लोक संगीतको चुलबुले धार -प्रकाश सपुत

एउटा दोहोरी गीतलाई माया गर्ने श्रोताको हैसीयतले मैले सबै कलाकार हरुलाई बराबर सम्मान गर्दछु । लोक दोहोरी गीतको संरक्षणमा जुटेका कलाकार र लोक दोहोरीको फरक प्रारुप तयार पार्न लागी परेका दुबै किसीमका कलाकार हरु प्रति मेरो उस्तै किसीमको उच्च सम्मानीत दृष्टीकोण रहिआएको छ । मैले कहिल्यै पनि कलाकार लाई उसको सृजना या प्रस्तुतीको हिसावले या उसको पहिरनको हिसावले आलोचना या समर्थन गर्ने गरेको छैन । म त्यही लेख्छु जुन कुरा मैले कलाकारको सृजना हेर्दा या सुन्दा मेरो अन्तस्करणमा तरङ्गीत हुन्छ । एउटै कुरा उही तरीका बाट लेख्दा कहिले आलोचनात्मक हुन जान्छ र कहिले त्यही कुरा समर्थनमा लेखीएजस्तो देखीन्छ ।
कलाकारीता पेसा मात्र होईन । कलाकारीता साधना हो र तपस्या पनि हो । मुख्य रुपले कलाकारीता साधना पछी मात्र संघर्षको चरणमा प्रवेश गरेको देख्न पाईन्छ । वर्षौं साधना गरेको कलाकार समेत दैनिक गुजाराको लागी कैंयौ संघर्ष संग जुध्न परिरहेका ज्वलन्त उदारण हरु हामी समक्ष छन नै ।
कलाकारीता प्रकृती प्रदत्त गुण हो । प्रकृतीले प्रदान गरेको खुविलाई अझै तिखार्नको लागी मात्र कलाकारीता सिक्ने गरिन्छ । जसलाई प्रकृतीले दिएकै छैन उसले सिक्दैमा या कलाकारीतामा उच्च शिक्षा हासील गर्दैमा राम्रो कलाकार बन्न सक्दैन । प्रकृतीले आफुमा कुन किसीमको कलाकारीता प्रदान गरेर पठाएको हो त्यो चिनेर त्यै अनुसारको कलाकारीता गर्नु कलाकारको धर्म हो ।
त्यसैले होला विविध किसीमका कलाकार हरु छन हाम्रो समाजमा । कलाकारीताका अरु विधा हरुलाई छाडेर लोक कलाकारीता लाई हेर्ने हो भने पनि निकै धेरै विविधता हरु भेटिन्छन । लोक कलाकारीता आधारभुत रुपमा ‘परम्परागत कलाकारीता शैली’ हो जुन परिवर्तन हुन चाहदैन । पश्चिमा हरु लोक या नी फोल्क लाई परिवर्तन हुन नसकेको-समय अनुसार परिवर्तन हुन नचाहेको पुरातन वादी कलाकारीताको एउटा धार हो भनेर विश्लेषण गर्ने गर्दछन ।
नेपालमा पनि लोक कलाकारीता लाई डोर्याउने दुई तिन खाले धार हरु छन ।
यथास्थिति वादी धार : यो धारमा संस्थागत पदाधिकारी हरु, पुराना श्रष्टा हरु लगायत ब्यक्ती हरु रहेका छन । यीनी हरुले कसैले फरक किसीमको सृजना बजारमा ल्यायो भने तुरुन्तै विरोध गर्ने गर्दछन । विशेष गरी नयाँ पुष्ताका लोक कलाकार हरुको पहिरन प्रति पनि यिनीहरु आपत्ती जनाउछन । लोक गीतलाई परम्परागत रुपमै संरक्षण गर्नुपर्छ भन्ने यीनीहरुको ध्येय हुन्छ तर आफुले कस्तो कीसीमको गीत गाएको छु भन्ने बुझ्दैनन । आफुले गाएको गीतले परम्परागत ढाँचा या स्वरुपको संरक्षण गर्यो या गरेन भन्ने तर्फ सोच्दैनन । ड्रमसेट, गीटार, भ्वाईलिन जस्ता आधुनिक वाद्यवादनका सामाग्री प्रयोग गरेर आफ्ना गीत बजारमा ल्याउछन र आफ्नै गीतलाई मौलीक र परम्परागत गीत हो भनेर दावी गर्छन । यो धार संस्थागत पनि भएको छ । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल एउटा यस्तै किसीमको संस्था हो ।
