अपडेट

डिप्रेसन,डिभोर्स र दुनिया

मान्छे किन डिप्रेस हुन्छ अथवा आफ्नो सामान्य दिमागी हालत बाट असामान्य अवस्था तिर कसरि जान्छ त्यो चिकित्सकीय विश्लेषण ले प्रष्ट पारेको होला । डिप्रेसनमा जानु पर्ने धेरै कारण हरु हामीले पत्र पत्रिका हरुमा पढिरहेका हुन्छौं । कोहि कोहि मान्छे बिना कारण नै डिप्रेसनमा गएको पनि पाईन्छ । कसैमा बंशानुगत गुण पनि रहेको होला । तर पनि बिना कारण कोहि डिप्रेशन बाट गुज्रन्छ भन्ने कुरा चिकित्सा बिज्ञान ले मान्दैन । कुनै न कुनै त्यस्तो कारक तत्व रहेको हुन्छ जसले मान्छेको सामान्य दिमागी हालत लाइ समाजले नदेख्ने गरि, सामान्य मान्छे र घर परिवारले समेत थाह नपाउने गरि अनि बिमारी आफैले समेत बुझ्न नसकिने गरि उसलाई डिप्रेसनको गम्भीर दलदलमा धकेली रहेको हुन्छ ।

डिप्रेसनमा भएको अवस्थामा अथवा त्यो रोग बाट गुज्रीरहेको अवस्थामा मान्छेको दिमागमा एउटा कुराले गम्भीर रुपमा डेरा जमाउछ । कसैको मनमा मृत्युको कुराले डेरा जमाउछ त्यो भने त्यो मान्छेले कसरि मृत्यु बरण गर्न सकिन्छ भनेर नया नया तरिका खोजिरहेको हुन्छ । मृत्युले डेरा जमाएको बिमारी लाइ “जा..जा मर न जा” भनेर डिप्रेशनले फकाई फकाई धकेली रहेको हुन्छ रे ! मृत्यु नै सास्वत सत्य र सुख हो जीवन को अन्तिम निचोड नै मृत्य हो भने मर्न किन ढिलो गर्ने? भन्ने कुरा लाइ सापेक्षित रुपमा ग्रहण गर्न पुगेको बिमारीको नजरमा मृत्यु मोक्ष हो त्यसैले समाज र घर परिवार लाइ उसले मर्न चाहेको कुराको भनक सम्म लाग्न नदिई आत्महत्या गर्दिन्छ । धेरै सेलिब्रेटी लगायत उच्च पदस्थ कर्मचारी हरुले समेत गरेका हाई प्रोफाईल आत्महत्या हरुमा डिप्रेशन नै कारण थियो भनेर चिकित्सक हरुले राय दिएको हामी हरुले पढ्दै आइ रहेका छौं ।

जसको दिमागमा मृत्युले डेरा जमायो उसले आत्महत्या गर्यो त्यस त्यस पछी त्यो च्याप्टर बन्द हुन्छ । तर जुन बिमारीको दिमागमा मृत्यु बाहेकका अन्य कुरा हरुले डेरा जमाए उनीहरु जीवित रहुन्जेल त्यसको सिकार भई रहन्छन ।प्रशव बेदनाको कारण सुत्केरी भएको लगत्तै धेरै महिला हरु डिप्रेशनको शिकार हुने गरेको तथ्य पनि हामीले पढ्दै आई रहेका छौं । त्यो समयमा लागेको रोगले महिला हरुमा बच्चा लाइ माया नगर्ने, लोग्ने संग मन मुटाव हुने अथवा त्यो घर प्रति नै वितृष्णा पैदा हुने सम्मका लक्षण हरु बिमारीमा देखिने गरेको डाक्टर हरु बताउछन ।

आफु भित्र रहेका कुनै कुनै खुबी हरु र कुनै कुनै कला हरु बाहिर संसार लाइ देखाउन चाहेको अवस्थामा त्यो रहरमा बाधा पुगेको कारण पनि कोहि डिप्रेशनमा किन नजाला र ? आजको प्रश्न यहि हो । कलाकार मनोज गजुरेल र मिना ढकाल को हाइ प्रोफाईल डिभोर्सको पछाडी पनि यस्तै सुसुप्त अवस्थामा लुकेर रहेको ‘डिप्रेशन” नै त कारण थिएन ? हुन सक्छ मिना ढकालको मनमा आफु लाइ रहर भएका र पुरा गर्न नसकेका काम हरु पुरा गर्न को लागी यो लोग्ने लाइ छोड्न पाए त म मेरा रहर हरु पुरा गर्न सक्थें, आफै एक्लै पनि मैले प्रगति गरेर देखाउन सक्थें भन्ने कुराले पो डेरा जमाएको थियो कि ? कसैले त्यता पट्टि बुझ्ने प्रयाश गर्यो ?

सरासर अवस्था बिचार गर्दा यो हाइ प्रोफाइल डिभोर्स भएको मामला मा यहि भएको हो - धेरै पुरानो -भर्खर छोराछोरी जन्मदा लोग्नेले वास्ता नगर्दा र आफुले केहि गर्न नसक्दा लागेको रोग अनि सुसुप्त अवस्थामा दिमागमा डेरा जमाएर बसेर अहिले बाहिर आएको र देखिएको हो कि ?- मिना ढकाल लाइ समय र उमेर बोध नभएको रोगको कारणले हो कि ? मिना लाइ आफ्नो उमेरको ख्याल नभएको कुरा मनोज गजुरेलले पनि बुझ्न नसक्नु मनोज पनि दिमागी हालतमा पूर्णतया स्वस्थ र सामान्य छन् भनेर मान्न नसकिने अर्को कारण हुन पनि सक्छ । उनीहरु दुवैको दिमागमा “अब त अत्ति भयो” छुट्टिएको बेश भन्ने तत्वले डेरा जमाएको कारण नै डिभोर्स भएको देखियो – त्यो अत्ति के कारण ले जन्मायो त ?

केवल रोगको कारण हुन्छ यस्तो - मान्छे हरु कुरा बुझ्दैनन् र डिभोर्स गर्छन । मेरो नजरमा मिना लाइ त साथ चाहिएको थियो उनले खोजे जस्तो गरेर –उनलाई गीत गाउन रहर हुँदा ‘ल बाबा गीत गाउ’ भनेर गाउन दिएको भए –उनले गाएको राम्रो छ भनेर तारिफ गरिदिएको भए, अथवा यो यो कमजोरी हरु छन् तिमीले यसलाई सुधार गर्नु पर्छ भनेर सिकाउदै लगेको भए, उनलाई “तैले केहि गर्न सक्दिनस” भन्ने कुरा सुगा रटाई गरेर दैनिक नसुनाईएको भए उनि निको हुन्थिन - एक दिन उनि आफैलाई मेरो गायन राम्रो छैन भन्ने बोध हुन्थ्यो पक्कै र गाउन छाड्ने थिईन तर यहा त उनलाई गिज्ज्याउने काम भयो- रोग नबुझेर गिज्याए मान्छे ले - लोग्ने ले नै गिज्यायो -उनले सहन सकिनन्- त्यो अवस्थामा उनको दिमागमा यदि ‘मृत्यु’ घुमी रहेको हुन्थ्यो भने उनले आत्महत्या गर्ने पक्का पक्कि थियो तर उनले अझै हिम्मत हारेकी थीइनन्, उनको दिमागमा स्वतन्त्रता ले डेरा जमाएको थियो र त्यति लागीन ।

कुरा बुझ्दैन परिवार ले, अगाडीको मान्छेको चाहना के हो ? कतै त्यहि त्यहि चाहाना रोग बनेर बसेको पो छ कि? यो कुरा बुझ्नु या बुझ्न सक्नु धेरै गाह्रो काम हो । जानेर बुझेर अथवा सामान्य दिमागी हालत मा बाईस बर्ष बिताएको जिन्दगि लाइ फेरी सुरुवातमा झार्नु चानेचुने निर्णय होइन । जिन्दगि कुनै साँप सिंढीको खेल पनि होइन एकै पटक तल माथि हुने । उमेर अनुसारको जिद्दी पना हुन्छ मान्छेमा । नसुहाउदो जिद्दी देखाउन थाल्यो भने मान्छे असामान्य हुदै गएको बुझ्नु पर्दछ । हरेक मान्छेले यो त गर्न सक्छु होला भन्ने सोचेको हुन्छ त्यो बेलामा ह्या तैले सक्दैनस भन्दिने हो भने त्यो मान्छे निराश हुन्छ - उसलाई ट्राई गर्न दिएर उ आफै लाइ नसक्ने रहेछु भन्ने बोध हुन दिनु पर्छ कन्ट्रोल गर्नु पनि पर्छ तर त्यो नियन्त्रण ले गर्दा रोग नै त लाग्दैन भन्ने तर्फ हरेक आफन्त सचेत भने हुनु पर्छ ।

निलम ढुंगाना


कोई टिप्पणी नहीं