अपडेट

दशनामी सेवा समाज कतारको प्रथम साधारणसभा सम्पन्न



कतार मध्यपूर्वको एउटा देश, एकल जातीय र एकल धार्मिक पहिचान बोकेको देश, तर आप्रबाशी हरुको बाहुल्यता रहेको कारण बिबिध धार्मिक र सांस्कृतिक उपस्थिति भएको देश हो । संसारका कुना कुना बाट रोजगारीको अवशरको खोजीमा कतार प्रवेश गर्ने मान्छे हरुको संख्या बढ्दो क्रम मै छ । रोजगारीको सिलसिलामा कतार आइपुगेका नेपाली हरु दोश्रो ठुलो जनसंख्याको हैसियतमा छन् कतारमा । झन्डै पांच लाखको संख्यामा नेपाली आप्रबाशी हरु रहेको अनुमान गरिएपनि यकिन तथ्यांक अहिले सम्म सार्वजानिक भएको छैन तर अहिले सम्म दशौँ लाख नेपाली हरुले कतारमा रोजगारी गरिसकेका छन् । नेपाली हरुको प्रवेश संगै नेपाल बाट नेपाली कला, संस्कृति र नेपाली पहिचानले पनि कतारमा स्थान खोज्दै र आफ्नो स्थान बनाउदै आइरहेका छन् । क्षेत्रियताका आधारमा बनेका संस्था हरु र जातीयताका आधारमा गठित संस्था हरुले आफ्नो क्षेत्रका जनता र आफ्नो जात या आफ्नो पहिचानका जनता हरुलाई समेट्ने लक्षका साथ् संस्था हरु चलाइरहेका छन् र ति संस्था हरुमा नेपाली हरु स्वस्फुर्त रुपमा एकतावद्द पनि भईरहेका छन् । त्यसरी गठन भएका संस्था हरुले नेपाली नेपाली बिचमा मनग्य भाईचारा मात्र स्थापीत गरेका छैनन्, समाज सेवाको लागि पनि संस्था हरु उत्तिकै सक्रिय रुपमा लागि परेको देख्न सकिन्छ ।

हालांकी आप्रवाशी नागरिक हरुले खोलेका संस्था हरुलाइ यो देशको कानुनले सम्बोधन गर्छ या गर्दैन अथवा त्यसरी खुलेका संस्था हरु कति कानुन सम्मत छन् ति बहसका बिषय होलान तर जहाँ नेपाली त्याहा नेपाली संघ सस्था यो चाहि अपरिहार्य कुरा नै हो । नेपाली हरु एकतामा बिश्वाश गर्छन र सुख या दुख उनीहरु एकता पुर्वक बाड्न हरदम तयार रहन्छन भन्ने कुरा बुझ्न नेपाली हरुका जिल्ला स्तरीय संगठन हरु हेरे पुग्छ आफ्नो जिल्लाको कोहि नेपाली परदेशी भूमिमा अलपत्र परेको देख्ने सुन्ने बित्तिकै त्यस्ता संस्था हरु अलपत्र परेका हरुको उद्दारमा लागिपरेको देख्न पाइन्छ । धेरै अलपत्र परेका नेपाली हरु जिल्ला स्तरीय संघ संस्था हरुको पहल र आर्थिक सहयोगमा स्वदेश फर्किएका समाचार हरु पनि हामीले पढ्दै आइरहेका छौं ।

त्यसरी नै जातीय पहिचानका आधारमा पनि संस्था हरु खुलिरहेका छन् र लगभग हरेक जात जातिका आ आफ्नै संस्था हरु अस्तित्वमा रहेका छन । क्षेत्रि समाज, तमु समाज, मगर समाज, बिश्वकर्मा समाज, साथै मधेशी लगायत अन्य धेरै जातजातिका समाज हरु कतारको दोहामा समाज सेवाको लागि तम्तयार अवस्थामा रहेको देख्न पाइन्छ । फरक फरक जात जातिका संस्था भएपनि ति समाज हरुको आपसमा अत्यन्तै सौहार्द पूर्ण सम्बन्ध रहेको र एउटा जातिको समाजले अर्को जातिको समाजलाई मान सम्मान र सहयोग साथै समान अस्तित्वको रुपमा स्वीकार गरेको समेत देखिन्छ ।

त्यसरीनै जात या थर हरुको समाज खुल्ने क्रममा पछिलो पटक “दशनामी सेवा समाज कतार” गठन भएको छ । दशनामी समाज नेपालको शाखाको रुपमा संसार भर शाखा बिस्तार गर्ने क्रममा कतारमा पनि सो समाज स्थापित भएको हो । गिरि, पुरी, भारती लगायत दश वटा थर रहेको बेग्लै जातको रुपमा पहिचान भएको दशनामी हरुको यो एकता कतार सम्म आइपुग्दा अत्यन्तै विद्वत र बिबेकशील भएको देख्न महसुस गर्न पाईयो । नेपाल बाट आउनुभएका विशेष अतिथी राष्ट्रिय दशनामी समाज नेपालका केन्द्रिय सदस्य तथा युवा समोजक खगेन्द्र गिरी साथै प्रमुख अतिथी नेपाल दशनामी समाजका प्रमुख सल्लाहकार रबिन्द्र प्रसाद गिरीको बिशेष आतिथ्यमा सम्पन्न भएको संस्था गठनको प्रक्रिया र कार्यक्रमको संचालन हेर्दा दशनामी हरुको एकता अभुतपुर्व देखिन पुगेको थियो ।