परिवर्तनशिल धार : लोक र दोहोरी गीत प्रति अगाध आस्था भएका । प्रकृतीले पनि लोकगीत कै सुरताल र तरिका हरु प्रदान गरेर पठाएका, सिकेर पनि आधुनिक या पप गीत गाउन नसक्ने तर परम्परागत लोक भाका हरुलाई केही फरक पाराले प्रस्तुत गर्न चाहने एक किसीमको चुलवुले धार छ नेपाली लोक कलाकारीता क्षेत्रमा । ति नयाँ सोचका कलाकार हरु पुरातनवादी धारका कलाकार हरुलाई अग्रज को रुपमा सम्मान गर्ने गर्दछन र उनीहरुकै लामो संगतले कलाकारीतामा स्थापित भएका हुन्छन । त्यसैले सोझै पुरातन परम्पराको विरोध गर्दा अग्रज या गुरुको विरोध गरे जस्तो देखीन जाने हुनाले आफ्नो रहरलाई मनमनै दबाएर बसीरहेका हुन्छन । ति मध्धे केही कलाकार विद्रोही बनेर निस्कन्छन र आधुनिक पहिरन लगाउने देखी लिएर दोहोरी गीतको स्वरुप समेत भाँचिदिन्छन ।
परिवर्तनवादी धार -यस्तो धार समात्ने कलाकार हरुले आफुलाई ‘लोक कलाकार’ को रुपमा चिनाउदैनन । उनिहरुले आफुलाई आधुनिक या पप धारको कलाकार भनेर चिनाउन चाहन्छन । सिनेमा हरुमा संगीत दिने संगीतकार हरु जसले लोक संगीतलाई आधार बनाएर संगीत सृजना गर्छन र सधैं चर्चामा रहिरहन्छन । तिनिहरु पनि लोक कलाकार नै हुन । उनिहरु मौलिक रुपमा कुनै अब्बल सृजना गर्न सक्दैनन तसर्थ लोक गीतलाई ठाउँठाउँ बाट भाँचभुच र तोडमरोड गरेर आधुनिक स्वरुप र स्वाद प्रदान गर्ने गर्दछन ।
लोक कलाकारीता क्षेत्रमा रहेका यि तिन धार मध्ये पहिलो धार आफु लाई सधैं चोखो ठान्ने र अरुको आलोचना र समर्थन गर्ने एकाधिकार आफुमा मात्र निहीत रहेको सोच्दछ ।लोक संस्कृति र लोकगीतको रक्षार्थ कुनै ठोस एजेन्डा बनाइनसकेको कारण कुनै निश्चित निती नियमको आधारमा आफु चलेको देखाउन पनि नसकेको कारण कलाकारले नैतिकताको धरातलमा उभिएर गीत बनाउनुपर्छ भन्ने मान्यता राख्दछ । संस्थागत आस्था राख्नेको ठाडो समर्थन गर्दछ र फरक काम गर्नेको विरोध गर्दछ ।
तेश्रो धारको लगानी अन्यको तुलनामा बढी हुन्छ । मूल धारको मिडियामा चर्चा पनि उनीहरुकै हुने गर्दछ । डिजिटल बजारमा गीत हरु पनि उनीहरुकै बढी हेरिन्छन । उनीहरुले लोक संगीतबाट आफ्नो सरोकार नरहेको “फ्लेवर मात्र” रहेको र आफु आधुनिक कलाकार भएको प्रमाणीत गरिसकेको कारण पुरातन या यथास्थीती वादी धारका कलाकार हरुले उनिहरुको विरोध गर्नै सक्दैनन बरु उनीहरु नै लोक कलाकार हरु लाइ हेयको दृष्टिले हेर्ने गर्दछन, होच्याउने गर्दछन त्यसैले यीनीहरु खासै आलोचनाको सिकार भईरहनु पनि पर्दैन ।
सबैभन्दा आलोचना र विरोधको सामना गर्न पर्ने धार भनेको परिवर्तनसिल धार हो । यो पुर्णरुपमा परिवर्तीत पनि हुदैन । परम्परागत ढाँचा छाड्न सकेको पनि हुँदैन र नयाँ ढाँचा लाई पुरै समातीसकेको पनि हुँदैन । गीत दोहोरी गाउछ तर पहिरन आधुनिक लगाउछ । भाका पुरानै टिप्छ तर प्रस्तुतीकरण नयाँ समात्न खोज्छ । यस्ता विचविचमा अड्कीएका कलाकार हरुले दर्शक हरु बाट समेत निकै कडा टिप्पणीको सामना गर्नुपर्ने हुन्छ ।
