अपडेट

नेपालको अनुभवले दु:खी आइडल आयोजक



काठमाडौं, भदौ १३ – पछिल्लो समय नेपाली टेलिभजन रियालिटी शो ‘नेपाल आइडल’ निकै नै लोकप्रिय हुँदै गएको छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । स्टेजदेखि वाद्यवादकको समूहबाट दर्शक प्रभावित छन् ।

त्यस्तै प्रतियोगीहरुको प्रस्तुतिले पनि दर्शकहरुलाई लोभ्याएको छ । छोटो समयमा नै यसको लोकप्रियता बढ्दै गएको छ । अहिले प्रतियोगितामा चार प्रतिष्पर्धी बाँकी रहेका छन् । नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा हुने पनि तय भइसकेको छ । तर नेपाल आइडल प्रतियोगिता भने विभिन्न कारणले विवादित बन्दै गएको छ । यो एक विशुद्ध प्रतियोगितात्मक हो । प्रतियोगीको गायन हेरेर दर्शकले दिने भोटको आधारमा नेपाल आइडल चुनिनेछ । तर केही व्यक्तिले प्रतियोगितालाई प्रभावित हुने अभिव्यक्ति दिएको भन्दै नेपाल आइडलको आयोजकले आपत्ति जनाएको छ ।

जसले राम्रो गाउँछ, त्यसैलाई दर्शकले चुन्ने प्रतियोगिता हो । तर यसमा फलानो जात र समुदायकै प्रतियोगिले जित्नु पर्छ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा देखिएकोले त्यसले सम्बन्धित प्रतियोगी प्रतियोगिताबाटै बाहिरिनु पर्ने चेतावनी आयोजकले फेसबुकमाफर्त दिएको छ । दर्शकहरुको भोटले नै हो नेपाल आइडल चुन्ने तर निर्णायक मण्डलले कुनै व्यक्ति विशेषलाई समर्थन गर्‍यो भनेर सामाजिक सञ्जालमा रोइलो काढ्नेहरु छन् ।


त्यस्तै गत हप्ता अतिथि निर्णायकका रुपमा आएका गायक रामकृष्ण ढकालले कुनै प्रतियोगीलाई मात्रै समर्थन गरेको भन्दै तिब्र आलोचना पनि भयो । ढकालले आफूले व्यक्ति विशेष भन्दा पनि आफूले राम्रो गाउनेलाई समर्थन गरेको स्पष्टिकरण दिएका थिए । आयोजकले कसैले आपत्ति जनाउँदैमा फ्रेम्यान्टल मिडिया लिमिटेड दिएको फर्म्याट भन्दा फरक किसिमले प्रतियोगिता आयोजना नहुने जनाएको छ । त्यस्तै कसैलाई पनि पूर्वाग्रह राखेर जातीय अभिव्यक्ति कसैले नदिएको र अब कसैले नदिन पनि  आयोजकले आग्रह गरेको छ ।

नेपाल आइडल सम्पूर्ण रुपमा स्वतन्त्र कार्यक्रम भएको कुरा पनि आयोजक ले दोहोर्याएको छ ।जज हरुका अभिव्यक्ति हरु र प्रतिष्पर्धी का गायन भन्दा बाहिरका अभिव्यक्ति हरु समेत को एडिट अधिकार आयोजक संग सुरक्षित् रहेको कारण यदि रामकृष्ण ढकालको अभिव्यक्ति कुनै व्यक्ति बिसेष या सम्प्रदायको भावनाको प्रतिकुल हुने देखिएको भए त्यो प्रशारण हुने थिएन। त्यो अभिव्यक्ति अन्तराष्ट्रिय प्रचलन अनुसार कै रहेको कारण प्रशारण गरिएको कुरा आयोजकले जनाएको छ  । संसार का धेरै देश मा कार्यक्रम गरेको अनुभव नेपालमा कामै नलागेको र नेपालमा मात्र आफ्नो कार्यक्रम मा जातीय रंग मिसिएको कारण अत्यन्तै दुखद अनुभव संगाल्नु परेको कुरा कम्पनि ले घुमाउरो पारामा दर्शाएको छ ।

कोई टिप्पणी नहीं