अपडेट

पर्वत समाज बेल्जियमले पर्वतमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

पर्वत समाज बेल्जियमले पर्वत जिल्लाको फलेवासमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।आगामी अक्टोबर ७ र ८ तारिकका दिन नेपालका प्रख्यात मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा २० जनाको टोलीले स्थानिय गरिव,असहाय ब्यक्तिहरुलाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गर्न लागीएको पर्वत समाज बेल्जियममा अध्यक्ष झलक केसीले जानकारी दिएका छन।हिजो आईतवार पर्वत समाज बेल्जियमको एक कार्यक्रममा पर्वत घर भई हाल बेल्जियम निबासी एनआरएन बेल्जियमको कार्यसमितिमा नवनिर्वाचित उपाध्यक्ष खड्क केसी,कोषाध्यक्ष दर्शन गुरुङ,सदस्यहरु सीता केसी,किरण पुन,दिपक न्यौपाने र मानार्थ सदस्य चिज कुमार श्रेष्ठलाई संस्था सल्लाहकार एवम एनआरएन केन्द्रिय सचिब अर्जुन श्रेष्ठ ले खादा ओढाई सम्मान गर्नु भएको थियो।साथै बैठकमा गत जुलाईमा पर्बत समाज बेल्जियमका सल्लाहकार श्रीप्रसाद गुरूड॰को संयोजकत्वमा सम्पन्न भएको बारबीक्यू कार्यक्रमको समिक्षा गरिएको थियो । उक्त कार्यक्रम बाट बचत रक़म स्वास्थ्य शिबिर को लागी ख़र्च गरिने भएकोछ । पर्बत समाज बेल्जियमका अध्यक्ष झलक केसी को अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन महासचिब दिपक पोख्रेल ले गरेका थिए ।