तनहुँ सेवा समाज द्वारा बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिदै

दोहा - कतारबासी तनहुएली हरुको साझा सस्था तनहुँ सेवा समाज दोहा कतार द्वारा अंग्रेजी वर्ष २०१८ को उपलक्ष्यमा शुभकामान आदान प्रदान तथा बृहद बनभोज कार्यक्रम का साथ् मा बिगतदेखि बर्षेनी गरिदै आएका अन्य कार्यक्रम हरुलाइ समेत निरन्तरता दिदै यहि आउदो जनवरी २६ शुक्रबारका दिन रमाइलो सास्कृतिक कार्यक्रमको आयोजना गरिएको जानकारी तनहुँ सेवा समाजका महासचिब पदम गिरीले गराउनुभयो ।
कार्यक्रम कतार उम्सलाल अलिमा अवस्थित अल दार क्लबको कम्पाउण्डमा राखिएको र करिब ७ सय भन्दा बधी तनहुँबासि तथा गैर तनहु वासी दाजुभाई दिदि बहिनि उपस्थिति हुने अपेक्षा गरिएको जानकारी पनि दिनु भयो ।
कार्यक्रमको मुख्य आकर्षकको रुपमा नेपालदेखि ख्यातिप्राप्त मोडेल तथा डान्सर एलिना देउजा र ख्यातिप्राप्त तथा चर्चीत लोक गायिका देविका के सी को प्रस्तुति साथै दोहामा स्थापित चर्चीत कलाकार हरुको उपस्थिति समेत रहने हुदा कार्यक्रम भब्य रुपमा सम्पन्न हुने कुरामा आफु हरु ढुक्क रहेको पनि गराउनु भयो ।
कार्यक्रम लाइ भब्य र सब्य रुपमा सफल बनाउन विभिन्न समिति र उपसमिति हरु बनाइ ब्यापक रुपमा तयारि गरिएको छ । यस बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम समाजका सल्लाहाकार श्री भरत बगाले को संयोजकत्वमा हुन गैरहेको छ भने कलाकार संयोजकको रुपमा समाजका आजिबन सदस्य तहत सास्कृतिक बिभाग संयोजक कृष्ण कुमार श्रेष्ठले तयारि गर्नुभएको छ ।
सहुलियत् पूर्ण शुल्क राखी आयोजना गरिएको बनभोज को प्रबेस शुल्क क रि ३५ मात्र निर्धारति गरिएको र दोहामा स्थापीत सम्पूर्ण सस्थाका प्रतिनिधिहरु र विभिन्न क्षेत्रका नेपाली समुदायका अगुवा हरुलाई समेत अतिथिको रुपमा आमान्त्रण गरिने जानकारी पनि दिनु भयो ।
यस कार्यक्रमको अवसर पारेर तनहुँ सेवा समाज दोहा कतारले बिगत देखि गर्दै आएको ”न्यानो कार्यक्रम“ अन्तर्गत बृदाआश्रमको सहयोगार्थ स्वरूप राखिएको भाग्यशाली चिट्ठा को नतिजा पनि प्रकाशन गरिने गरिने जानकारी दिनु भयो ।
नया वर्षको अवशर पारेर दोहामा गरिने कतिपय नेपाली समुदायहरुको कार्यक्रहरु एक आपसमा जुध्नेहुनाले केहि समय अगाडी देखि नै संघ सस्थाहरुको फेसबुक ग्रुप मार्फत जानकारी गराइसकिएको र यसै समाचार मार्फत पनि सम्पूर्ण संघ सस्था हरुलाई उक्त मितिमा कार्यक्रम नजुधाई सहयोग गरिदिन हुन पनि अनुरोध गर्नुभएको छ ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें