अपडेट

तुलसी सिवाकोटीको “म त् मान्छे सिधा साधा” बजारमा



तुलसी सिवाकोटीको स्वरमा पप आधुनिक गीत “म त् मान्छे सिधा साधा” बजारमा आएको छ । हाइलाइटस नेपालको युट्युब प्लेटफर्म बाट रिलिज भएको उक्त गीत सुर्य खत्रीले रचना गरेका हुन् भने धन बराइलीले संगीत भरेका हुन् । सिवाकोटीको यो गीत मा संगीत संयोजन निरज श्रेष्ठले गरेका छन् भने गीतको म्युजिक भिडियोमा नायीका अनु शाह र गायक सिवाकोटी स्वयंले अभिनय गरेका छन् ।

गीत पप आधुनिक टाईपको भएपनि अडियो लेवल कम्ति भएको कारण सिधै युट्युब बाट सुन्ने श्रोता हरुले आवाज कम्जोर भएको अनुभव गर्नेछन । शब्द र संगीतको हिसाव ले मध्यम रहेको सिवाकोटीको गीतको भिडियो मेकिंग राम्रो रहेको छ । अनु शाहको अपोजिट कुनै ब्यबसायीक मोडल लाइ अभिनय गराएको भए भिडियो अझै धेरै दर्शक हरुले मन पराउने सम्भावना रहन्थ्यो । अनुको मोडलिंग अनुभव र उनको अभिनय कन्फीडेन्टको अगाडी गायक कमजोर देखिएका छन् । गायकको अभिनय गर्ने रहरको कारण भिडियोले व्यवसायिकता गुमाएको छ । फेरी पनि निर्देशकले भिडियोमा रमाइलो रोमान्स देखाउने कोशिस गरेका छन् ।

उत्सव दाहालले क्यामरामा राम्रो मेहनत गरेका छन् ।युबराज वाइवाको निर्देशन अब्बल छ । कमजोर अभिनय लाइ पनि एडिटर निशान घिमिरेले ढाकछोप गर्ने भरमग्दुर प्रयाश गरेका छन् । भिडियो एडिटर कै भरमा हेर्न लायक भएको छ । चार मिनेट सात सेकेन्डको यो गीत हेर्ने दर्शकले प्रति दर्शक रेसियोमा डेढ मिनेट यो भिडियो हेरेर बन्द गर्नेछन । यो भिडियोको वाच मिनेट १:३० रहनेछ या नि क्लिक गरेको मान्छेले करिब करिब १ मिनेट ३० सेकेन्ड यो भिडियो हेर्नेछन तर भिडियोको अन्त्यमा गज्जबको ट्वीष्ट भएका कारण अन्त्य सम्मै भिडियो हेरेको दर्शकले दोहोर्याएर भिडियो हेर्ने सम्भावना भने निर्देशकले कायम राखेका छन । 

पहिलो हप्ता १ लाख अर्गानिक भ्यु यो भिडियोले पाउनेछ त्यो पनि हाइलाइटस नेपालको प्लेटफर्ममा भएर मात्र त्यति दर्शक पुग्नेछन । गायकले आफ्नो च्यानलमा यो गीत अपलोड गरेको भए ३० हजार लाइफ टाईम भ्युअर मा चित्त बुझाउन पर्ने गीतले अपलोडको पहिलो २४ घन्टामा तिस हजार दर्शक पाउनु ठुलो कुरा हो । गायक तुलसी सिवाकोटी को उत्तरोत्तर प्रगतिको सुभकामना ।

कोई टिप्पणी नहीं