अपडेट

भूलवश ढाकियो प्रतिष्ठानको बोर्ड -बाम गठबन्धनले माग्यो माफी

केहि दिन अगाडी राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालको गण्डकी अंचल कार्यालय र कास्की जिल्ला शाखा कार्यालय को साईन बोर्ड बाम गठबन्धनको चुनावी झण्डा हरुले छोपिएको बिषयमा तश्विर र समाचार हरु प्रकाशीत भएका थिए । 

प्रतिष्ठानको कार्यालय र बाम गठबन्धन्को चुनाव प्रचार कार्यालय संयोगवस यौटै घरमा रहनु र ब्यानरको प्रयोग हुँदा राजनैतिक कार्यकर्ता हरुको असावधानी को कारण प्रतिष्ठानको बोर्ड ढाकिन पुगेको थियो । त्यसरी साइनबोर्ड ढाकिए पछी कलाकार हरु र सर्वसाधारणले सामाजिक संजालमा आलोचना गरेका थिए ।प्रतिष्ठानको पनि गम्भीर ध्यानाकर्षण भएको कुरा अध्यक्ष बद्रि पंगेनीले बताउनुभएको थियो । 

त्यसै क्रममा के कति कारण ले प्रतिष्ठानको बोर्ड ढाकिएको हो भनेर प्रतिष्ठानको केन्द्रीय अध्यक्ष बद्रि पंगेनी र गण्डकी अंचल कार्यसमिति अध्यक्ष शंकर बिरही गुरुङले समेत बाम गठबन्धन संग मौखिक रुपमा आफ्नो असन्तुष्टि जाहेर गर्नुभएको थियो । प्रतिष्ठानको असन्तुष्टि र प्रश्न अनि कलाकार र सर्वसाधारण जनताको आलोचनाको लिखित जवाफ दिदै बाम गठबन्धनले आफ्ना कार्यकर्ताको असावधानी स्वीकार गरेको छ । झण्डा नियतवश ढाकिएको नभई त्यसरी ढाकिनु गल्ति भएको स्वीकार गर्दै असावधानी पुर्वक बोर्ड ढाकिन पुगेको मा क्षमा समेत मागेको छ । 

हेरौं बाम गठबन्धनको बिज्ञप्ति:



प्रतिष्ठान को चासो 




कोई टिप्पणी नहीं