अपडेट

गेट वेल सुन दिपक दिपा -भुई र समय संग नजोडिएका को जग बलीयो हुँदैन


काठमाडौं– अभिनेत्री ऋचा शर्माले दीपकराज गिरी र दीपाश्री निरौलाले लेखेको फेसबुक स्टाटसको जवाफ दिएकी छिन्। ऋचाले फेसबुक स्टाटस लेख्दै जवाफ दिएकी हुन्।

उनले 'एकादेशमा फिल्म फेस्टिभल'मा ‘चलचित्रमा महिलाको भूमिका’ शीर्षकको अन्तरक्रियामा फिल्ममा महिलालाई थप्पड हानेको दृश्य आफूलाई पाच्य नलागेको बताएकी थिइन्।

सोही विषयलाई लिएर कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले ऋचाको मानसिक सन्तुलन ठीक नभएको आशयसहित लेखेका थिए, ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नुभएछ। प्रिय नायिकाज्यू, दर्शकलाई मूर्ख भन्नुभएकाले तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन्, गेट वेल सुन!’

फिल्ममा महिलामाथि दुर्व्यवहार गरिएका दृश्य आफूलाई मन नपरेको भन्दै फेसबुकमा उल्लेख गरेकी छिन्, ‘म कलाकार हुँ, दर्शक हुँ र सँगै एक महिला पनि हुँ। फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउन सकिनँ। मेलै त्यही भनेकी हुँ।’

उनले दर्शकलाई मूर्ख भन्ने अधिकार कसैलाई नभएको भन्दै आफू संलग्न बाहेकका फिल्मको आफू पनि दर्शक रहेको अवगत गराएकी छिन्। उनी भन्छिन्, ‘म पनि एक दर्शक हुँ र दर्शकका रुपमा विचार दिन पाउँछु। दर्शकले हामीलाई बनाएको हो। त्यसैले हामी दर्शकलाई भगवान् मान्छौं।’

निर्माताले फिल्ममा आफूलाई मन लागेको देखाउन पाउने तर त्यसमाथि आउने धारणालाई पनि पचाउन सक्नुपर्ने ऋचाले बताएकी छिन्। उनले भनेकी छिन्, ‘सर्जकहरु सिर्जनामा यति तल्लीन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन्। दर्शकहरु नै हुन्, जसले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन्। असल सर्जक तिनै हुन्, जसले दर्शकका तर्क (सकारात्मक/नकारात्मक दुवै)लाई पनि आत्मसात् गर्छन्।’
के भनेकी थिईन त ऋचा शर्माले ? हेरौं यो भिडियो 


उनले आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउनु आफ्नो अधिकार भएको बताउँदै सर्जक सधैं महान् नहुने उल्लेख गरेकी छिन्। भनेकी छिन्, ‘कहिलेकाहीँ आफूलाई सच्याउनु पनि पर्छ। सच्चिनु आफ्नो कद सानो बनाउनु होइन। भुइँ र समयसित नजोडिएको फिल्ममेकर जति नै अग्लो भए पनि, उसको जग बलियो हुँदैन।

कोई टिप्पणी नहीं