अपडेट

प्रतिष्ठानले फिर्ता गर्यो अश्लिलता प्रस्तुत गर्ने गायीकाको सदस्यता आवेदन


काठमाडौं । पछिल्लो समय यूट्यूबमा अश्लिल रुपमा अन्तरवार्ताहरु दिँदै आएका कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सदस्यता र विदेशका लागि राम्रो कलाकार हो भनी लिने सिफारिस समेत नदिने भएको छ ।

संचारमाध्यमको नाम दिएर समाजमा आँच आउने खालका अन्तरवार्ता लिने र अश्लिलता प्रस्तुत गरी अन्तरवार्ता दिने कलाकारहरुलाई कारवाहीको माग गर्दै बहिरष्कार गर्ने निर्णयसहित संगीत कला पत्रकार संघले विज्ञप्ति जारी गरेपछि गीतसंगीतको क्षेत्रमा लागेका संघसंस्थाहरुले ऐक्यबद्धता जनाउन थालेका हुन् ।

संघको निर्णयसँगै प्रतिष्ठानमा सिफारिस लिन र आजीवन सदस्यता लिन पुगेकी एक गायिकालाई सिफारिस र सदस्यता दुबै दिन नमिल्ने भन्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले फिर्ता पठाइदिएका थिए । पंगेनीका अनुसार उक्त गायिले आफूले गरेका क्रियाकलाप गलत भएको भन्दै आफूलाई सम्झाउने कोही नभएकाले आफु बाट यस्तो गल्ति भएको स्वीकार गर्दै अब सच्चिने र आइन्दा त्यस किसिमका अश्लिल अन्तर्वार्ता हरु नदिने समेत बताएकी छन् । कुनै पनि गायक गायीकाले प्रतिष्ठानको सदस्यता लिनका लागि गीत गाएर मात्र नहुने बताउँदै पंगेनीले अश्लिल हाउभाउ र बोलीले अन्तरवार्ता दिएर सस्तो लोकप्रियता कमाउन खोज्नेलाई प्रतिष्ठानभित्र ल्याउन नसकिने बताए ।

खास गरी प्रतिष्ठानको सदस्यता र सिफारीस लाई कलाकार भएको प्रमाणको रुपमा प्रयोग गर्ने गरिन्छ । कलाकारहरु विदेशमा आयोजना भएका कार्यक्रमहरुमा जाँदा प्रतिष्ठानको आजीवन सदस्यता साथै प्रतिष्ठानले दोहोरी कलाकार हो भनेर दिएको प्रमाणपत्रलाई दुताबासहरुले पनि अनौपचारीक रुपमा मान्यता दिंदै आईरहेका छन् । प्रतिष्ठानकै सदस्यता, सिफारीस, परिचय पत्रको आधारमा आफु लाइ “राष्ट्रिय कलाकारको” परिचय दिलाउन खोज्नेले सामाजिक मूल्य र मान्यता पनि बुझ्न जरुरी छ, अध्यक्ष पंगेनीले बताए । पंगेनीले योभन्दा अघि पनि अश्लिलता प्रस्तुत गरेको नाममा केही गायक गायिकालाई कारवाहीको प्रक्रियामा लैजानु पर्ने आवाज उठाउँदै आएका थिए । प्रतिष्ठानमा उनको आवाज एक्लै भएका कारण आफू यो विषयमा एक्लो भएको बताउँदै अबका दिनमा पनि यस्ता गतिविधि गर्नेहरुविरुद्ध सम्पूर्ण कलाकार, संघसंस्था एकजुट हुनुपर्ने बताए ।

निज कलाकार युट्युबमा निकै अश्लिल हर्कत गर्ने, अश्लिल अन्तर्वार्ता हरु दिने र सामाजीक मर्यादा भन्दा बाहीरका पोसाक हरु लगाउदै आएको कारण सदस्यता अस्वीकृत भएको हो ।लोक कलाकार हुनको लागी कलाकारमा निहीत हुनपर्ने न्युनतम गुण हरुको बारेमा कतै लिखीत रुपमा उल्येख नभएपनि असामाजीक लाग्ने, सामाजीक मान मर्यादा र अनुसासनको ख्याल नगर्ने, सार्वजानीक संचार माध्यम बाट भद्दा अन्तरवार्ता दिने साथै अनुसासनहीन वार्तालाप गर्ने हरुलाई प्रतिष्ठानको सदस्यता नदिईने र दिनै पर्ने खण्डमा उनिहरुले आगामी दिनमा गर्ने कलाकारीता र उनिहरुको आगामी समयको न्युनतम १ वर्षका कृयाकलाप हरु लाई निगरानी गरेर अनुसासीत कलाकारीता गरेको पाईएमा मात्र आजीवन सदस्यता र सिफारीस प्रदान गर्ने मनसाय प्रतिष्ठानले बनाएको छ । प्रतिष्ठानको अनुशासन समितिले सिफारिश गरेपछि मात्र आईन्दा आजीवन सदस्यता प्रदान गरिनेछ ।

प्रतिष्ठान मा आवद्द कलाकार हरुको कृयाकलाप मा पनि निगरानी गरिने र त्यस्तो अनुसासन हिन काम गरेको पाईएमा विधानको पछील्लो संसोधीत दफा बमोजीम केन्द्रीय कार्यसमीतीले कारवाही समेत गर्नेछ । संस्थाको मर्यादा मा आँच आउने कृयाकलाप गरेको खण्डमा सदस्यता खारेज गर्न सकीने प्रावधान नयाँ संसोधित विधानमा समेटीएको छ ।

यतिबेला यूट्यूब हेर्न नसक्नेगरी फोहारी बन्दै गएको हुँदा यसरी गीतसंगीत र संचारमाध्यमका नाममा अश्लिलता पस्कनेहरुलाई अब सम्पूर्ण संघसंस्था मिलेर नीति नियम बनाउनु पर्ने आजको आवश्यकता भएको छ, अध्यक्ष पंगेनीले भने – ‘राज्य चुप लाग्यो, राज्यले बनाएन भन्दा पनि अब हामी संघसंस्था मिलेर टीभीका नाममा यूट्यूबमा आउने अश्लिल भिडियोहरुलाई हटाउने पहल गर्नुपर्छ ।’

कोई टिप्पणी नहीं