अपडेट

प्रतिष्ठान कतार शाखाको प्रथम अधिवेशन मार्च १६ मा हुने



२५ फरवरी, दोहा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजी मार्च १५ मा कतार आउने भएका छन् । प्रतिष्ठानको बिदेश विभाग प्रमुख समेत रहेका बिजी प्रतिष्ठानको कतार शाखाको मार्च १६ मा हुने पहिलो अधिवेशनमा प्रमुख अतिथि एबं केन्द्रीय प्रतिनिधिको रुपमा कतार आउन लागेका हुन् । प्रतिष्ठानको अधिबेशनको लागि बरिष्ठ उपाध्यक्ष रमेश बिजी को साथमा केन्द्रीय कोषाध्यक्ष दिपक खड्का समेत बिशेष अतिथिको रुपमा दोहा आउने कुरा तदर्थ समितिका संयोजक कृष्ण बरालले बताएका छन् ।

प्रतिष्ठानको विधानको पछिल्लो संसोधनले बिदेशमा कार्यरत कलाकार हरु लाइ लक्षित् गर्दै बैदेशिक शाखा खोल्न पाउने प्राबधान गरेको थियो नेपाल भित्र प्रतिष्ठानको लगभग सबै जिल्ला र अंचल हरुमा शाखा हरु रहेका छन् र लगभग चालिस हजार कलाकार, संगीत प्रेमी साथै शुभ चिन्तक हरु संस्थामा आवद्द भैसकेका छन् ।

प्रारम्भिक कमिटीमा ब्यापक छलफल गराई गत नोभेम्बर १० तारिकमा कतारको दोहा स्थित नज्मा पार्कमा भेला भएका कलाकार एबं कलाप्रेमी हरुको आपसी सहमतिमा प्रतिष्ठानको तदर्थ समिति गठन भएको थियो । तदर्थ समिति गठनको लागि प्रतिष्ठानका मानार्थ सदस्य ईश्वर काफ्ले र गीतकार दुर्गा पंगेनीले संयोजनकारी भूमिका निर्वाह गरेका थिए । शाखाको यही मार्च १६ तारिक सुक्रबार दोहामा अवस्थित सालिमार होटलको सभाहलमा पहिलो अधिवेशन हुने तय भएको छ ।

त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले कतारमा रहेर लोक गीतसंगीतमा सकृय कलाकर्मी, संगीतप्रेमी हरुलाई संस्थाको सदस्यता लिन आव्हन गरेको छ । प्रतिष्ठानले मार्च १५ तारिख बिहिवार सम्म सदस्यता वितरण गर्ने कुरा जानकारीमा आएको छ ।

तदर्थ समितिका उप संयोजक शक्ति क्षेत्रिले अधिबेशन भव्यता पुर्वक सफल बनाउन सम्पूर्ण कलाकार, कलाप्रेमी एबं समाजसेवी साथै सर्वसाधारण मित्र हरुमा फेसबुक मार्फत आह्वान गरेका छन । साथै प्रतिष्ठानको आधिकारिक फेसबुक एकाउन्ट बाट समेत अधिबेशनको आधिकारिक जानकारी दिईएको छ ।

कोई टिप्पणी नहीं