अपडेट

जामा बिज्ञप्ति भाग - २


उसो त वर्षै पिच्छे राउटे हरु पनि प्रधानमन्त्री भेट्न आउछन तर प्रधान मन्त्री भेटीसकेर पनि उनीहरु केवल दशैं खर्च र खशी माग्छन । त्यो भन्दा माथीका सामाजीक कुरा हरु माग्ने उनीहरुको सोच नै पुग्दैन । अस्पताल माग्दैनन स्कुल माग्दैनन अधीकार माग्दैनन केवल बाख्रो माग्छन र फर्कन्छन ।

लोक कलाकार हरुको एउटा समूह मन्त्रालय गयो उनीहरुले गृह मन्त्री भेटे अनि लिखित बिज्ञप्ति बुझाएर फर्के ।त्यहा उनीहरु रोयल्टी ब्यवस्थापनको कुरो उठाएनन । कलाकारको परिचय पत्रको कुरा उठाएनन । कलाकारको वर्तमानमा जिविकोपार्जन र भविष्य सुरक्षणको मुद्दा उठाएनन । सामाजिक सुरक्षाको कुरा उठाएनन् । उठाए त केवल ज्योती मगरको जामा उठाए।ज्योतिको जामा लम्ब्याउन बुझाइएको बिज्ञप्ति त्यहि जामा भन्दा छोटो देखियो ।

लोक कलाकार हरुले गृह मन्त्रालय गएर मन्त्री भेट्नु राम्रो कुरा हो । आफ्ना समस्या हरु सुल्झाउन मन्त्री भेट्ने र ज्ञापन पत्र बुझाउने तदारुकता देखाउनु राम्रो हो । तर मन्त्रालय पुगेर मन्त्री लाई भेटीसकेपछी कस्ता समस्या हरु उठाउने के विषय र कुन अधिकार को लागी दवाव सृजना गर्ने भन्ने कुरो भेट्न जाने कलाकारको विद्वता मा भर पर्छ ।

माथी उल्येखीत कुन मुद्दा पहिले उठ्नुपर्थ्यो र कुन तपसीलमा रहनु पर्थ्यो यो प्रश्न अनुत्तरीत छ । गृहमन्त्री भेटेर कलाकारको परिचय पत्र मागीयो भनेर फेसबुकमा हालेको भए विषय गम्भीर हुन्थ्यो तर चर्चा हुन्थेन । सामाजिक सुरक्षा मागियो या रोयल्टीको बिषयमा चर्चा गरियो भनेर फेसबुक मा हालेको भए पनि जय जयकार गर्ने तप्का आकर्षित हुने थिएन । जामा छोटो भएको विषय फेसबुकमा हालेपछी ह्वात्तै चर्चा बढ्यो । छलफलका अरु गम्भीर विषय लाई ओझेल पारेर किन विकृतीको चर्चा गरियो ? प्रश्न अनुत्तरीत छैन किन कि केवल काम गरेको र आफु हरु सक्रिय रहेको देखाउनको लागि मात्र ती कुरा पहिले बाहिर ल्याईयो । भिडियो पनि छ । पत्रकार ले मिहेनत गरेर भिडियो खिच्नुभाको छ । तर बिज्ञप्ति केवल बिकृति नियन्त्रण मा मात्र सिमित रहेको छ । 


कलाकारीता भनेको स्वतन्त्र मात्र नभएर स्वच्छन्द सामाजीक विधा हो ! हरेक कलाकारका आफ्ना आफ्ना धार हरु हुन्छन ! कुनै एउटा कलाकार ले अर्को कुनै कलाकारलाई ‘तैंले यसो गर र यसो नगर’ भनेर निर्देश गर्न मिल्दै मिल्दैन - संस्थागत रुपमा रहेका हरुलाई संस्थाको विधानले बाँध्ने हो संस्था भन्दा बाहीर रहेका कलाकारलाई देशको कानुनले निर्देश गर्छ ! प्रफर्मेन्स र क्यारेक्टर या नी प्रस्तुतीकरण र चरित्र फरक कुरा हुन - लुगा खोलेर अर्धनग्न प्रस्तुतिकरण दिने कलाकार भन्दा पुरै लुगा लगाउने कलाकार चरित्रहिन हुन सक्दैनन भन्ने के ग्यारेण्टी छ ?

