अपडेट

एनआरएनको चुनावी मैदानमा एकमात्र महिला कलाकार-देविका केसी



कतार । एनआरएन उपाध्यक्षमा कतारमा पहिलो पटक महिलाद्वारा उम्मेदारी घोषणा भएको छ ।

चर्चित लोक तथा दोहोरी गायीका देविका केसी गुरुङले गैह्र आवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए एनसीसी) कतारको तृतिय उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । गायीका केसी ख्यातिप्राप्त लोक तथा दोहोरि गायीका हुनुका साथै लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल कि पुर्व केन्द्रीय सदस्य समेत हुन ।सामाजीक संघ सस्थामा उनको सहभागिता निकै पुरानो हो । उनका दर्जनौं लोक तथा दोहोरि गीत हरु चर्चित छन् ।

एनआरएन को ईतिहासमा केलाउदा खाडी क्षेत्रका समग्र कार्य समीती हरुमा महिला सहभागिता अत्यन्तै न्युन रहेको, अझ खाडीमा महिला सहभागीताको अवस्था अझै दयनीय रहेको छ । अहिलेको परिप्रेक्षमा कतार लगायत खाडी मुलुकमा महिला कामदार हरुको उल्यख्य संख्यामा उपस्थिति रहेपनि सामाजीक संघ संस्था हरुमा महिला सहभागीता ज्यादै न्युन रहेको छ । सार्वजानीक कार्यक्रम हरुमा महिला सहभागीता बिस्तारै बढ्दै गैरहेको छ । खाडी भरिमा कतार सबैभन्दा बढी महिला सुरक्षाको प्रत्याभूति भएको देश साथै कामदार लाइ उस्तै स्वतन्त्रता प्रदान गरेको देश भएपनि नेपालि महिला हरुको सामाजीक सहभागीता भने ज्यादै न्यून रहेको छ ।

आफु एनआरएन कार्य समीतिमा आइसकेपछि नाजुक अवस्थामा रहेका महिलाहरुको उत्थान गर्ने, नेपाल बाट बैदेशिक रोजगारीमा आउन चाहने महिला हरुको लागी जनचेतना मुलक कार्यक्रम हरु अगाडी बढाउने । सिप सिकेर मात्र बैदेशिक रोजगारीमा जानु उपयुक्त हुन्छ भन्ने चेतना अभिवृद्दीको लागी कार्यक्रम हरु संचालन गरेर यहा आइसकेका महिला हरुको अवस्थामा सुधार ल्याउने साथै अब आउने महिला हरु लाइ राम्रो कामको लागी अभिप्रेरित गर्ने उद्देश्य सहित आफुले तृतीय उपाध्यक्षमा उम्मेद्वारी दिएको कुरा गायीका केसीले बताएकी छन् । गायिकाले आफ्नो पक्षमा जित भए महिला श्रमिककको पक्षमा काम गर्नको लागि आफुलाई निकै हौसला मिल्ने बताएकि छन् ।

उनले महिलाहरु पनि उम्मेद्वारका लागि योग्य छन् भन्ने देखाउन मात्र उमेद्वारी नदिएको बताउदै चुनाव जितेपछी कार्यसमितिमा आफ्नो उपस्थिति पनि दह्रो बनाउन चाहेको कुरा बताइन ।