अपडेट

मलाई त काठमाण्डौले धपाएको हो - एउटा यथार्थ परक लोक गीत

पदम गीरी : चर्चित गीतकार एबं लय एबं शब्द संकलक शिब सुबेदीको रचनामा “दुखमा साहारा नपाएकै हो,किन अझै भन्छेउ सानु देशै छोड्यो पापीले, मलाइ त काठमाण्डौले धपाएको हो” भन्ने गीत बजारमा आएको छ । बरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपाने को दमदार स्वरमा रेकर्ड भएको उक्त गीत सुन्दा जुन सुकै परिस्थितिमा रहेको मान्छे समेत आशु खसाल्न बाध्य हुन्छ ।


भिडियो पनि परिवार छाडेर बिदेशिन बाध्य भएका लाखौँ नेपाली युवा हरुको कहानी संग मिल्दो कथाबस्तुमा तयार पारिएको छ । साइ भिजन प्रालिको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियो चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गर्नु भएको छ भने कलाकार द्वय मुक्ति सुबेदी र सारिका केसीले अभिनय गरेका छन् । क्यामराम्यान् कारण चैसिरले खिचेको उक्त भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन् । भरपुर संगीत कम्पनि बाट बजार म आएको गीतले युट्युब मा दर्शकको मन जितेको छ ।

चर्चित गायक पुरुषोत्तम न्यौपाने संगको सहकार्य धेरै पुरानो भएपनि पछिलो केहि समय आफ्नो कार्य व्यस्तताको कारण केहि ग्याप भएको स्वीकार्दै गीतकार शिव सुबेदी भन्छन - कर्णालीमा चामल नपुग्दा काठमाडौले देख्दैन, सुदुरको समस्या कहिल्यै काठमान्डूलाइ महसुस भएन, गाउघरतिरका बाझा जमिन पनि काठमाण्डौले देखेन तर आफ्नो जमिनलाइ घडेरी नै घडेरी देख्यो काठमाण्डौले । आफ्नै छानोबाट देखिने धादिङ्गमा बालबच्चा तुइन चढेर स्कुल गएको पनि देखेन काठमाण्डौले, तर तिनै बालबच्चाको बाबालाई खाडीको बाटो देखायो काठमाण्डौले । आफ्नै आगनमा रोगले र भोकले मर्न आटेकालाइ त देख्दै देखेन, देख्यो त निजि अस्पतालको ब्यबसाय काठमाण्डौले । पढाइ सकेर कोरियन भाषाको लाइनमा बसेका युवालाई देखेन तर कोरियाको रेमिटेन्स भने देख्यो काठमाण्डौले ।

एबं रितले पहिला ठुला सपना देखाएर गाउ बाट युवा लाइ काठमाण्डौ बोलायो काठमाण्डौले तर गाउ रित्तिएको देखेन,आमाबाबाको काख खालि भएको देखेन र देखेन प्रियसिका रित्ता अंगाला हरु र अनुभव गर्न सकेन पाखा पखेरामा सुसेलिएका बिछोडका सुस्केरा हरु पनि ।

काठमाण्डौले आफ्नै वरिपरिका भएका म्यानपावर कम्पनि अनि विदेशको रेमिट्यान्स भने सधै देखिरह्यो । सुरुमा सहारा दिने बहानामा बोलायो अनि सहारा नदिएर धपायो काठमाण्डौले.... । हो मलाई जन्मभूमिको माटोबाट लखेट्ने काठमाण्डौ नै हो !

गीतको अझै धेरै सफलताको शुभकामना

कोई टिप्पणी नहीं