यसो गरौँ बरु, बोल कबोल मार्फत राष्ट्रीय स्तरको कुनै डन लाई लोक गीत संगीतको विकृती नियन्त्रण गर्न ठेक्का दिम केन्द्रमा! जिल्ला र अन्चलको लागी टोले गुण्डा हरुलाई खटाम ! विकृत गीत लेख्ने,गाउने र अंग प्रदर्शसन गर्ने हरुलाई उसैले धम्क्याओस या ठोकपिट गरेर त्यस्ता गीत रोकोस ! र संस्था लाई रोयल्टी बापत ठेक्कामा कबोल गरेको रकम बुझाओस ! के विग्रन्छ र जसरी गरेपनि नियम विपरीत नै हो क्यारे !पिस्सीने भनेको गरिखाने कलाकार हरु नै हो जसरीपनि भनेर कसैले चर्चा चलायो भने त्यस कुरा लाइ समेत अन्यथा नमाने हुने भयो ।

शेर बहादुर देउवा ले चुनाव गर्न सकीएन माओवादी द्वन्द बढ्यो भनेर सरकारको चावी ज्ञानेन्द्र लाई बुझाए जस्तै बद्री पंगेनी ले विकृती नियन्त्रण गर्न सकीएन विकृत कलाकार हरुलाई मेला महोत्सवमा जान बाट रोक्नु पर्ने भयो गृह मन्त्री ज्यु भनेर प्रसासन गुहार्नुभएछ - परिणाम के निस्कन्छ अनुमान गरौं ..! अव कुनै कलाकार सिडीयो को सिफारीस पत्र बोकेर मात्र मेला महोत्सवमा जानलाई पालो पर्खने ? मन्त्रिले सचिव लाइ सचिवले सिडियोलाइ तोक लगाईदेलान र सिडियो ले कुनै सुब्बा लाइ निगरानी राख्नु भन्देला ! तर यहि परिपत्र मा टेकेर प्रसाशनले हाम्लाई नसोधी कलाकार नबोलाउनु भनेर उर्दी जारि गर्दियो भने अथवा फलानो फलानो कलाकार लाइ मात्र बोलाउनु भनेर आयोजक लाइ लिष्ट थमाईदियो भने के हुन्छ ? अनि कलाकार हरु सुब्बा सापको अफिसमामा कोशेली बोकेर जाने ? मलाइ सिफारिस गर्दिनु पर्यो भनेर प्रशासन संग गुहार माग्ने ? कि कसो हो ?

कमजोरी औंल्याईदिने आलोचक हरु सुभचिन्तक हुन ..मित्र हुन ..! अशल मित्रले मात्र गलत लाई गलत र सही लाई सही भन्दिन्छ । गलत लाई पनि सही हो भनेर समर्थन गर्दिने दुष्मन हो ।उसले गलतलाई सही भनेर झन गलत बाटो देखाईरहेको हुन्छ ।गलत हो भन्ने बुझेर पनि नबोल्ने पापी मुक दर्शक लाई र गलत लाई पनि सही हो भनेर ताली बजाउने चाप्लुसे हरुलाई आफन्त ठान्ने तर जे हो त्यै बोल्ने लाई पराया ठान्ने हाम्रो परम्परा नै भैसकेछ । सायद राजनिती बाट सरेको रोग हुनु पर्छ यो ।

ठिक भएन की ? भनेर प्रश्न उठाउदा अथवा यो कुरा गलत देखीयो है मेरो नजर बाट हेर्दा भनेर भन्दैमा सत्रु भईन्छ भने बरु मुक दर्शक हुन परो आज बाट !!-
~धन्यबाद !




भिडियो हेर्न यहा क्लिक गर्नुहोस

कोई टिप्पणी नहीं