अपडेट

प्रणय दिवशको पुर्व सन्ध्यामा अर्को एउटा संवन्धको अन्त्य, छुटे नीलम-देवेन्द्र


फेब्रुअरीको महिना, संसार भरी प्रेम दिवशको रौनक चलिरहेको समय, युवा प्रेमी जोडा हरुको पर्व भ्यालेन्टाइन डे-फरवरी-१४ तारिक लाइ साप्ताहिक रुपमा मनाउने एक किसिमको लहर चलिरहेको बेलामा फेरि एक कलाकारको सम्बन्ध विच्छेद भएको खवर प्राप्त भएको छ । लगातार आइरहेका कलाकार हरुका सम्बन्ध बिच्छेद का खवर ले यो २०७४ साल सबै भन्दा धेरै कलाकार जोडी हरुको सम्बन्ध टुक्रिएको बर्षको रुपमा चिनिन पुग्ने देखिन्छ ।

एक खुट्टाले नृत्य गर्ने चर्चित नृत्यांगना नीलम ढुंगाना र उनका श्रीमान देवेन्द्र बस्नेतले दस बर्ष लामो बैबाहिक जीवनको सहयात्रा टुङ्याउने घोषणा सामाजिक संजाल मार्फत गरेका छ्न।

केही समय अगाडि देवेन्द्र बस्नेतले उनकी श्रीमती कलाकार निलम ढुंगानाले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मोरङमा हालेको फिरादपत्रको फोटोको क्यापसनमा "द ईन्ड" लेखेर फेसबुक मार्फत सार्वजनिक गरेका थिए।


कलाकार निलम ढुंगानाले अदालतमा दर्ता गराएको फिराद पत्रमा आफु कलाकारिता को सिलसिलामा बाहिरि समाज संग घुलमिल हुन आवस्यक रहेको तर आफ्नो श्रीमानको अत्यन्तै शंका गर्ने बानि र संकीर्ण सोच भएको कारण साधारण कुराहरुमा समेत आफ्नो गम्भीर रुपमा अपमान हुने ब्यबाहार गरेको, श्रीमानले आफुलाई काम गर्न नदिएको, अनावस्यक दवाव संगै मानसिक तनाव दिएको र घर निकाला गरेको साथै विभिन्न तरिका बाट धम्क्याउने गरेको कारण आफ्नो श्रीमान बाटै आफ्नो जिउ ज्यानलाइ खतरा रहेको भन्दै जिउ ज्यानको समेत रक्षा गरिपाउ भनी उल्लेख गरेकी थिइन ।

त्यहि फिरादपत्र लाइ उनका श्रीमान देवेन्द्र बस्नेतले द इन्ड क्याप्सन राखेर सार्वजानिक गरेका थिए र सम्बन्ध सकिएको घोषणा गरेका थिए । यो खबरका बारेमा नृत्याङना निलम ढुंगाना संग कुरा गर्न खोज्दा अहिले यो बिषयमा आफु केहि बोल्ने अवस्थामा नरहेको कुरा बताईन ।

हाल निलम आफ्नी छ महिनाकी छोरी लिएर माइत बस्दै आएकी छिन ।

कोई टिप्पणी नहीं