अपडेट

भाङ्गमा लट्ठ "लोकनाथ" र नेपाली गीत संगीत

पत्रिकामा "मापदण्ड" नपुगेका "भल्गर-अक्षरहरु"

दिनेशराज पुरी

र, यो आमालाई बृद्धा आश्रम छोड्नेहरुलाई लट्री पर्ने कालो जुग् हो।

**********
लोकनाथ आज आफ्नै आमा सिकिस्त हुंदा पनि मस्त हांसिरहेछ।किनकी आज उसले भाङ खाएको छ।उसले आमालाई बिर्सेको आज पहिलो पटक होइन।सृष्टीकर्ताको मूल्य बढीमा दस हजार दाम् छ।आमाको अवमूल्यन गर्नु ,आमालाई इग्नोर् गर्नु उसलाई खेलांची लाग्छ, किनकी आज उसले भाङ खाएको छ।आमामा पोतिएका शृङगारहरु ऊ फिका सम्झिन्छ।आफ्नै बाबुलाई पनि बाल् बाल् चिन्छ ऊ।उसले चिन्ने भनेको आमाको कांधमा टेकेर, आमाको घोक्रो थिचेर छाती ल्याङफ्याङ पार्ने नटटुनिहरुलाइ हो।किनकी आज उसले भाङ खाएको छ।

****************

हो, यहाँ अक्सर ब्रान्डेड आयोजकहरुले भाङ खाएका छन्।ब्रान्डेड प्रतिष्ठानहरुले भाङ खाएका छन्।भोटको नोट बोकेर चोट दिन सिरानमा बसेकाहरुले भाङ खाएका छन्।नढांटी भन्दा मैले पनि भाङ खाएको छु।हामी सबैले भाङ खाएका छौं।

कुनै गीत लेखेको नहुन सकूंला।अथवा,कुनै एल्बम भब्य कार्यक्रमा बिमोचन गरेर पतृकाभरी नछापिएको हुंला म।तर, म गीत संगीत अल्लि बढी नै सुन्छु।अल्लि बढी नै हेर्छु।अल्लि बढी नै याद गर्छु सर्जकहरुलाई।यस अर्थमा म गीत संगीतमा आफ्नो सिधा कुरा राख्छु,राखिराख्छु ।त्यही लाग्छ- हेर्नका लागि बजारमा पठाइन्छ भनें आखाहरुले नराम्रो देख्दा नराम्रो देखें भन्न पाउनुपर्छ।कानले नराम्रो सुने भने त्यो पनि भन्न पाउनुपर्छ। तर यहाँ, पुच्छरवादले मनको आवाजलाई न्याकेको छ।'नो' भन्ने शब्द ठूलाका नाममा हुंदैन।भए पनि मनभित्र हुन्छ।बाहिर हुन्न।मिलेन, भएन, सुधारौं भन्नू हुन्न यहाँ।किनकी यो जमाना "वाहकुमार" र "हस् कुमारी"हरुको हो।

****************

यौटा रेडियो प्रस्तोताले कसैको गीतको केही अंश आफ्नो गीतसग मिलेको झोकमा स्ट्याटस् हाल्छ- "मेरो गीत चोर्नेलाई कारबाही हुन्छ।गीत ब्यान्ड हुन्छ।"तल प्रतिष्ठानका ठालुहरुले कमेन्टिन्छन्-" हामी कुनै हालतमा गीत ब्यान्ड गर्छौं।"

अल्लि तलपट्टी म पनि थप्छु-" गीत कति प्रतिशत जुध्दा जुधेको हुन्छ?मापन के छ? यौटा आउंदै गरेको टुसा भांचेर केही हुन्न यहाँ धेरै रूखहरु झांङ्गिसकेका छन्।"ऊ म्यासेन्जरसम्म आउँछ र लेख्छ- "यो कुरा प्रतिष्ठानसम्म पुग्छ र तिम्लाई करबाही हुन्छ ।"

हो,यहां आवाज बोल्नेहरुलाई कारबाही हुन्छ।चाप्लुसीवादका किराहरुलाई कहिल्यै लाज हुन्न।लोक दोहोरीको कार्यक्रम चलाउने मजदुरलाई थाहा छैन- लोक-दोहोरीको लोक नै परलोक जाने अवस्थामा छ।बांकी दोहोरी मात्रै छ, जसको अर्थ दोहोरीराख्ने हुन आउँछ।यहाँ कार्यक्रम प्रस्तोताले लोकगीतको प्रोमो बजाउंदैनन्।शानका साथ छाडा गीतहरूको भोलुम् बढाउंछन् र आफूलाई "लोकगीतको प्रस्तोता" भन्न सिकसिकाउंदैनन्।गीतहरु जुधे कपि भए भन्न सरम् मान्दैनन्।किनकी यहाँ अक्सर प्रस्तोताहरुले भाङ खाएका छन्।

