बैदेशीक रोजगार, घुसमा सेक्स प्रस्ताव र यौन शोषणका कुरा

अवैध काम या बैध नै भएपनि समयमै सजीलो संग फत्ते गर्न गराउन विधी भन्दा बाहिर गएर दिने या लिने लाभ लाई घुस भनिन्छ । प्राय सरकारी अड्डा हरुमा जनता संग सरोकार भन्दा बाहिरका विषय देखाएर दवावमा पारी अतिरीक्त लाभ लिने प्रचलन छ र त्यही लाभ लाई घुस भनिदै आएको छ । कर्मचारी ले आफुले पाएको अख्तियारी को दुरुपयोग गर्दै सेवाग्राही बाट अतिरीक्त लाभ अशुल गर्नु घुस हो । यो चलन परापुर्व कालमै पनि प्रचलन मा थियो । राष्ट्र निर्माता पृथ्वी नारायण शाहले पनि घुस्याहा प्रवृत्तीको विरोध गर्दै "घुस लिने र दिने दुवै राष्ट्रका दुष्मन हुन" भन्ने अभिब्यक्ती दिएको पाईन्छ ।
घुसमा रकम र जिन्सी उपहार :
घुसमा रकम बाहेक जिन्सी अशुल गरेका घटना हरु पनि सार्वजानीक भईरहन्छन कतै कतै । ठुलो ठेक्का पट्टाको टेन्डर मिलाईदिए बापत सरकारी कर्मचारी लाई घडेरी उपहार दिने , नजिक को सम्वन्ध भएका कार्यालयका कर्मचारी एवं हाकीम हरुलाई दशैंमा खशी लगायत लत्ता कपडा उपलव्ध गराएर संबन्ध सुमधुर राखीराख्ने र परि आउदा आफ्नो काम सजीलो संग फत्ते गराउन त्यै संबन्ध प्रयोग गरिने चलन नया होईन । त्यसरी उपहार दिनु पनि अग्रीम घुस दिए सरह हो । सरकारी कर्मचारी हरुलाई त्यसरी उपहार लिन कानुन ले नै बन्देज लगाएको छ ।
घुस बापत को सहवास :
नेपाल प्रहरी र नेपाल आर्मी भित्र हुने रसद पानी को ठेक्का पट्टा मिलाउन र त्यहा भित्र हुने साना ठुला निर्माण र पुनर्नीमाण का ठेक्का हरु आफ्नो हितमा खुलाउनको लागी त्यस्तो ठेक्का दिने अधीकारी लाई राम्रा राम्रा युवती हरु उपलब्ध गराउनुपर्ने वाध्यता रहेको कुरा हरु पनि ठेकदार हरु सुनाउछन । ठेक्का पाएपछी हुने ब्यापार र त्यो बाट हुने नाफाको प्रक्षेप्यण सुरुमै गर्छन ब्यापारी हरु र ठेक्का दिलाउने अधीकारी हरु लाई कुन स्तरको घुस उपलब्ध गराउने भन्ने निर्क्योल गर्छन । पाचतारे होटलमा विदेशी मदिरा सहित सुन्दर युवती संग रात विताउने अवसर प्रदान गरेर ठेक्का पट्टा आफ्नो हितमा पार्नु त्यस्ता अधिकारीका श्रीमती र परिवार लाई अतिरीक्त सुविधा या रकम उपलव्ध गराउने किसीमका घुस प्रथा हरु अत्याधीक प्रचलनमा छन अहिलेको समयमा । यस्तो अवस्थामा आफ्नो फाईदा र केही कमाई को लागी प्रयोग भएका युवती हरुले आफुमाथी शोषण भयो भनेर आरोप लगाउन मिल्छ की मिल्दैन वहसकै विषय होला तर त्यसरी उपयोग गरिसकेपछी पारीश्रमीक नदिनु या बोल कवोल अनुसार नगर्नु चाही पक्कै शोषण हुन जान्छ ।
काम बापतको सहवास :
