अपडेट

बाम गठबन्धनले कब्जा गर्यो लोक दोहोरि गीत प्रतिष्ठानको कार्यालयको साइनबोर्ड

कास्कीको नदिपुरमा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्जलको कार्यालयमा वामगठबन्धनको झण्डा भएको तस्विर सार्वजनिक भएको छ ।



प्रतिष्ठानका पुर्व अध्यक्ष प्रजापति पराजुलीको घरमा रहेको प्रतिष्ठानको बोर्डलाई वामगठबन्धनको झण्डाले छोपिएको अवस्थाको तस्विर बाहिर आएपछि आलोचना शुरु भएको छ । सामाजिक सञ्जालमा पोष्ट भएका तस्विरमा प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिईरहेका छन् ।
कलाकार ले राजनीति गर्न हुने कि नहुने भन्ने बहस चलिरहेका बेला यो घटनाले लोक तथा दोहोरि गीत प्रतिष्ठान भित्र चरम रुपमा दलगत राजनीति मौलाएको छ भन्ने कुरा प्रष्ट भएर्को छ ! स्थापना कालका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ बाहेक त्यसपछि का सबै अध्यक्ष हरु कुनै न कुनै दलका सक्रिय कार्यकर्ता हरु नै चुनिदै आइरहेका छन् !
प्रजापती पराजुली एमाले को स्थानीय नेता हुनुहुन्छ भने दुइ कार्यकाल सम्म अध्यक्ष हुनुभएका दुर्गा रायमाझी नेपाली कांग्रेस मा नेतृत्व तह मै आवद्द हुनुहुन्छ ! त्यसपछि का अध्यक्ष पुरुषोत्तम न्यौपाने नेकपा एमाले मा सक्रिय हुनुहुन्छ भने न्यौपाने पछी संस्थाका अध्यक्ष हुनुभएका चन्द्र शर्मा कांग्रेस निकट मानिनुहुन्छ ! चन्द्र शर्मा पछाडी नेतृत्वमा पुग्नुभएका बद्रि पंगेनीको राजनैतिक आस्थाको बारेमा त यहा उल्येख गरिरहन नपर्ला !
पुर्व अध्यक्ष प्रजापति पराजुलीको घरमा बाम गठवन्धन को अफिस पनि रहेको र चुनावी माहोल को बेलामा भूलवस संस्था को बोर्ड छोपिन पुगेको हुन सक्ने अड्कल गरिएपनि एउटा संस्थाको प्रतिष्ठा माथीनै आँच आउने गरि राजनैतिक दलको झण्डा ओढाईन्जेल आफ्नै घरमा प्रजापति पराजुली के हेरेर बसेका थिए भन्ने मूल प्रश्न हुन जान्छ !  जानेर या भूलवस भएको गल्तीलाई तुरुन्त सच्याउन आवश्यक छ ।
स्रोतका अनुसार तल्लो तलामा वामगठबन्धनको सम्पर्क कार्यालय भएको र कार्यकर्ताले भूलबस गरेको हुन सक्ने बताईएको छ । तर खबर पाउनासाथ आफूले तुरुन्त हटाउन गण्डकी अञ्चल कार्य समितिका जिम्मेवार व्यक्तिलाई आग्रह गरिसकेको केन्द्रिय अध्यक्ष बद्रि पंगेनीले बताए ।
सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेका गण्डकी अञ्चलका पुर्व महासचिब समेत रहेका प्रतिष्ठानका केन्द्रिय सदस्य घनश्याम रिजालले कहिले देखि झण्डा ओडाईएको बारे थाहा नभएपनि आज कार्यलय पुग्ने क्रममा यो दुरावस्था देखेको बताए ।

प्रतिष्ठानका गण्डकी अञ्चल अध्यक्ष शंकर विरही गुरुङलाई यो घटनाबारे बुझ्न खोज्दा मोबाईल अफ भएको कारणले सम्पर्क हुन सकेन् । जे होस्, कलाकारले दल विशेषको भाषण गर्दै हिड्दा केहि फरक नपरेपनि अथवा त्यसमा कसैलाई आपत्ति नभए पनि  सम्पूर्ण कलाकार हरुको साझा संगठन भने गैह्र राजनैतिक हुनु पर्ने कुरामा सामाजीक संजाल प्रयोग कर्ता हरु एकमत भएको पाईयो ! 

कोई टिप्पणी नहीं