ठूटे पत्रकारहरुको पछाडी अक्सर कलाकारको सास अल्झेको छ। सक्षम कलाकार यसलाई आफूप्रतिको खिल्ली भनेर कहिल्यै बुझ्दैन।ऊ अझ फलो गर्छ।दौडधूप गर्छ।पैसा तिरेरै भए पनि आफू पानाभरी छापिन्छ। 'मेरो च्यानल लाइक,सब्सक्राइब'शेअर गर्नेलाई रिचाज् काड् फिरी' यस्ता बिज्ञापनका भरका च्यानलमा आधा घन्टाको आवाज बोल्न हाम्रा केही कलाकारहरु पात्ले भन्ज्याङदेखी क्यु मा बस्छन्।त्यै झोकमा ठूटे पत्रकारले रोजिरोटीको पुर्पुरो सेक्दै लेख्छ- 'यो बर्षको अहिलेसम्मकै हिट गीत अब बजारमा।'गीत रिलिज हुनु अघि नै बर्षको उत्कृष्ट हुन्छ।त्यस्तो हुन दिन्छन्- ठूल्ठुला कलाकारले नै।अर्को युटुबे च्यानलले अर्धनग्न फोटोको गाता राख्दै शीर्षक लेख्छ- "आधा देखाऊने फलानी "नाइँ-का" को पुरै देख्खेको भिडियो !" -"फलानी नायिकाले निम्न चीज हरु खोलेपछि/ देखाए पछि....!"

अब गीत संगीत र कलाकारिताको रेट युटुबका यिनै शीर्षकहरुले तोक्छन ! त्यो भन्दा पर स्टेजमा खिचिएको भिडियो प्लस पोइण्ट हो ! यहाँ भन्दा बाहिरका कलाकारहरु कलाकार नै होइनन ! यहा सबैलाई "हिट" मात्र हुनुछ-देखाएर भए पनि सेकाएर भएपनि ! यसो भनू, यौटा गायक /गायिका नायक /नायिकाभन्दा माथि उठ्न थालेको छ अब ! जबसम्म कलाकार र पत्रकारको यो कनेक्सनमा दुरी बढ्दैन,यहाँ यस्तै भैराख्छ।

यहाँ, म्युजिक प्रालिहरु किरासरी छन् ! देवलबाट छिचिमिरा उम्रे झैँ उम्रेका छन् कम्पनीहरु ! केहीकेहीलाई अपवाद मानेर भन्ने हो भने यहाका अक्सर कम्पनीहरुका लेटरप्याड छैनन् ! ठर-ठेगाना छैनन् ! छन् त फेसबुक र 'लाइक पेज' (लाइकका लागि तारन्तार रिक्वेस्ट गरिराख्ने पेज) छन् ! चट्ट चारपाटे गोजीमा स्ट्याप्म बोकेर गीत निकाल्न कम्बर कसेर हिन्नेहरु बहुमतमै पर्छन ! र, त्यस्ता कम्पनीका नाममा पचास हजार देखि दुई लाख सम्म भेटी चढाउने देवकोटालाई सम्झेर भन्दा 'बिजुली प्रोड्युसर"(तु का तु निकाल्ने।) अर्को भाषामा बिजुले प्रोड्युसर(झिलिक्क चम्किने र फेरी चम्किन आकाश गड्याङ्ग गुडुङ्ग नै गर्नुपर्ने ) हरु पनि अल्पमतमा पर्दैनन् ! कम्पनीको भाषामा भन्दा- 'मुर्गा' हरु नि बहुमतमै पर्छन !