मनोरन्जन को क्षेत्र अथवा ग्ल्यामर जगतमा पनि काम प्राप्त गर्नको लागी महिला कलाकार हरुले गर्नु परेका संझौता हरुको बारेमा चर्चा हुने गरेको छ । त्यस अवस्था का संझौता हरुलाई घुस भनिहाल्न मिल्छ की मिल्दैन त्यो छुट्टै पाटो हो । त्यहा "गीभ एण्ड टेक" हुन्छ भनेर परिभाषीत गर्न सकीएला । जस्तै कुनै मोडल ले काम पाउनको लागी निर्देशक या निर्मातालाई खुशी पार्न आफ्नो शरीरको प्रयोग गर्छीन र त्यो प्रयोग सहमती मा भएको हुन्छ भने त्यो "गीभ एण्ड टेक" हुन जान्छ । तर कुनै निरीह कलाकार लाई काम दिने प्रलोभनमा शरीर दिने प्रस्ताव राखीन्छ भने त्यो शोषण हो । त्यस्तो शोषणमा यदाकदा पुरुष कलाकार हरु पनि पर्ने गरेको पाईन्छ । सहमती को सहवास लाई अपराध मान्दैन हाम्रो कानुन ले तर वाध्यकारी सहवास लाई सोषण या वलात्कार भनेर परिभाषीत गरिएको छ । वलात्कार नभएको खण्डमा प्रस्ताव मात्र राख्नु लाई पनि "आशय करणी" भनेर परिभाषीत गरी सजायको ब्यबस्था गरेको छ कानुन ले ।
यसै गरि निजी कम्पनिमा कार्यरत महिला कर्मचारी हरुको पदोन्नती मा पनि उनिहरुको योग्यता भन्दा शारीरीक सुन्दरता र यौन ब्यवहार ले प्रभाव पार्दछ भनेर आलोचना गर्ने हरु पनि भेटीन्छन समाजमा । ति सबै कुरा हरु सत्य नहुन सक्छन तर यदी सत्य नै हुन भनेपनि आफ्नो पदोन्नती को लागी गरिएको संझौतामा कुनै महिला खुशी छन र उनलाई कुनै गुनासो छैन भने अरु कसैले हस्तक्षेप गरेर त्यहा शोषण भएको प्रमाणीत गर्न असम्भव नै हुन्छ । त्यही अवस्थामा गरिव पारीवारीक अवस्था रहेका र छिटो प्रगतीको आकांक्षा राख्ने हरु शोषणमा परिरहेका छन भनेर नकार्न पनि सकीदैन । जती जती समाज आधुनिकता तर्फ लम्कीदै गईरहेको छ त्यती त्यती यौन को मामलामा पनि उदार हुदै गईरहेको छ । यौन आफ्नो निजी विषय भएको र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा आधुनिक समाजका जनता अनभिज्ञ छन भनेर मुल्यांकन गर्नु पनि समय सापेक्ष नहोला ।
बैदेशीक रोजगारी मा यौन शोषणको सम्भावना:
भिजीट भिषामा खाडी मुलुक जान वन्देज लगाएको छ नेपाल सरकार ले । त्यसका आफ्नै कारण हरु छन । किन बन्देज लगाईयो अथवा बन्देज लगाउन पर्ने अवस्था कसरी निर्माण भयो या यस कीसीमको बन्देज ले फाईदा या बेफाईदा के गर्यो भन्ने प्रश्न आफैमा जटिल छ । विचौलीया या दलाल हरुले काममा लगाईदिने प्रलोभन दिएर गरिरहेको महिला तस्करी लाई रोक्न र सोझा साझा जनता हरु लाई ठगीन बाट जोगाउनको लागी सरकार ले त्यो किसीमको बन्देज लगाएको हो । बन्देज लगाउन पर्ने त्यो बाहेक अरु कुनै कारण देखीदैन । सरकार ले जसरी आफ्ना नागरीक को सुरक्षा हुने देख्यो त्यही गर्यो त्यो वन्देज को विरोध गरिरहनु पर्ने आवस्यकता पनि देखीएन । तर के त्यो वन्देज ले पुर्णरुपमा नागरीक हरु सुरक्षीत भए त ? अथवा महिला हरुको तस्करी रोकीयो त? यो कुरा भने यद्यपी वहसकै विषय बनेर रहेको छ।
नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर बैदेशीक रोजगारी मा गएका युवती हरु ९९ प्रतिसत सुरक्षीत छन । खाडी मुलुकमा संस्थागत कम्पनि हरुमा काम गरिरहेका कुनै पनि महिला कर्मचारी लाई कसैले पनि सहवासको लागी बाध्य पार्न सक्दैन । खाडीको कानुन संग लाग्ने डर नै त्यहा महिला सुरक्षीत हुने मुख्य आधार हो । सारीरीक शोषणको उजुरी मात्रले हुने बर्बादी को त्रास को कारण पनि खाडीमा कुनै पुरुषले कुनै महिला लाई सोझो आखाले हेर्न सक्दैनन । त्यसमाथी छुने कुरा र वलात्कार गर्ने कुरा असम्भव प्राय: नै हुन । त्यत्ती हुदाहुदै पनि खाडीमा वलात्कार हरु हुदै हुदैनन भन्ने होईन । शोषण खाडीमा पनि हुन्छ तर त्यसको लागी कसले नियम मिच्यो र को कति जिम्मेवार हो भनेर मिहीन अध्ययन हुनु जरुरी देखीन्छ । खाडीको नियम र सामाजीक परिधी ननाघ्ने र नेपाल सरकारका बैदेशीक रोजगारी का नियम हरु उल्लंघन नगर्ने हो भने कुनै पनि नेपाली नारी खाडीमा यौन दुर्ब्यवहार या शोषणमा पर्नु असम्भव प्राय नै छ
खाडी मुलुक मध्येको सबैभन्दा उदार र विकशीत देश युएई का दुवई अवुघावी लगायत शहर हरु युरोप जत्तीकै विकशीत भैसके र त्यहाको समाज पनि युरोपीयन समाज जत्तीकै खुल्ला हुने क्रममा छन । यद्दपी विवाह भन्दा बाहिरको सहवास लाई मुस्लीम समाजले कदापी मान्यता दिनेछैन । तर पनि ति देश हरुमा नेपाली लगायत अन्य मुलुकका महिला पुरुष हरु विवाह पुर्व या विवाहेत्तर रुपमा संगै बसीरहेका समाचार हरु आईरहन्छन बेला बेलामा । नेपाली हरु त्यस्तो कडा कानुन भएको ठाउमा पनि कसरी अवैध संबन्ध बनाएर बस्न सके त ? कुरा प्रष्ट छ । आफ्ना नागरीकको बिबाहेत्तर संबन्धको लागी युएईको कानुन जती कडा रुपमा लागु हुन्छ आप्रवासी हरुको लागी केही खुकुलो भएको कारण नै त्यस्ता संबन्ध हरु मौलाउदै गईरहेका छन । अथवा उजुरी गरिदिने अथवा उजुरी पर्ने सम्भावना न्युन रहेकै कारण त्यस्ता संबन्ध हरु मौलाउछन । पक्राउ परेमा कानुन त सबैको लागी बराबर नै हो । पक्राउ नै नपर्ने नेपाली खुराफाती आईडीया ले दुवईमा धेरै जोडी हरु सुरुमा रमाएर बस्छन तर कैयौं को सम्वन्ध शोषणमा पुगेर टुंगीन्छ । सामाजीक परिधी र नियम उंल्लघन गरेको कारण त्यसो हुन गएको हो ।
नेपालमा घर परिवार भएका तर श्रम गर्न विदेश जादा त्यहा बसुन्जेलको आवस्यकता लाई मध्येनजर गरेर दुई जना संगै बस्नु लाई "लिभीड• टुगेदर रिलेशनसीप" भनेर परिभाषीत गरेको छ पश्चिमा समाज ले । खाडीमा त्यस कीसीमको बसाई पुर्ण रुपमा गैह्र कानुनी हो फेरी पनि कानुनका आँखा छलेरै कैयन जोडी हरु त्यसरी बसीरहेछन त्यो अवस्थामा भने शोषण र वलात्कार नहोला भन्न सकीदैन । यदा कदा त्यस कीसीमका शोषणका कुरा हरु पनि अनलाईन समाचार हरुमा नआएका होईनन ।