यो धारको सबैभन्दा ज्वलन्त उदाहरण ज्योती मगर हुन । त्यसपछी प्रकाश कटुवाल, श्रीदेवी देवकोटा, हुदै यस्तो धार समातेर आलोचनाको सिकार हुने मध्ये अहिले प्रकाश सपुत पनि चर्चाको विषय वनेका छन । उनले ल्याएको “दोहोरी ब्याटल” भन्ने गीतले एक किसीमको तरंग सृजना गरेको छ र उनको गीत वहसको विषय बनेको छ ।
प्रकाश सपुत को दोहोरी ब्याटल प्रति परम्परावादी हरुले मौंनता साँधेका छन । त्यसको कारण के हो बुझ्न कठिन छ । एक प्रकारले हेर्दा सपुत अत्यन्तै मिजासीला कलाकार हुन । उनले सदैव अग्रजको सम्मान गर्छन । उनको बोली र ब्यबहार निकै मिठासपुर्ण छ । आजसम्म उनले कहिल्यै कसैको नराम्रो गरेका छैनन र उनी प्रतिष्ठानमा आवद्द कलाकार पनि हुन । के यही कारणले गर्दा प्रतिष्ठानका पदाधिकारी हरुले सपुतको ब्याटलको बारेमा चुईक्क बोलेनन ?
प्रतिष्ठान अध्यक्ष बद्री पंगेनी लगायत अग्रज हरु लोक गीत लाई परम्परागत रुपमै संरक्षण गर्नुपर्छ भन्ने मान्यता खरो रुपमा उठाउने अग्रज हरु हुन । हुन त उनिहरुका पनि परम्परा विर्षीएका सृजना हरु नभएका होईनन तै पनि लोक गीतको मर्म माथी प्रहार हुने प्रयास हुँदा स्टुडीयो सम्मै पुगेर रेकर्ड हुँदाहुँदैको गीतमा जवर्जस्ती शब्द परिवर्तन गराईएका समाचार हरु हामी पढ्दै आएका हौं ।
मेरो नजरमा सपुतको दोहोरी ब्याटल समाजको विकाशक्रम संगै जन्मीएको र आजको सामाजीक स्वरुप अनुसार सृजना हुन पुगेको एक किसीमको संक्रमीत सृजना हो । म यो सृजनाको कतई विरोध गर्दिन । कलाकारले जुन मेहनत गरेर लोक गीतलाई नयाँ स्वरुप प्रदान गरेका छन म त्यो मिहेनतको सह्राहना गर्दछु । तर के लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पदाधिकारी हरु पनि मेरो विचार संग सहमत भएका हुन त ? यदी त्यसो हो र यस कीसीमको परिवर्तन ले अव संस्थागत मान्यता प्राप्त गरेको हो ? यदी यो मान्यता प्राप्त परिवर्तन हो भने अव संस्थागत नजिर स्थापित भएको छ ।परिवर्तनसिल धारमा रहेर आफ्ना सृजना बजारमा ल्याउने र आफ्नो प्रस्तुती दिन चाहने कलाकारको लागी यो ठुलो खुशीको कुरा हो किनकी अव रेकर्ड हुँदाहुँदैको कसैको गीत रोकीने छैन र छोटा पहिरनकै कारण कोही वहिस्कृत हुनेछैनन ।
तर त्यसो होईन र ब्यक्ती हेरेर विरोध र समर्थनको निती अख्तियार गरीएको हो भने यो निकै दुखको कुरा हो । प्रकाश सपुतको दोहोरी ब्याटललाई मौन समर्थन गरिरहेका प्रतिष्ठान पदाधिकारी हरु कुनै गीतको शब्द द्विअर्थी भयो भनेर रेकर्डीङ रोक्न स्टुडीयो पुग्छन या पुग्दैनन अथवा कुनै गायीकाको पहिरन छोटो भयो भनेर वहिस्कारको निती अपनाउछन या अपनाउदैनन त्यो आगामी दिनमा प्रष्ट होला । यसपटक भने परिवर्तीत लोक गीतको संस्थागत विरोध नगरेर उनीहरुले नयाँ कलाकार हरुलाई भरपुर प्रोत्साहन प्रदान गरेका छन ।
दुर्गा पंगेनी
Follow @dpangenee

कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें