अपडेट

लोक गायीका देविका केसी एनआरएन आइ सी सी को-अप्टेड सदस्यमा मनोनित


लोक गीत संगीत कि चर्चित अनुहार हुन देविका केसी, अहिले कतारमा ब्यबसाय गरेर गैर आवासीय नेपाली को हैसियतमा कतार मै बसोबास गर्दै आइरहेकी केसी एन आर एन कतार को आशन्न निर्वाचनमा महिला उपाध्यक्ष पदमा अत्याधिक मत का साथ् बिजयी भएकी थिईन । उनले आफ्ना प्रतिद्वन्दी लाइ झन्डै दोब्बर मतले हराउन सफल हुदा पनि बिभिन्न आन्तरिक परिस्थिति हरु सृजना गराई उनलाई जितेको पदको समेत सपथ खुवाईएको थिएन । देविका केसीको ठाउमा उनि संग पराजीत उमेद्वारले सपथ खाएर कार्यकाल सम्हालेका थिए ।

निकै चर्चामा रहेको यो बिषयमा कोहि कसैले कतै बाट बोल्ने हिम्मत गरेनन या त्यो समयमा चाहाना राखेनन् त्यो बेग्लै बिषय होला। केहि समय पछी निर्वाचन आयोगको तर्फ बाट देविका केसीले अन्तिम समयमा आएर आफ्नो उमेद्वारी फिर्ता लिएको र आफ्ना प्रतिद्वन्दी लाइ समर्थन गरेको एउटा पत्र सार्वजानिक भएको थियो ।

भित्र भित्रै निर्वाचनमा अत्याधिक मतका साथ् बिजयी भएकी महिला उमेदवारले सपथ नखाएको बिषयमा चर्चा भएपनि के कारणले उनले जितेको पद छोडेकी हुन् भन्ने कुरा बाहिर आएको थिएन । अहिले आएर उनले एनसीसी मा आफुले जितेको पदको सपथ ग्रहण नगर्नुको वास्तविकता बाहिर आएको छ । एन आर एन आइसीसी ले आफु लाइ कोअप्टेड सदस्यमा नियुक्त गरेको कुरा केसीले आफ्नो फेसबुक मा लेखेकी छन् ।

एन आर एन को चुनावी रमिता र देविका केसीले जितेको पदमा सपथ ग्रहण गर्न नपाउदा को समयको आलेख पढ्न
यो लिंकमा क्लिक गरेर अरु पढौं -

कोई टिप्पणी नहीं