नेपालको हाल सम्मको एकमात्र अन्तराष्ट्रीय एयरपोर्ट त्रिभुवन अन्तराष्ट्रीय एयरपोर्ट को बाटो हुदै खाडी मुलुकमा श्रम बेच्न हिडेकी युवती संग नेपाल प्रहरीका एकजना हवल्दारले एक रात संगै सुतेमा भिजीट भिषामा खाडी जाने प्रवन्ध मिलाईदिन्छु भनेर घुस बापत केही रकम र अतिरीक्त रुपमा सारीरीक सम्वन्ध पनि राख्न माग गरेछन । यो अचम्म लाग्दो कुरा हुदै होईन । धेरै त्यस्ता क्षेत्र हरु छन जहा प्रवेशको लागी, प्रमोसनको लागी या सहजताको लागी र काम गरेको क्षेत्रमा टिकीरहनकै लागी महिला हरुले आफ्नो अस्मीता संग संझौता गर्न परिरहेको छ ।
त्यस्ता संझौता हरुलाई सहजताका साथलिने र आफ्नो फाईदाको लागी प्रयोग गर्ननहिच्कीचाउने महिला हरु पनि भेटीन्छनसमाजमा जसले त्यस्ता संबन्ध हरु फगतटाईमपास मात्र रहेको भन्दै हल्का रुपमालिन्छन । अथवा उनीहरुले आफुमा रहेकोत्यस्तो शक्ती या सम्पत्तीको प्रयोग गरेरप्रगती सिंढी हरु चढ्नु लाई आफ्नो सफलतामान्छन । उनी हरुको हकमा त्यो यौन सम्पर्कप्रस्ताव यौटा अवसर बनेर आउछ र त्योअवसरको उपयोग उनिहरु आफ्नो हितअनुकुल हुने गरी गर्छन । त्यो उनिहरुकोब्यक्तिगत अधिकार र स्वतन्त्रताको कुरामान्नु पर्छ । तर जसले त्यसरी सरीरकोसंझौता गरेर सफलता प्राप्त गर्न चाहन्नउनीहरुको लागी विडम्वना बनेर तेर्सीएछनेपालको एयरपोर्ट र नेपाल प्रहरी ।
खाडी मुलुकमा भिजीट भिषामा गएका अन्यनेपाली नारी हरु पनि त्यस्तै शोषणको चरणपार गरेर पो पुगेका छन की ! सत्य तथ्यपत्ता लगाएर त्यस्ता सारीरीक घुस माग्नेहरुलाई कडा भन्दा कडा कारवाही हुनु पर्दछत्यसमा दुईमत छैन तर त्यसरी दुर्ब्यवहार गर्नेप्रहरी लाई कस्तो किसीमको कारवाही हुन्छ? यो प्रश्न कानुनका ब्याख्याता हरुले प्रष्टपार्लान । हामी त कारवाही को माग मात्र गर्नसक्दछौं । सहवास को प्रस्ताब लाई मात्रदुर्ब्यबहार मान्दा के कारवाही होला त्योसजीलै अनुमान गर्न सकीन्छ । बढी भन्दाबढी उक्त प्रहरी लाई विभागीय कारवाहीस्वरुप नसिहत दिईएला या त्यही पनि नगरेरविना रेकर्ड को चेतावनी दिईएला । यो तशोषण नभईसकेको अवस्था पर्यो त्यसैलेसानो सजाय पनि न्याय सम्मत मान्नसकीएला । तर जुन महिला अवैधानीकआप्रवासी हुनैको लागी चरम शोषणमा पर्नुपर्यो उनिहरुले सही न्याय पाउनु पर्छ कीपर्दैन ?
विदेश मा पुगेर शोषणमा पर्न सक्नेसम्भावना हरुको बारेमा सरकार जती सजगछ त्यती नै जिम्मेवार विदेश जान चाहनेमहिला हरुले स्वदेशमा भोग्नु पर्ने दुर्ब्यवबारप्रति पनि हुनु पर्ने देखीन्छ ।
~ दुर्गा पंगेनी
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें