अपडेट

कतार संकट र नेपाली हरुलाई परेका प्रत्यक्ष प्रभाव हरु:

मध्यपुर्वमा मडारीएको कुटनैतिक अविस्वासको कालो बादलले कतारलाई सर्लक्कै ढाकेको छ ।त्यसको प्रभाव यहाँ कार्यरत नेपाली हरुलाई नपरेको कुरा बाहिर आएपनि कसरी साना साना कुरा हरुको कारण नेपाली हरु प्रभावित बनेका छन भनेर नेपाल सरकार लगायत सर्वसाधारण जनता हरुले बुझ्नुपर्ने बेला आएको छ। हालांकी समस्या हरु संग जुध्न को लागि कतार सरकारले देखाएको तदारुकताको कदर गर्नै पर्ने हुन्छ 

कतारका सुपर मार्केट हरु हरियो तरकारी विहीन भएका छन । सरकार द्वारा जतिसुकै खाद्यान्न उपलब्ध भएको घोषणा भईरहेपनि बजारको अवस्था बाहिर आए जस्तो छैन। ठुला सुपरमार्केट हरुमा खाद्यान्नको मुल्य स्थिर भएपनि बकला "साना पसल" हरुमा मुल्य आकाशीएको छ। त्यसरी बढेको बजार मुल्य बाट सबैभन्दा बढी नेपाली मजदुर हरु प्रभावित बनेका छन किनकी अधिकांश नेपाली मजदुर हरु दैनिक आवस्यकताका सामान हरुको लागी साना पसल हरुमै निर्भर छन। तर साना पसल हरुमा हुन सक्ने मूल्य वृद्धि लाइ मध्येनजर राख्दै कतार सरकारले कालोबजारि गरेको फेला पारेमा तुरुन्तै प्रहरी लाइ खवर गर्न भन्दै जनतालाई सुचित समेत गरेको छ

तिन या चार रियाल प्रति कीलो पाईने गोलभेंडाको मुल्य सुपरमार्केट मै नौ दश रियाल पुगेको छ । एक रियाल प्रतिकालो सेलमा लाग्ने प्याजको मुल्य पाँच रियाल पुगेको छ त्यो पनि भनेजति किन्न पाईएको छैन। दश रियालको भटमासको तेल १४/१५ रियाल भएको छ सुपरमार्केट मै, बाहीर साना पसल जहाँ सरकारी अनुगमन हुने सम्भावना कम रहन्छ त्यहा सामानको भाउ यसको दुगुना हाराहारी छ। बजारमा देखिएको बेथिति लाइ नियन्त्रण गर्न कतार सरकारका निकाय हरु कत्तिको सक्रिय हुन्छन त्यसले भविष्यको मूल्य वृद्धि तय हुन सक्ने कुरा देखिन्छ। 

जुन २४ तारीक ईदको पुर्व सन्ध्यामा कतारका ठुला तिन वटा खाद्यान्न रिटेलर हरु लुलु सेन्टर,क्वालीटी र सफारी हाईपर मार्केट हरुमा गोलभेंडा उपलव्ध थिएन। कहिले सम्म उपलब्ध हुन सक्छ कुनै जानकारी पनि थिएन । अधिकांश नेपाली दाजुभाई हरु खसीको मासुको खोजीमा थिए तर यी तिन वटै आउटलेटमा खसीको मासु उपलब्ध थिएन ! दिउसो करिव दुई बजे सफारी हाईपर मार्केट पुग्दा तिन किलो मटन बाकी थियो जसको मुल्य ३५ रियाल किलो तोकीएको थियो यो साविक बजार मुल्य भन्दा दुई गुणा बढी हो । माछाको उपलब्धता यथावत छ । 

यस्तै तरकारी मण्डीमा तानातान र खोसाखोसको अवस्था छ भने ज्युदो पशु बजारको अवस्था दयनिय छ । ज्युदा खसी हरुको मुल्य स्वाट्टै ओरालो लागेको छ । अगील्ला बर्ष हरुमा आठ सय रियालमा बिक्ने खसी यो पटक पाँच सय मै बेच्नु पर्यो ! उपलब्धता पनि धेरै ! साउदी बोर्डर पार गरेर चरिचरन पुर्याईएका खसी बोका हरु ट्रकमा लादेर कतार फर्काईयो र सिधै हाट बजार पुर्याईयो । ति खसी हरुको लागी दाना उपलव्ध छैन । दाना भएपनि खुवाएर पालिराख्दा हुने खर्च धान्न ब्यापारी लाई गाह्रो छ तसर्थ सस्तो मै खसी हरु विक्री भईरहेका छन । मण्डीको प्रवेश द्वारमा ट्रक का ट्रक हरियो घाँस उपलब्ध हुन्थ्यो पहिला पहिला अहिले मण्डी सुनसान छ । पसले हरु ग्राहक तान्न र घटाघटमा खसी बेच्न तछाड मछाड गरिरहेका छन किनकी जति बढी समय पाल्नु पर्यो उनिहरु लाई त्यती घाटा भईरहेको छ । 

सुख्खा तरकारी तर्फ लसुनको मुल्य २४ रियाल किलो बाट ३६ रियाल पुगेको छ । अदुवा त्यसरीनै आकासीएको छ । सुपरमार्केट हरुमा । साना पसल हरुमा यी सामान उपलव्ध नै छैनन । दुग्ध पदार्थ आपुर्तीको लगभग ६० प्रतिसत हिस्सा ओगटेको अलमराई कम्पनिका उत्पादन हरु आउन छाडेपनि अरु ब्राण्ड हरुले दुग्ध जन्य पदार्थ आपुर्ती गरिरहेछन । साना पसल हरुमा उपलव्धता घटेको छ तर भाउ बढेको छैन। पेप्सी लगायत पेय पदार्थ हरुको मुल्य स्थिर छ त्यस्तै "खबुस" को उपलब्धता र मुल्य पनि साविक कै छ । 

पेट्रोलियम पदार्थको सबैभन्दा ठुलो रिटेलर "वुकुद" ले डिजलको सप्लाई कटौती गरेको छ । चार दिनको लागी दश हजार लिटर डिजल दिदै आएको अवुनखला स्थित लगभग दुई हजार नेपाली मजदुर रहेको यौटा कम्पनिको आधार सिवीर लाई हिजो जम्मा छ हजार लिटर डिजल उपलव्ध गराईयो फलस्वरुप नेपाली हरु बस्ने उक्त क्याम्पमा लोड सेडिङ सुरु भएको छ । डिजल आपुर्ती कहिले सुचारु हुन्छ यकीन भएन । 

ठुलो टाटा गाडीमा दैनिक ३०० लिटर तेल खर्च गर्ने एकजना धादिङका ड्राईभरले हिजो पेट्रोल स्टेसनबाट जम्मा १२० लिटर मात्रै डिजल पाए । पहिलो ट्रिपमा तेल सकीयो र गाडी थन्कीयो । उनले ड्युटीमा छोडेका मजदुर हरु उठाउन जानुनै पर्छ नत्र मजदुरहरु साईट (कार्यक्षेत्र) मै अलपत्र पर्नेछन । त्यसै कारण तेलको जोहो गर्न उनका क्याम्प बोस दौडधुप गरिरहेका थिए । संसारकै ठुलो प्राकृतीक ग्यासको उत्पादक कतार डिजल लगायत अन्य पेट्रोकेमीकल पदार्थको लागी भने छिमेकी मुलुक हरु माथी निर्भर छ । 

साउदी अरव या दुवई तिर मुख्य अफीस रही कतारमा काम गरिरहेका कम्पनि हरु ठप्प छन । त्यहा काम गर्ने नेपाली हरु तलव पाईने की नपाईने भन्ने दुविधामा छन । निर्माण सामाग्री सप्लाई गर्ने कम्पनिको लजिष्टीक (राखन धरन) डिपार्टमेन्ट सम्हालिरहेका एकजना चितवनका युवा भन्छन यहा त जागीर नै धरापमा परिसक्यो । मासीक एक लाख नेपाली रुपैया तलव बुझ्ने उनलाई अव कम्पनिले तलव दिन्छ या दिदैन अथवा कति दिन्छ भन्ने चिन्ता छ किनकी बाहिर बाट कुनै सामान आएको छैन । प्रचेजिङ नभएपछी लजिष्टीक डिपार्टमेन्ट सबैभन्दा पहिला ठप्प हुन्छ । 

कम्पनिले उपलब्ध गराएको फ्लाई दुवई एयरलाईन्सको टिकट लिएर नेपाल गएका मजदुर हरु उतै अलपत्र परेका छन । कतार एयरलाईन्स लगायत अन्य कम्पनि हरुको टिकटको भाउ आकाशीएको छ । बुबाको देहान्त लगत्तै ईमर्जेन्सीमा नेपाल फर्केका एकजना बुटवलका युवाले भर्खरै १६८० कतारी रियाल खर्च गरेर एकतर्फी टिकट किनेको देखीयो । साविकमा बजेट एयरलाईन्स हरुले १ हजार सम्ममा दुईतर्फी टिकट उपलब्ध गराउदै आएका थिए । यसरी आकाशीएको टिकट मुल्यको मार पनि मजदुर माथी नै परेको छ । फ्लाई दुवई,ईत्तीहाद र एयर अरेवियाको टिकटमा नेपाल गएका हरु फर्कदा ४० देखी ५० हजार सम्म तिरेर टिकट काटेर फर्केका छन यसबाट मजदुर हरु नराम्रो संग प्रभावित भएको देखीएको छ । 

सुचना संप्रेषणमा कडाई रहेको देशमा नाकावन्दी र यसबाट परेको असर बुझ्नको लागी नेपाली दुतावासले समेत कतै क्याम्पिङ अथवा भिजीट गरेको छैन । दुई चार जना नेपाली ब्यवसायी हरुलाई दुतावासमा बोलाएर बजारको अवस्थाको बारेमा छलफल गर्ने र नेपाली हरु समस्यामा नरहेको विज्ञप्ती निकाल्ने पहिलो चरणको काम बाहेक दुतावासको उपस्थिती कतै देखीदैन । 

हरीयो तरकारीको मुल्य बढ्यो भनेर कुनै पत्रीकाले लेख्न सकेका छैनन अथवा तरकारी उपलब्ध छैन भनेर सम्म। कसैले छाप्न सकेका छैनन ।जनता हरु कतार सरकारका काम हरुको समर्थनमा सामाजीक संजालमा र आफ्ना गाडी लगायतका स्थानमा कतारी राजाको फोटो टाँसेर समर्थन जनाईरहेका छन । नाकावन्दी हटाउन मुख्य चार देश हरुले पठाएको १३ बुंदे प्रस्ताव कतार सरकारले ठाडै खारेज गरिदिएको छ जसमा अल जजीरा टेलीभीजन बन्द गरिनु पर्ने प्रस्ताव पनि समावेश थियो। 

यसरी नाकावन्दी लम्विदै गएमा ठुला रोजगारदाता कम्पनि हरुले आफ्नो घटेको आम्दानी र खर्च समायोजन गर्नको लागी पनि कर्मचारी कटौति सुरु गर्नेछन । त्यसरी कर्मचारी कटौती गर्दा सबैभन्दा पहिला आउट सोर्स अथवा थर्ड पार्टी बाट लिईएका कर्मचारी हरु कटौतिमा पर्नेछन । त्यसको सोझो मारमा नेपाली मजदुर हरु पर्ने निश्चित प्राय छ किनकी ९९ प्रतिसत नेपाली मजदुर हरु आउट सोर्स कम्पनि मार्फत मुख्य रोजगार दाताको लागी काम गर्छन त्यसरी काम गर्नु लाई "सप्लाई" भनिन्छ । सप्लाई कम्पनि हरु श्रम एजेण्ट मात्र हुन उनिहरु संग आफ्नै निजी काम हुदैन । अनिहरुले जसको लागी म्यान पावर सप्लाई गरेका छन त्यस्तो म्यानपावर लिने कम्पनिले संझौता एक पक्षीय रुपमा जुनसुकै बेला पनि तोड्न सक्छ अथवा कटौती गर्न सक्छ। जस्तो की २० जना सफाई कर्मचारी सप्लाई कम्पनि संग लिईरहेको कुनै बैंक ले अचानक दश जना मात्र बोलाएर दश जना कटौती गर्यो भने त्यसरी कटौतीमा पर्ने हरु सोझै बेरोजगार हुने सम्भावना रहन्छ । सप्लाई कम्पनिले पाउने अर्को ठेक्का कुरेर बस्ने सिवाय मजदुर संग अरु विकल्प हुदैन । 

यी र यस्तै अन्य विविध कारण हरुले मध्यपुर्व संकट बाट नेपाली हरु प्रत्यक्ष प्रभावित भएका छन। हालांकी तत्कालै युद्द हुने जस्तो कुनै सम्भावना नरहेको कारण मानविय क्षती हुने कुनै सम्भावना भने छैन। कतार सरकार यसरि अचानक आइपरेको समस्या संग कसरि जुध्ने कसरि बजार लाइ सन्तुलित बनाउने भन्ने कसरतमा तदारुकताका साथ् लागिरहेको कारणले पनि आम आप्रवासी हरु लामी समय सम्म समस्या संग जुध्नुपर्ने छैन भन्ने अनुमान गर्न सकिन्छ। 

कतार प्रति गरिएको नाकावन्दी अमानवीय कार्य हो त्यसैले आम आप्रवासी मजदुरको नाताले म यो नाकावन्दीको घोर बिरोध गर्दछु। 
-दुर्गा पंगेनी 

कोई टिप्पणी नहीं