अपडेट

टीबी कार्कीको उमेद्वारी घोषणा अर्को हारको तयारी हो

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल(२०१७–०१९)का लागी अध्यक्ष पदमा कतारमा ब्यबसाय गर्ने समाजसेवी टि.बि. कार्कीले उम्मेदवारी दिने मनसाय ब्यक्त गरेका कुरा फाट्ट फुट्ट मिडिया हरुमा सार्वजानिक भएका छन् । गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष पदको जिम्मेवारी पुरा गरीसकेका टेक बहादुर कार्की सातौ अधिबेशनमा अध्यक्षको प्रत्यासी समेत रहेका थिए । वर्तमान अध्यक्ष शेष घले संग अत्याधिक मत अन्तर ले पराजित कार्कीको झन्डै जमानत जफत हुन बाट जोगिएको थियो ।

आउदै गरेको आठौ विश्व सम्मेलनको तयारी तिब्र गतिमा अगाडि बढीरहेको बेला विभिन्न पदका आकांक्षी हरुको उम्मेदवारी घोषणा भई रहदा टि वि कार्कीको पनि अध्यक्ष पदमा उम्मेदवारी दिने रहर सामाजिक संजाल मार्फत बाहिर आएको देखिन्छ हालांकी कार्कीले आधिकारिक रुपमा आफ्नो उमेद्वारी घोषणा गरेका छैनन । कार्की पनि आगामी चुनावमा अध्यक्षको प्रत्याशी हुने तयारीमा जुटेका छन् भन्ने कुरा “टीबी समुहका” साथि हरुले ब्लग हरुमा लेख्दै आएको देखिन्छ ।

एनआरएनएको अभियानमा निरन्तर मध्यपूर्व बाट निकै सक्रिय रहदै आएका कार्की सन् २००६ मा एनआरएनए एनसीसी कतारको कार्यसमिती सदस्य रहेका थिए । २००७ देखि २००९ मा आइसीसी सदस्य हुदै चौथो महाधिवेशन (२००९–२०११) को कार्यकालमा सक्रिय रुपमा अगाडि बढ्दै पाँचौ विश्व सम्मेलनमा(२०११–२०१३)मा सचिव पदमा रहि अझ शसक्त रुपमा विश्वभर रहेका गैरआवसीय नेपालीहरु बिच आफु लाई स्थापित गराएका थिए भन्ने कुरा ब्लग हरुमा पढ्न पाईन्छ । एन आर एन मा कार्कीको उपस्थिति थियो त्यो धुर्व सत्य कुरा हो तर त्यो उपस्थिति शसक्त थियो कि थिएन भन्ने कुरा शेष घले संग उनले बेहोरेको धेरै ठुलो मतान्तर ले प्रष्ट पारेको छ ।

ब्लग हरुको दावी लाई सत्य मान्ने हो भने टीबी कार्कीको संस्थागत उपस्थिति विश्वब्यापी रहेको भन्ने हुन आउछ (२०१३–२०१५)को छैठौं विश्व सम्मेलनमा उपाध्यक्षमा पदमा विजयी सगै एनआरएनए लाई सस्थागत र मर्यादित मनाउन निरन्तर रुपमा सक्रिय रहदै आएका पनि हुन कार्की तर उनको संस्थागत पकड भन्ने कुरा उनि कार्यरत मुलुक कतार मै पनि एकदमै फितलो रहेको कुरा हालै सम्पन्न एन सी सी को चुनाव मा प्रष्ट भैसकेको छ । एमाले मा आस्था राख्ने टीबी कार्की अध्यक्षको प्रत्याशी हुदा पनि पार्टीगत टिका लगाएको हल्ला चलेको थियो । अहिले कतारको एन आर एन एन सी सी चुनाव मा एमालेको प्यानल को नराम्रो संग भएको पराजय ले पनि मध्यपूर्वमा कार्कीको संस्थागत पकड कस्तो रहेको छ भन्ने कुरा प्रष्ट संग बुझ्न सकिन्छ ।

हुन त कार्की संस्था भित्रका वरिष्ठतम व्यक्तित्व हुन यसमा दुइमत हुन सक्दैन । हाल सल्लाहकारको भुमिकामा रहेर संस्थागत अगुवाई गरिरहेका कार्कीले अध्यक्ष पद लाइ न्याय गर्न नसक्ने भन्ने प्रश्न पनि उठाउन सकिदैन किन कि उनले एक कार्यकाल उपाध्यक्ष को रुपमा पुरा गरिसकेका छन ।

