अपडेट

संगीतकार श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्ल संगको प्रेम सम्बाद


"आफु दुखी बनेर तिमीलाई खुशी दिएँ सारा...!!" यो गीत सुगम संगीत को दुनीयामा कालजयी बनेर रहेको छ त्यस्तै अर्को लोकप्रिय गीत "तिमी लाई देउता मानेर प्राण भन्दा प्यारो ठानेर..! पनि धेरै चर्चित छ, सुगम संगीत को दुनियामा यस्ता कालजयी गीत हरु विरलै बन्ने गर्छन जुन गीत ले युग पर्यान्त पनि आफ्नो प्रभुत्व जमाईरहन सकोस ! ठोकुवा गरेर भन्न सकिन्छ की माथी उल्लेखीत गीतले अवको पाँच दशक पछी आउने पुस्ता लाई पनि लठ्याउन सक्ने नशा बोकेका छन, यि र यस्तै धेरै कालजयी गीत का संगीतकार हुन श्रीकृष्ण बम मल्ल..!अत्याधिक सफल गीतका संगीतकार तथा त्यस्तै मिठो स्वरका धनि सफल सर्जक बमकि श्रीमती लक्ष्मी मल्ल पनि पुरानी लोक गायीका हुन ! १४ बर्ष देखिको कलाकार द्वयको दाम्पत्य जीवनको बारेमा युएस खबर का प्रतिनिधि कृष्णा आचार्य ले गरेको रमाइलो कुराकानी !