अपडेट

जापानमा एनाआरएन निर्वाचनको भाँडोभैलो र फेस्बुके रमाइलो

जापानको एन आर एन चुनावी भाँडोभैलो देखेर जोहन छन्त्याल जी फेसबुकमा निर्वाचन समिति प्रति आक्रोश पोख्नुहुन्छ :

एन आर एन जापानमा अध्यक्ष बन्नु को निम्ति जस्तो सुकै हर्कत गर्न पनि तयार हुदा बिकृति भित्राएको ओम गुरुङ दाजु अहिले निर्बाचन कमिटिको प्रमुख हुदा केहि राम्रो र निस्पक्ष चुनाब गरि आफुलाई चोखाउछनकि भन्ने जापानबासी नेपाली को बुझाई थियो । प्रमुख पोस्टहरु सबै सहमति भै सकेको अवस्थामा बाकी रहेका पोस्टहरुका लागि निस्पक्ष चुनाब हुन्छ होला भन्ने झिनो आशा थियो तर अर्काको दाना पनि खाए पछि साहुले भनेको मान्नु पर्ने र नुनको सोझो हुनु पर्ने तपाइको बाध्यता होला तर भोट हाल्न नपाएर शिनोकुबो भरि आक्रोश पोखेको सदस्यहरुको आवाज सुन्नुस , तपाइले भनेको इ भोटिंग र हिजो भएको इइइइई भोटिंगको पारा हेर्नुस !! मलाई मेरो भाईहरुको मोबाइल देखि हालिएको भोट् हजुरको डाता बेसमा चेक गर्न चाहन्छु ।

सबै कुरा पहिले देखि नै फिक्स थियो भने येत्रो नाटक किन गरेको ? के एन आर एन नौटङी देखाउने सस्था होर ? ओम दाइ धेरै भरिया र हरेक कुरामा आखा नाचिम्लिनुस ! छोड्नुस त्येस्ता काम आउनुस हामी मिलेर काम गरौ अलि आफ्नो निर्णय गर्ने आफुले गर्ब गर्ने काम गर्नुस खालि अरुको निर्णयमा आखा चिम्लेर हस्ताक्षर गर्ने काम बन्द गर्नुस । ओम गुरुङ दाजु यस्तै ल्याङ्ग ल्याङ्ग गर्ने मान्छे हो हजुरले त् गु खानु भो तर पुस्कर भाइ र भुपाल जी माथि आशा थियो त्यो पनि हजुर संगै बिलाए जय एन आर एन ।

जोहन छन्त्याल को स्टाटस पछी निर्वाचन कमिटिका संयोजक रिसले आगो हुदै येसरी कमेन्ट गर्छन :
अरुले काह के के गरे मलाई थाहा छैन तर तिम्रो Mobile बाट हालेको ? आफुलाइ हालेको ३०००/४००० भोट हराएको हो भने IT बुझ्ने मान्छे लाइ लिएर आउ म देखाइ दिन्छु | यतिका दिन सम्म ID/PW गर्नु भन्दा भन्दा वास्ता नगर्ने ? हामीले हिजो निर्वाचन हुदै गर्दा पनि १२ बजे सम्म १४० जनालाइ ID/PW को लागि सहयोग गरेको छौ | हाम्रो कुरा न कुनै उमेदवार ले सुने न सहयोग नै गरे ? अनि अरुलाई दोस मात्रा दिएर हुन्छ र ? होइन भने यस्ता हल्ला नगर...

ओम गुरुङ को आक्रोस पछी जोहन छन्त्याल को जवाफ :
दाइ भनि हालेनी तपाइले केहि गर्न सक्नु हुन्न किनकी तपाई अरुको इसारामा चल्ने मान्छे हो तपाइको निर्णय केही हुन्न किनकी तपाई लाइ रोजीरोटीको समस्या आउन सक्छ, १ दिबाइस देखि ५ पटक को समस्या, हराएको भोट कहाँ गयो थाहा नहुने कुन नम्बर देखि कति भोट गयो थाहा नहुने पास्वोर्ड सबैलाई सार्बजनिक हुदा कन्ट्रोल गर्न नसक्नु अनि त्यो सबै हाम्रो काम होइन भन्न लाज लाग्दैन ? हामीले हालेको भोट खोज्न आइटीको मान्छे चाहिदैन र आफुले हालेको भोट त्यहा छ कि छैन भनेर खोज्न नसक्ने त्येत्ति लाटो पनि छैन । म उमेद्वार पनि होइन तर मलाई निर्बिबाद होस् भन्ने मात्रै हो तपाइको जवाफ र कुरा सुन्दा तपाइँ मान्छे घासैहो दाइ
उमेद्वार को बिज्ञप्ती :

कलाकार रामकृष्ण बम मल्लको गुनासो यस्तो देखियो :

कोई टिप्पणी नहीं