष थोपरेको देख्न पढ्न पाईन्छ तर बुझ्न पर्ने कुरा के हो भने ति ईन्सीडेन्ट हरु कलाकारले चाहेर भएका होईनन। ज्योती मगरको दाड• मा भएको ईन्सीडेन्टको विरोधमा धेरै गाली हरु देखीए सामाजीक संजालमा तर आलोचक हरुले बुझ्नुपर्ने कुरा के हो भने कुनैपनि कलाकारले भल्गर देखीने गरी आफुलाई प्रस्तुत गर्न चाहदैनन त्यो त नचाहदा नचाहदै हुने दुर्घटना हो । ग्ल्यामर लुक्स र भल्गारीटी विच रौं बराबरको दुरी हुन्छ । अलिकती यता हुदा ग्ल्यामर र रौं बराबर उता हुदा भल्गर देखीन्छ यौटै प्रस्तुती । सकेसम्मको ग्ल्यामर लुक्स दिएर दर्शकलाई भरपुर मनोरन्जन दिने प्रयासमा लागीरहदा कतिपय कुरा हरुले धोका दिन्छन विचमै र प्रस्तुती भल्गर देखीन पुग्छ त्यसमा कलाकारलाई दोष दिएर के फाईदा हुन्छ? कुनै पनि कलाकार ले भल्गारीटी प्रस्तुत गरेर आफ्नो क्यारीयर विगार्न चाहदैनन र ज्योतीको केशमा पनि भएको त्यही हो । उनको लुगाको तुना चुड्यो सपोर्ट गरिरहेको लुगा लत्रदा भित्री लुगाले ठाउँ छोड्यो र उनको स्तन अली बढीनै देखीयो । तर उनकै शब्दमा भन्न पर्दा उनी गीतमै कन्सन्ट्रेड भईरहेको अवस्थामा त्यो कतिवेला भयो उनले थाहा नै पाईनन । अव यौटा कलाकारले थाहै नपाएर सृजना हुन पुगेको अफ्ट्यारो अवस्थामा कतिन्जेल सम्म उसलाई गाली गरिरहने या कति तल्लो र निम्न दर्जाको गाली गरीरहने भन्ने कुरा पनि दर्शक या आलोचकले बुझ्नुपर्ने कुरा हो।

महिला अंगका आकार प्रकार का शिर्षक हरु पत्रीकामामविकाउ हुन्छन । पत्रकार साथी हरु पनि त्यस्तै मौकाको खोजीमा रहनुभएको देख्न पाईन्छ । केही समय पहिला अभिनेत्री निशा अधिकारीको लो एंगल भिडीयो खिचेको विवाद सतहमा आयो । फेरी सार्वजानीक कार्यक्रममा प्रियंका कार्कीको अन्तर्वस्त्र देखीएको फोटो आयो बजारमा । उनले त्यो फोटो ईडीट गरेर बनाईएको दावि गरीन र त्यो घटना पनि त्यसरी नै सेलाएर गयो । हल्ला घटेर गएपनि ति फोटाहरु न्युजफिड मा घुमीरहनेछन बर्षौं वर्ष सम्म । ति हल्ला हरुले या त्यस्ता फोटा हरुले यौटा स्टार कलाकारको क्यारीयरमा खासै अशर परेको देखीदैन तसर्थ दर्शक र श्रोता हरुले पनि संसारका रित हरु हेरेर बुझेर आलोचना र गाली गर्ने अथवा कलाकारका त्यस किसीमका अवस्था लाई बुझ्ने गरी यौटा छुट्टै किसीमको मानसीकताको विकाश गर्नुपर्ने देखीन्छ ।

(प्रस्तुत लेखको आशय कुनै पनि कीसीमको अंग प्रदर्शन को पक्षमा नरहेको जानकारी गराउछु)

~दुर्गा पंगेनी ।

कोई टिप्पणी नहीं