अपडेट

दोहा कतारमा नेपालि दशनामी समुदायको भेला सम्पन्न

थम गिरी,
दोहा कतार:

नेपालका बिभिन्न भागहरुबाट रोजगारी तथा ब्यबसायको शिलसिलामा कतारको बिभिन्न ठाउमा रहनुभएका दशनामी सप्रदायका (गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य, तिर्थ) समस्त बन्धु बान्धवहरुको बिचमा आपसी भाइचारा, सहयोग आदान प्रदान र आफ्नो पहिचान र इतिहास संरक्षण को लागि नेपालि दशनामी समाज दोहा कतारको स्थापना गर्ने उद्देश्यका साथ यस सम्प्रदायका उपलब्ध अग्रजहरुको भेला दोहा शहरको हिलालमा अवस्थित अलमिरा हाइपर मार्केटको फुड कोर्टमा सम्पन्न भएको छ । भेलाले श्री थम गिरी (म्याग्दी) संयोजक रहेको ९ सदस्यीय प्रथम साधारणसभा आयोजक समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा श्री रामजी गिरी (कास्की), श्री राम गिरी ( नवलपरासी), सुश्री पूर्णिका गिरी (सुनसरी), श्री पदम गिरी (नवलपरासी), श्री अरुण गिरी (मोरङ), श्री भिमलाल पुरी (नवलपरासी), श्री ज्ञानराज पुरी (नवलपरासी), श्री प्रकाश गिरी (तनहु) रहनु भएको छ भने बाकि सदस्यहरु पछी थप गरिने बताइएको छ ।

उक्त भेलाले नेपालि दशनामी समाज दोहा कतारको प्रथम साधारण सभा यहि २४ नोभेम्बर २०१७ शुक्रबारका का दिन दोहामा सम्पन्न गर्ने निर्णय गर्दै उक्त सभा सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि सचिवालय र बिभिन्न उपसमितिहरु समेत गठन गरेको छ । साधारणसभा आयोजक समितिका संयोजक समेत रहनुभएका श्री थम गिरीको संयोजकत्वमा श्री रामजी गिरी, श्री पदम गिरी, श्री अरुण गिरी र श्री भिमलाल पुरी रहनुभएको सचिवालय गठन गरिएको छ भने उपसमितिका संयोजकहरुमा क्रमस, ब्यबस्थापन समिति संयोजक श्री रामजी गिरी, बिधान मस्यौदा तथा संघ सस्था समन्वय उपसमिति संयोजक श्री पदम गिरी, आर्थिक उपसमिति संयोजक श्री भिमलाल पुरी, अतिथि सत्कार तथा स्वयम सेवक परिचालन उपसमिति संयोजक श्री राम गिरी, महिला संयोजक सुश्री पूर्णिका गिरी, प्रचार संयोजक श्री ज्ञानराज पुरी रहनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै नवगठित साधारणसभा आयोजक समितिका संयोजक श्री थम गिरीले दशनामी समाज दोहा कतारको स्थापना कुनै जात जाति, धर्म सम्प्रदाय वा कसैका बिरुद्धमा नभै दशनामी सम्प्रदायको बिचमा आपसी भाइचारा, सहयोग आदान प्रदान र आफ्नो सम्प्रदायको सास्कृतिक तथा मौलिक परम्पराको सरक्षण र प्रचार प्रसारको लागि गठन गर्न लागिएको बताउनुभयो । यसै गरि भेलामा मन्तब्य व्यक्त गर्नुहुने अन्य सहभागीहरुले पनि दशनामी सम्प्रदायको आफ्नो अलग्गै जातीय र सास्कृतिक परिचय तथा पहिचान हुदा हुदै पनि कतिपयले जानेर अनि कतिपयले अन्जानमै यो सम्प्रदायलाई कहिले ब्राम्हण सम्प्रदाय संग त कहिले खस क्षेत्री सम्प्रदाय संग तुलना गर्ने मात्र होइन क्षेत्री ब्राम्हणकै एक हिस्साको रुपमा बुझ्न र बुझाइन खोज्नु भनेको विश्वका कतिपय देश र स्वयं भारतकै कतिपय नागरिकहरुले पनि नेपाललाइ भारतकै एक प्रान्तको रुपमा बुझेको जस्तै हुन गएको भनि चिन्ता व्यक्त गर्नु भएको थियो । जसरि खुला सिमानाका कारण भारत र नेपाल दुइ अलग मुलुक हुदाहुदै पनि एकै जस्तो देखिन्छन, त्यस्तै गरि बर्ण र स्वरूप एकै खालको देखिनाले दशनामी, ब्राम्हण र खस क्षेत्रीहरु एकै खालका देखिएका भए पनि उनीहरुको आ आफ्नै अलग्गै पहिचान, सस्कृति, परम्परा र मौलिकता रहेको कुरा भुल्न नहुने कुरामा सहभागीहरुले जोड दिएका थिए।

कोई टिप्पणी नहीं