अपडेट

दशनामी सेवा समाज दोहा कतारको प्रथम साधारण सभाको सम्पन्न हुदै

दशनामी सेवा समाज दोहा कतारको प्रथम साधारण सभाको सम्पन्न हुदै
दोहा कतार, 


संघिय गणतन्त्र नेपालका बिभिन्न भागबाट आइ भिन्न भिन्न पेशा र व्यवसायमा संलग्न रहने क्रममा कतारका विभिन्न स्थानमा छरिएर रहनु भएका सम्पूर्ण दशनामी दाजुभाई दिदि बहिनीहरुलाइ एकताबद्ध गराउदै सम्पूर्ण सामाजिक संघ सस्थाहरु संग समन्वय र सहकार्यका साथ सुमधुर सम्बन्ध स्थापित गरि एक-आपसमा आपसी भाइचारा र सहयोग आदान प्रदान गर्ने उदेश्यले दशनामी सेवा समाज दोहा कतार स्थापना गर्दै समाजसेवा र मानव सेवाको मार्गमा थप एउटा इट्टा थप्ने शुभ कार्यमा पहल गर्न दशनामी सेवा समाज कतारको प्रथम साधारण सभा यहि नोभेम्बर २४ तारिकका दिन कतारको दोहा शहरदेखि केहि किलोमिटर दुरीमा अवस्थित औधोगिक क्षेत्रको स्ट्रिट २७ स्थित रोटाना रेस्टुरेन्टमा सम्पन्न हुन गैरहेको जानकारी जमर्कोलाइ प्राप्त भएको छ ।

कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको र उक्त कार्यक्रमको लागि प्रमुख अतिथि एवं बिशेष अतिथिको रुपमा क्रमश: दशनामी समाज नेपालका पुर्ब केन्द्रीय अध्यक्ष एवं बर्तमान प्रमुख सल्लाहकार श्री रबिन्द्र गिरी तथा दशनामी समाज नेपालका केन्द्रीय सदस्य एवं युवा इन्चार्ज श्री खगेन्द्र गिरी आउने सम्पूर्ण तयारि पुरा भएको कुरा दशनामी सेवा समाज कतारका प्रमुख अभियन्ता मध्यका एक ब्यबसायी एवं युवा समाजसेवी श्री रामजी गिरीले बताउनु भयो ।

हामी संगको संगको संक्षिप्त कुराकानिको क्रममा कलाकार समेत रहनु भएका युवा समाजसेवी एवं दशनामी सेवा समाजका अभियन्ता श्री पदम गिरीले कार्यक्रमलाई अझै आकर्षक र मनोरन्जनात्मक समेत बनाउने सोचका साथ दोहा कतारमा स्थापित बिभिन्न सास्कृतिक समुहका कलाकारहरुको प्रस्तुतिहरु समेत समावेश गरिएको जानकारी गराउनुभयो।

यस्तै गरि साधारण सभा आयोजक समितिका संयोजक श्री थम गिरीले साधारण सभामा सहभागी भई आ-आफ्नो सुझाब सल्लाह र शुभकामना व्यक्त गरिदिनुहुन दोहा कतारमा स्थापित सम्पूर्ण सामाजिक, बैचारिक, जातीय लगायत सम्पूर्ण संघ सस्थाहरु, उधोगी, ब्यबसायी, पत्रकार, समाजसेवीहरुलाई औपचारिक पत्र बनाइ पठाइसकिएको र यदि कुनै कारणबश पत्र पुग्न ढिलो भएको भए यसै समाचारलाई आधिकारिक निमत्रणाको रुपमा स्विकार गरि साधारण सभामा उपस्थित भैदिनुहुन अनुरोध गर्नु भएको छ ।

कोई टिप्पणी नहीं