अपडेट

फेरी आयो शितल शर्माको पानीजहाज

प्रधानमन्त्री पदमा रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा पानी जहाज चलाउने घोषणा गरेका थिए। उनको त्यो घोषणालाई धेरैले हासोका रुपमा उडाएका थिए। तर, झन्डै डेढ वर्षपछि ओलीको त्यो सपना पूरा भएको छ। उनको काठमाडौंमा पानी जहाज भित्र्याउने सपना पूरा गरिदिइन् सञ्चारकर्मी शितल शर्माले। सञ्चारकर्मी शितलले सांगीतिक कोसेली पानी जहाज भाग २ ल्याएरै भएपनि एमाले अध्यक्ष ओलीको पानी जहाज भित्र्याउने सपना पूरा गरिदिएकी हुन्। उनको उक्त एल्बमको पनि एमाले अध्यक्ष ओलीले नै विमोचन गरेका हुन्।

संचारकर्मी तथा उद्घोषिका समेत रहेकी शितल शर्मा गायीकाको रुपमा पनि आम नेपाली दर्शक श्रोता माझ परिचित छन्। बुटवल स्थायी ठेगाना भई विगत १४ वर्षदेखि संचारकर्मी र सांगीतिक क्षेत्रमा संघर्षरत शितल शर्माले करिब एक दुई महिना अगाडी देखीनै पानी जहाज आउने सूचना बिभिन्न संचारमाध्यमबाट प्रचारप्रसार गरिरहेकी थिइन्।

वरदान डिजिटल म्युजिक प्रालि द्वारा बजार व्यवस्थापन भएको सोही गीत अर्का गायक, सर्जक तथा संचारकर्मी वैकुण्ठ महत र उनै गायिका तथा संचारकर्मी शर्माको उत्कृष्ट आवाजमा स्वरबद्ध भएर सजिएको छ। उक्त गितको लय तथा शब्द संकलन गायक वैकुण्ठ महतले गरेका हुन्। उक्त भिडियोमा कलाकार र पत्रकार हरुको दमदार अभिनय रहेको छ ।

भिडियो हेर्नुस्:

कोई टिप्पणी नहीं