अपडेट

संध्या केसी~ उदियमान गीतकार





~

लमजुङ//लमजुङ जिल्ला आफैमा गीत संगीतको खानी हो । त्यही खानीमा जन्मनु भएकी गीतकार सन्ध्या के.सीको पहिलो एल्बम तीज गीत "मेलम्चीको पानी" बजारमा चर्चाको शिखरमा रहेको थियो । त्यही तीज गीत मार्फत सांगीतीक क्षेत्रमा प्रबेश गरेकी गीतकार सन्ध्या के.सी को पहिलो गीत नै निकै सन्देश मुलक रहेको थियो । जुन गीतमा दुईवटा प्रमुख विषयवस्तु उठान गरिएको थियो। जसमा काठमाडौमा ल्याउने भनिएको मेलम्चीको पानी नआउनुको कारण के हुन र किन ढिला हुदैछ भनेर प्रश्न उठाईएको थियो । अर्को पोखरामा बन्दैछ भनिदै आएको अन्तराष्ट्रिय बिमानस्थल एक दशक बित्न लाग्दा पनि नबन्नुमा चिन्ता ब्यक्त गरिएको थियो। जुन गीत अत्यन्तै मन पराइयो । उक्त गीत अवार्डको मनोनयनमा पनि पारेको थियो ।
॰॰॰॰॰
त्यस लगत्तै दशैं गीत लिएर बजारमा देखा परेकी संध्याको शब्द "परदेशीको ब्यथा" सांगीतीक वजारमा निकै रुचाईयो । जुन गीतमा परदेशीएको श्रीमान प्रति श्रीमतीको प्रेम र विछोडको पोखीएको थियो। समय सापेक्ष रहेको त्यो गीतको चर्चा राम्रै भयो । युट्युव र सामाजीक संजालमा राम्रै संग रुचाईएपछी संध्याको अर्को गीत निस्कियो म्याग्दी को पहिचान "सालै जो " । स्थानिय विषयवस्तु समेटीएको गीत म्याग्दीकै गाउँ ठाउको बारेमा बनेको थियो ।
॰॰॰॰॰
त्यसपछी केही समय सांगीतीक क्षेत्र वाट टाढीएकी संध्या भन्छीन - गीत संगीतमा विकृत मानसीकता भएका हरुको चहलपहल र नयाँ सर्जकलाई थिचोमिचो गर्ने प्रवृत्तीको कारण सृजनात्मकता सेलाउदै गएको हो की जस्तो लागेर केही समय बजारमा मेरा सृजना हरुले निरन्तरता पाएनन । सृजनाको किनबेच,छाडा अभीनय र द्विअर्थी शब्द हरुले अतिक्रमीत हुदै गईरहेको गीत संगीतको बाट केही समय पर वसेर राम्रै संग सांगीतीक क्षेत्रलाई नियालेकी संध्या अगाडी भन्छीन ~ बड्दो प्रचार प्रसार शैली र पैसा तिरेर चर्चामा आउने होडवाजी को कारण विशुद्द सिर्जनशीलता लिएर नेपाली सांगीतीक क्षेत्रमा टिकीरहन धेरै गाह्रो छ ।
॰॰॰॰॰
जति विसंगती हरु भेटीएपनि या कहिलेकाही साह्रै हिनतावोध भएपनि उनको पुनरागमन भयो उत्तीकै उत्कृष्ट सृजनाबाट । उनी अगाडी भन्छीन "सकीन मैले कलम लाई रोक्न ! पोखीए सृजनाहरु" र दर्शक श्रोताले गरेको माया विर्षन कसरी पो सक्छु र । आफ्नै चाहना मार्न धन कसरी सक्थें । फेरी सुकाएँ विस्कुन श्रोता को आगनमा । जहा फर्किन्न भनेर अठोट गरेकी थिएँ त्यही ठाउ बाट पुन: सुरु गरें रोकिएको मेरो यात्रा।
॰॰॰॰॰॰
त्यसपछी संध्याको नेत्र भन्डारी संग सहकार्य भयो । एल्बम "जवानिको छल्का" संगै बिल्कुलै फरक तर उही परीवेश "टप्पा शैली" को गीतमा। जसमा आवाज दिएका छन नेत्र भन्डारी र चन्द्रा चलाउने ले । उक्त गीतमा लय नेत्र भण्डारी र शब्द सन्ध्या के.शि को थियो ।
॰॰॰॰॰॰
परम्परागत विषयवस्तु , गाउँ वेशीका बोलीचाली र लवाइखवाइ तर उही मान्छे शहर बसेपछिको परीवर्तनको बारेमा सन्ध्याले शब्द उनेकी छन गीतमा । लामो समयपछिको पर्खाइले पनि होला । फेरी सहकार्य दोहोरीयो संध्याको नेत्र भन्डारी संग एल्बम "जोडी फिट" मा । यस गीतमा प्रेमको चर्चा गरिएको छ । आकर्षण र रुपको चर्चा गरीएको छ। लय सृजना चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको रहेको छ र आवज नेत्र भन्डारी र शुशिला डाँगीको रहेको छ।
॰॰॰॰
संध्या केसी गीत लेखनमा मात्र होइन गजल,कबितामा पनि उत्तिकै अब्बल छन । उनका लेखहरु उत्तिकै रोचक पनि छन । सामजीक संजाल फेसबुकमा पनि निकै सक्रीय रहेकी संध्या पढाईमा पनि लगनशील छन ।भर्खर बि.ए सकेर त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट मास्टर्स गर्दै गरेकी संध्या गीत संगीतमा पढेलेखेका मान्छे लाग्दैनन भन्ने हरुको लागी दरिलो जवाफ हुन । पढाइ संगै जागीर पनि गर्दै गरेकी संध्याको परिवार छोरीको प्रगतिमा निकै खुसी हुनुहुन्छ।
॰॰॰॰॰
संध्या के.सी को शब्दमा रेकर्ड भएका केही गीतहरु निकट दिनमै बजारमा आउदै छन । प्राय युवा गीतकार हरु खाली चर्चाको लागी मात्र गीत संगीतमा लागेको कारण पुरै सांगीतीक क्षेत्र नै विकृत हुदै गईरहेकोमा उनको ठूलो गुनासो छ।तर पनि उनि अगाडी थप्छीन पुरै सांगीतीक जगत मै विकृत भएपनि म समसामयीक गीत लिएर बजारमा आईरहने छु । मेरो लगाव भनेको साहित्य संग हो । संगीत संग हो । म चर्चाको पछी लाग्ने छैन । काम गर्दै गर्दा कतै चर्चा भेटीएछ भने साक्षात्कार होला नै । अहिलेको लागी मलाई माया गरिदिनु हुने सम्पुर्ण दर्शक श्रोता एव साथी दिनुहुने सम्पुर्ण मा हार्दीक नमन । आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको आशा गर्दछु। हामी पनि गीतकार संध्या केसी को उत्तरोत्तर प्रगतीको कामना गर्दछौं । :

कोई टिप्पणी नहीं