अघिल्लो सातौ महाधिबेशनमा हालका अध्यक्ष शेष घले सगँ प्रतिस्पर्धामा रहेका कार्की लाई यस पटक भने उनै घले निकट बाट सर्मथन गर्ने देखिएको छ भनेर अर्को चुनावी प्रोपोगान्डा पनि सामाजिक संजाल हरु र साना ब्लग हरुमा लेखिएको देख्न पाइन्छ । सस्थापक अध्यक्ष उपेन्द्र महतो पुर्व अध्यक्ष जिबा लामिछाने लगायत एनआरएनका अग्रजहरु संग नजिक रहेका कार्की उनीहरुकै रोहवरमा अत्यन्तै ठुलो मतान्तर का साथ् चुनाव हारेका थिए । सम्बन्ध पहिल्यै देखि नजिक को थियो त्यहि नजिक को सम्बन्ध ले पहिले चुनाव हराउने र अहिले चुनाव जिताउने कसरि गर्न सक्ला र ? बिचारणीय पक्ष हो ।

आफ्नै राजनैतिक दलका कार्यकर्ता मतदाता र आफ्नै क्षेत्रगत मतदाता हरु संग कहिल्यै नजिक हुन नसकेका कार्कीको संस्थापक हरु संग जतिनै नजिकको सम्बन्ध रहेको भए पनि त्यहि आधारमा चुनाव जित्छन भनेर तर्क गरिनु अर्को हास्यास्पद तर्क बाहेक केहि होइन जस्तो लाग्छ । पुर्व अध्यक्ष हरु संग त्यस्तो राम्रो र पारिवारिक नजिकको सम्बन्ध रहेका कार्की लाई सर्बसम्मत नेत्तृत्व प्रदान गर्न शिर्ष तहमा समेत चर्चा रहेको भनेर चलेको हल्लामा अलिकति पनि सत्यता छ भने कार्की अध्यक्ष हुने सम्भावना प्रवल रहेको मान्न सकिन्छ नत्र यदि चुनावी मैदानमा जाने र मत को आधारमा हार जित हुने अवस्था आउने हो भने कार्कीले चुनाव जित्छन भनेर अनुमान गर्नु गलत हुनेछ ।

हुन त बर्तमान उपाध्यक्ष कुमार पन्त लगायतका पदाधिकारीहरु समेत कार्कीको पक्षमा रहने हुदाँ उनको उम्मेदवारी अर्थपुर्ण रहेको कुरा कार्की समर्थित ब्लग हरुले लेख्दै आइरहेका छन् त्यसो भन्दैमा टीबी कार्कीले चुनाव जितिहाल्छन भनेर अनुमान गर्नु मनको लड्डु घिउ संग भने जस्तै हुन जाला । किन कि सिंगो मध्यपुर्व का एन आर एन हरुको एकताको कुरा छोडौं खालि कतारमा रहेका एन आर एन हरुलाई समेत टीबी कार्कीले एकतामा बाध्न सकेको देखिदैन। त्यसमाथि अहिले कतारमा एमालेको प्यानलले बेहोरेको लज्जास्पद पराजय ले टीबी कार्कीको सम्भावित केन्द्रको अध्यक्ष पदमा दिने भनिएको उमेद्वारी र सम्भावित जित लाइ कुरीकुरी गरिरहेको देख्न सकिन्छ ।

पदिय दाउपेचमा अधिबेशनमा देखिने गुट उपगुटले सस्था लाई उन्नत र विकशित गराउन नसक्ने भन्दै एनआरएनका अभियान्ता हरुमा समेत चिन्ता पैदा हुदै आइरहेको देख्न सकिन्छ तर एमाले को गुट भित्रै बाट लड्दा पनि अन्तर्घात कै कारण पुरै एमालेका मत हरु शेष घलेलाई गएको र मध्यपुर्व एकताको लागी टीबी कार्की लाइ दिनु पर्ने अरब तर्फका मत हरु पनि न्युनतम मात्रै कार्कीको नाममा खसेको हिजोको ईतिहास लाइ चटक्कै बिर्सेर आशन्न निर्वाचनमा कार्कीको जितको दावेदारी प्रस्तुत गर्नु सहि मुल्यांकन गरिएको जस्तो मलाइ लाग्दैन ।जब सम्म खाडीमा संस्थागत सहभागिता बढ्दैन र खाडीमा रहेका एनआरएनहरुमा एकता र सहकार्यको वातावरण निर्माण गराउन सकिदैन तव सम्म खाडी क्षेत्र बाट कोहि कसैले पनि केन्द्रीय अध्यक्षमा चुनाव लडेर जित्ने सपना देख्नु भनेको असम्भव नै नभएपनि निकै जटिल प्रतिष्पर्धा हो भनेर मान्न सकिन्छ ।