अपडेट

माघको जाडो र सेक्सी स्वस्थानी सिजन


अहिलेको चिसो मौसम अनि हाम्रो परम्परा श्री स्वस्थानीको समयले सम्झाएको एउटा कुरा । स्वस्थानीको समय थियो हाम्रो तिर जागृत हरु हुन्थे । त्यहा सुरुमा भजन गायिन्थ्यो अनि बिस्तारै भजन घर हरुमा दोहोरि सुरु हुन्थ्यो र त्यो ठाउँ तन्नेरी तरुनि हरुको रोधी घरमा परिणत हुन्थ्यो । छेपन लाइन्थ्यो । माया बस्थ्यो या के के हुन्थ्यो हुन्थ्यो । एकदिन हाम्रा गाम का एकजना निलाम्बर दाइ भन्ने अलि हामी भन्दा ठुला दाइ लगायत हामी ५/६ जना एउटा स्वस्थानीमा गयौं । भजन सकियो रोधी सुरु भो । दाइ हरु गाउदै थिए हामी बसियो थपडी मारेर । गीत पनि गाइयो -निकै अबेर भएछ क्यारे ।

निलाम्बर (निले) बुडा दाइ को आडमा एउटी केटि साइँली मझेरी मै मस्त संग सुतिरहेकी थिई, निदाएकी हो या पल्टेकी मात्र हो नबुझिने गरि । ति निले दाइले त्यो निदाएकी साइँलीको जामा भित्र हात छिराएछन र चलाएछन ।

अध्यारो मझेरी, मस्त रोधीको रामाइलो, खैजडी मजुराको ताल...! बाहिर सिरेटो चलेको जाडो । कुहिरो उठेर सिम सिम पानि परेझै सित तप्किरहेको मौसम । घर भित्र मझेरीमा केहि घुप्प न्यानो । त्यो बेलामा रमाइलो दुवै जना लाइ भयो होला अथवा के हो बुझिएन ।

भोलिपल्ट स्कुल जादा त्यो केटि भेटिई, त्यसले बाटो मै - ए निलाम्बर दाइ तिमि कस्तो छुचा हौ - त्यस्तो जाडोमा मेरो जामा भित्र त्यस्ता चिसा हात हालेर तताउने ? – तिम्लाई चिसोले ठीहिर्याएर आत्तिएका हौला एकछिन तताउ न त भनेर हात राख्न दिएको त भित्र भित्रै काउकुती लगाइदिने ? कम्ता रिस त उठ्याथेन मलाइ...अब देखि हात तताएपानी काउकुती लगायौ भने त मैले तिम्रा पासुला ठुर्लुक्कै भाच्छु केरे ...भनेर रिसाई यार --हाहाहाहा अहिले त्यो स्वस्थानी समझदा नि..... मलाइ मुर्छा परुन्जेल हासो लाग्छ केरे—म त सम्झदै ठिस हुन्छु अचेल .... हाहाहा....!!

कोई टिप्पणी नहीं