अपडेट

लोक गायक नबिन पौडेल बाम गठबन्धनको लागी भोट माग्दै

नेपाली कांग्रेस लाइ गाली गर्न अर्का कलाकार थपिए 

चुनाव नजिकिदै जादा कलाकार हरु राजनैतिक रुपमा विभक्त भएको र आफ्ना आफ्ना पार्टीको समर्थनमा गीत गाउने, बिपक्षी नेताको चर्को आलोचना गर्ने र आफुले आश्था राखेको पार्टीको पक्ष पोषण गर्ने कुरामा होडबाजी गरिरहेको देख्न सकिन्छ ।

त्यहि मेसोमा “स्टेजको हिरो” भनेर चिनिने चर्चित लोक दोहोरि गायक नबिन पौडेल पनि बामपन्थी गठबन्धनको समर्थनमा स्टेजमा उत्रिएका छन् । उनि गीत गएर मात्र भोट मागीरहेका छैनन् पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल लाइ जिताउनको लागि नेपाल संगै घरदैलो कार्यक्रममा समेत सरिक भैरहेका छन् ।

एमाले का नेता हरुले कलाकारको लोकप्रियता लाइ ब्यापक रुपमा परिचालन गरिरहेको अहिलेको चुनाव मा बद्रि पंगेनी अत्यन्तै आक्रामक रुपमा प्रस्तुत हुनुभएको आलोचना भईरहदा नबिन पौडेलले स्टेज बाट गरेको कांग्रेस को बिरोध को पनि आलोचना हुनु स्वाभाविक नै हो ।

सामान्य रुपमा राजनैतिक आस्था राख्नु हरेक नेपालीको मौलिक अधिकार भए पनि “कलाकार” को रुपमा ख्याती प्राप्त व्यक्तिले एउटा पार्टीको गुणगान गाउन कै लागि अर्को पार्टी र बिपक्षी उमेद्वारको चर्को आलोचना गर्नु कति सम्म जायज हो भन्ने प्रश्न बारम्बार उठिरहेका छन् । कलाकार सबैका साझा हुन् भनिने भएकै कारण सर्वसाधारणको नजरमा कलाकारको सकृय राजनैतिक सहभागिता आलोचित हुदै गैरहेको छ । 


आखिर के का लागी  ?

 
किन चुनाव प्रचारमा यत्रो चर्को सहभागिता? भन्ने हाम्रो प्रश्न मा नबिन पौडेल भन्छन - मैले एमालेको समर्थन गरेर भोट माग्नुका कारण हरु यसप्रकार छन् : 


१. एउटा घरमा दुइजना दाजुभाइ झगडा गरे भने सामान्य कुरा हरु भांचिदा सम्म उनीहरुको आन्तरिक कलह हो भनेर वास्ता नगरेर बस्ने हो तर हातखुट्टा नै भाच्ने गरि झगडा गर्न लागे भने नजिकै भएको दाइ भाइ या अभिभावक अथवा शुभचिन्तकको नाताले पनि कुनै न कुनै एकजनाको पक्ष लिनै पर्छ र त्यो अवस्था मा जुन भाइ सहि मार्गमा छ उसको पक्ष लिनु पर्दछ। अहिलेको अवस्थामा मैले बाम गठबन्धन भित्र पनि माधव नेपाल देशको आवश्यकता हुन् भन्ने महसुस गरें र पुर्व प्रधान मन्त्रीको समर्थन मा चुनाव प्रचार गरें ।

२. देश नौ नौ महिनामा सरकार परिवर्तन हुने र बाँडेर खाने परम्पराको बिकाश हुदै गैरहेको अवस्था अनि देशमा राजनैतिक अस्थिरता बढ्दै गईरहेको कारण बिकास निर्माणका काम हरु नभएर देश र जनता सधै पछाडी परिरहेको हुनाले स्थिर सरकारले मात्र देश बिकाश सम्भव छ र त्यो स्थिर सरकार बाम गठबन्धनले मात्र दिन सक्छ भन्ने लागेर मैले पुर्व प्रधानमन्त्रि एबं एमालेका बरिष्ठतम नेता माधव ज्यु को समर्थन गरेको हुँ ।

३. जनताका पक्षमा एजेन्डा ल्याएर मैले अब देशलाइ कायापलट गर्छु, स्थिर सरकार बनाउछु भन्दा हामी जत्तिको जिम्मेवार नागरिकले साथ् दिने कि नदिने त्यो महत्वपुर्ण कुरा हुन आउछ । स्थिर सरकार बनोस र त्यो सरकारले कलाकार को हकमा महत्वपुर्ण निर्णय हरु गरोस कलाकार को बर्तमान र भविष्यको बारेमा सोचोस् अथवा त्यसरी सोच्न सक्ने र कलाकारको हित मा काम गर्ने सरकार बनोस भनेर नै मैले एमालेको चुनाव प्रचार गरेको हुँ ।

४. यो बेलामा हामी कलाकार हौँ भनेर चुप लागेर बस्नु उचित होइन त्यसैले अब देशलाइ बिकाशको मार्गमा डोर्याउछु,परिवर्तन को सुरुवात गर्छु, भ्रस्टाचार गर्दिन, देशलाइ अत्मनिर्भर गराउछु भन्ने स्वाभिमानी नेतृत्व आजको आवस्यकता हो त्यसैले पनि मैले एमालेको समर्थन गरेको हुँ ।

५. नेपाली काङ्ग्रेसको ईतिहास हामी सबैको आगाडी छर्लङ्ग छ । तीन तीन पटक सम्म बहुमतको या एकमना सरकार चलाउदा समेत आपसी किचलो र आन्तरिक द्वन्द कै कारण आफ्नै सरकार ढाल्ने फोहोरी राजनैतिक खेल खेल्न पुगे ।मैले बिगतमा राम्रा नेता हरुले चुनाव जित्नुपर्छ भन्ने मनसाय राखेर कांग्रेसका नेता रामसरण महत, अब्दुल रज्जाक,मोहन सिंह राठौर र बालकृष्ण खाँण जस्ता नेता हरुको कार्यक्रम हरुमा पनि गीत गाएकै हुँ । तर नेपाली कांग्रेस पार्टी बाट देश र जनताले निराशा बाहेक केहि पाएनन्, अस्थिरता को मूल जड नेपाली कांग्रेस नै हो भन्ने लाग्यो र एमालेको समर्थन मा गीत गएको हुँ, माधव नेपालको प्रचार गरेको हुँ ।




कोई टिप्पणी नहीं