कतारमा गठित दसनामी समाजको कार्यक्रमको सभापतित्व तदर्थ समितिका सम्योजक थाम गिरिले गर्नु भएको थियो भने कार्यक्रम संचालन पदम गिरिले गर्नुभएको थियो त्यस्तै माया गिरीको स्वागत मन्तब्य बाट अगाडी बढेको कार्यक्रममा अजय गिरीले बिशेष स्वागत गीत गाउनुभएको थियो ।

राम्जी गिरीले सस्थाको संक्षिप्त्त परिचय दिएपछि अगाडी बढेको कार्यक्रममा शुभकामना मन्तब्यमा जिल्ला सस्था हरुको तर्फबाट स्याङ्जा सहयोग समाजका अध्यक्ष धनन्जय लम्साल, अर्घाखाँची सेवा समाजका अध्यक्ष थाकुर परियार अनि बैचारिक र राजनैतिक सस्थाको तर्फबाट नया शक्ति नेपाल कतारको तर्फबाट तानबिर आलाम, संघीय समाजबादी फोरम कतारको तर्फबाट शेर धन राई, जनसम्पर्क समितिको तर्फबाट मोहमद अजिज, नेपाली प्रबासी मन्च कतारको तर्फबाट चानक पोख्रेल, जातिय सस्थाको तर्फबाट क्षेत्री समाजका अध्यक्ष खेगेन्द्र कार्की, समाजसेबि हरुको तर्फबाट के बि हमाल, करिम बकस मिया, हंसराज ढकाल, रामहरि गैरे, समीर के सि, एनआरएन आइ सि सि को तर्फबाट आइसिसि सदस्य बिमल सुवेदी, पुर्ब आइसिसि उपाध्यक्ष सागर नेपाल, निबर्तमान आइसिसि सल्लाहकार टि.बि. कार्की लगायतले मन्तब्य राख्नुभएको थियो । 


जनसम्पर्क समितिको तर्फबाट मोहमद अजिजले मन्तब्य राख्ने क्रममा दसनामी समाजको कार्यक्रममा अधिकांश सहभागी साथि हरु एमाले समर्थित देखिनुभएको कारण कतै जातीय संस्थाको रुपमा एमाले समर्थित संस्था बनाउदै पो हुनुहुन्छ कि भन्ने आरोप लगाउन पुग्नुभएको । त्यसपछि आरोपको खण्डन गर्ने क्रममा केहि बिबादित र राजनैतिक विषयवस्तु हरुले प्रवेश पाएका थिए । विवाद चर्कने अवस्था नआउदै कार्यक्रम संचालक पदम गिरीले दशनामी समाज बिशुद्द समाजसेवा र जातीय पहिचानको लागि खुल्न लागेको संस्था हो र यो संस्थामा कुनै पनि राजनैतिक दलको सक्रिय सहभागिता मान्य हुने छैन तर यस समाजमा आवद्द कुनै पनि सदस्यलाई राजनैतिक आस्था राख्न बन्देज गरिने छैन भन्दै स्पष्टिकरण दिएका थिए ।

संस्था लाइ नियम संगत गठन प्रक्रियामा लैजानको लागि निर्बाचन मण्डल बनाइएको थियो जसका अध्यक्ष बिमल सुवेदी हुनुहुन्थ्यो भने सदस्यहरु वसन्त राज पुरी, इस्वर काफ्ले, हंस राज ढकाल रहनुभएको थियो । तर निर्वाचन गर्नु परेको थिएन । कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।

सर्बसम्मत २५ निर्बाचित कार्य समिति :

अध्यक्ष थम गिरी, बरिस्ठ उपाध्यक्ष पदम गिरी, उपाध्यक्ष रमेश भरती, महिला उपाध्यक्ष माया गिरी, महासचिव अजय गिरी, जनसम्पर्क सचिब प्रकास गिरी, सचिबालय सचिब डिला गिरी, कोषाध्यक्ष भिमलाल पुरी रहनुभएको छ भने सदस्यहरुमा रबिना भारती ,पुर्निका गिरी, बिष्णु गिरी ,ज्ञानराज पुरी, भोजराज गिरी, कृष्ण गिरी, अमृत राज पुरी, नबराज गिरी, नारायण भारती लगायत रहनुभएको छ त्यस्तै प्रदेश सद्स्यहरुमा- प्रदेस एकमा अरुण गिरी, प्रदेश तिनमा मोहन गिरी, प्रदेश चारमा महेन्द्र गिरी, प्रदेश पांचमा वसन्त गिरी रहनुभएको छ भने प्रदेश दुइ, छ र सातमा पछि पदपुर्ती गरिने गरि संस्थालाइ पूर्णता दिईएको छ ।

त्यस्तै उक्त कार्यक्रममा सास्कृतिक प्रस्तुति गर्ने कलाकार हरुलाइ प्रसंसापत्र पत्र प्रदान गरिएको थियो भने संस्था लाइ आर्थिक सहयोग गर्ने समाजसेवी हरुलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।

नब निर्बाचित समिती लाई दशनामीको ब्याज र प्रामाण पत्र दिएर प्रमुख अतिथिले सफथ खुवाएका थिए।

कार्यक्रममा प्रमुख संरक्षक राम्जी गिरी र प्रमुख सल्लाहकार बसन्तराज पुरी लाई सम्मान पत्र र ब्याज लगाएर प्रमाणपत्र प्रदान गरिएको थियो।





कोई टिप्पणी नहीं