लिप्सिङ आफूले दिएपछी गायक भइन्छ।स्वर चाहिंदैन ।कम्प्युटराइज्ड भको छ जुग।यतिसम्मन् कि आयोजकले दशतिरबाट गोरु बेचेको साइनो जोडेर तल कांध हालेर माथिबाट पेटिगन्जीमा तानेर स्टेज चढाइएकाहरु स्टेजमा उता गीत बजाएर लिप्सिङ मात्र दिन्छन्।भोलि पतृकाको हेड लाइनले "स्टेज-किङ" बनाइदिन्छ।अब किङ हुनलाई फेरि राजत्रन्त्र आइराख्नु पर्दैन।यत्तिले पुग्छ।आयोजकहरुले आवाजलाई कमै अफर गर्छन्।फिगरलाई बढी।या भनुं- अबका स्टेज प्रोग्राममा गीत कम र मांशापेशीको माग बढी छ।हेर्नेमा पनि देखाउनेमा पनि।मोदल् मोदल्नी हुन कुनै अभिनय सिक्नु पर्दैन।कथाले मागेको दिए पुग्छ।(बिडम्बना !यहाँ अक्सर कथाले यौटै सिन् माग्छ)

आयोकहरु जातीय, पार्टीगत स्वार्थका लागि कुनै "अ- कलाकार" (जो कलाकार नै होइन) लाई बिग् अफर गर्छन् र करोडौं पैसा उठाउंछन्।चट्ट परेका र कथाले मागेजती दिनेलाई पट्क पटक अफर गर्छन् र रातारात मालामाल हुन्छन्।यता असली कलाकारहरु आफ्नो गला र गला निचोरेर ओछ्यानमा कोल्टे फर्किन्छन्।आफ्नै पर्फेक्ट कलाकारिताले आंखा घोचेर रुवाउँछ।नरुनका लागि बजारबाटै सन्यास लिन्छन् उनीहरु।कलाकारिताको क्षेत्र यतिसम्म व्यापक बनेको छ। असली कलाकारहरु गर्धनमा खुकुरी लागेर आधा काटिएको अस्टमीको कुखुरो झैं छट्पटाउंदा गीत संगीतको आकाश नै आफूले बोकेको रबाफ हांक्ने प्रतिष्ठानहरु मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो हिन्छन् र त्यहींबाट लोक- गीत संगीतका लागि हामीले सबैथोक गरिसक्यौं भन्न घिन मान्दैनन्। प्रतिष्ठानले गीत जुधेकोमा कार्बाही गर्छ।कलाकार मारिएकोमा कारबाही गर्न उसले मिल्दैन।ऊ गर्नुपर्ने कर्मलाई दशौं नम्बरमा राख्छ र साना साना कुराहरुको टपरी गांसेर कलाकारको मृत्यु पस्कन्छ।किनकी यहाँ स्वयं प्रतिष्ठानहरुले भाङ खाएका छन्।

गीतकार हुन सिर्जना गर्नु पर्दैन।एक दुई हजारमा छ्यास्छ्यास्ती पाइन्छन् गीत चोकै पिछे।आधा लाइन लेखे पुग्छ।लगानीको आंट कस्नुपरो, संगीतकारले अरु गीत पूरा गर्दिनलाई नाइ नास्ती गर्दैन।हो, यहाँ यस्तै यस्तै तवरले प्याकेजमा काम हुन्छ।

मेरो भगवान! अब भन्दे तं दुधको दूध पानीको पानी पार्दे-

१)मौलिक गीत लेख्ने गीतकार/गाउने गायकले अब कहाँ डुबेर मर्नुपर्ने हो?
२) युटुबको बोक्रोमा नौटंकी गरेर हेरिदिनुस्।लाइक कमेन्ट गरिदिनुस् भनेर भिख माग्दै कहिलेसम्म हिंडिराख्नुपर्ने हो?के गीत संगीतको सास अब यत्ती हो?
३) आफ्नो गीतको प्रतिलिपी अधिकार मा मार् हानेर चारपाटे गोजीमा स्टाम्प बोकेर हिन्नेहरुलाई कहिलेसम्म पैसा खन्याइराख्नु पर्ने हो?
४) के गीतको सर्जकले दुई सुको पैसा फिर्ता पाउने निकाय छैन हामीकहां ?

शब्द लेख्नेले शब्दै लेखौं।संगीत भर्नेले संगीतै भरौं।आवाज हुनेले गीतै गाऔं।अभिनयकला हुनेले अभिनय नै गरौं।बजाउन जान्नेले बजाऔं।यौटा ठूलो कम्पनीमा यौटै कर्मचारीले सबै काम गर्दा काम लथालिङ्ग हुन्छ।आफ्ना बाउ बाजेको जमिनमा जति मिलेर भोग गर्छौं।यो पुर्खाको सम्पतिलाई पनि मिलेर भोग गरौं।भातृत्वको नमुना प्रस्तुत गरौं।जय गीत! जय संगीत !

कोई टिप्पणी नहीं