अपडेट

पर्वत उ.बा.संघको आगामी नेतृत्वमा गोपी अधिकारीको दावेदारी

पर्वत, २७, फागुन । व्यवसायिहरुको चुनाव नजिकदै गर्दा पर्वतका व्यवसायिहरु चुनावमा केन्द्रित भएका छन् । ०५२ सालदेखी पर्वत उद्योग वाणिज्य संघको लेखा व्यवस्थापन समितिको जिम्मेवारी सम्हाल्दै जिल्लाका व्यावसायीहरुको हक हितको क्षेत्रमा काम गर्दै सफल व्यवसायि ‘गोपी अधिकारी’ अध्यक्ष पदको लागि घरदैलो अभियानमा जुटेका छन् ।

द्धितीय र प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष समेत बनिसकेका गोपी अधिकारी अहिले ब्यबसायी साथि हरु संगको भेटघाट र घरदैलो अभियानमा केन्द्रित बनेका छन् । पर्वत उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा चुनावमा होमिएका उनलाई जिल्लास्थित व्यवसायिहरुले संस्थापन पक्षको उमेद्वारको रुपमा अगाडी सारेका छन् ।

अधिकारीले सबै व्यावसायीको हितका लागि साझा र समावेशी समिति बनाउन उमेदवारी दिएको बताए । उनले जिल्लाको खस्किदो व्यापार र ग्रामीण भेगका जनतासम्म पहुँच विस्तारका लागि आफुले प्रयत्न गर्ने र गरिरहेको बताए ।

उनले भने मैले ‘सदरमुकामको व्यावसाय उठाउनका लागि देखिएको चुनौती र त्यसको जिम्मेवारी लिने प्रयत्न गरेको छु ।’ उनले व्यासायीक क्षेत्रमा भोगेका समस्याहरु सबै व्यावसायीसँग मेल खाएको भन्दै साना ठुला सबै व्यावसायीका ब्यबसायिक समस्या हरुलाई न्युनिकरण गर्ने प्रतिबद्धता जनाए । आगामी चैत्र ३ गते हुन लागेको संघको अधिवेशनको तयारीमा लागेको बताउनँदै उनले सबैको साझा उम्मेदवार भएको दाबी गरे । अधिकारी फर्निचरका सञ्चालक समेत रहेका अधिकारीले आफुलाई कुनै समूह,दल या गुटको भन्दापनि सबैको साझा अध्यक्ष बनाउन समेत आग्रह गरेका छन् ।

पर्वत उ वा संघ मा आवद्द पुराना ब्यबसायी हरुले वर्तमान वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी आफु हरुको साझा र समावेशी अध्यक्षको प्रत्यासी किन भन्ने बिषयमा निम्न बुँदा हरु प्रस्तुत गरेका छन् ।

१.वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्षको दावेदार हुनु न्यायसंगत कुरा ।
२.वर्तमान अध्यक्ष हरिओम लामिछानेलाई अध्यक्षको पदमा पुराउन अधिकारीको अहंम भूमिका । नैतिकता र इमान्दारीताको कुरा गर्ने हो भने लामिछानेको समर्थन अधिकारीलाई हुनुपर्ने
३.अधिकारी बौद्धिक, इमान्दार, सरल, स्वच्छ व्यावसायिक व्यक्तित्व जब कि पर्वत उवासंघले विगतमा गैह्रव्यवसायीलाई नेतृत्व दिएको भन्ने आरोप लाग्ने गरेको छ
४.एकेडेमीक व्यक्तित्व । वाणिज्यशास्त्रमा नै उच्च शिक्षा हासिल गरेको । पर्वत उवासंघको इतिहासमै पहिलोपटक एकेडेमीक व्यक्तित्व चुनाव लड्दै ।
५. द्वन्द्वकालिन अवस्थामा राज्यबाट निहत्थामै पीडित बन्न पुगेका
६.व्यावसायिक क्षेत्रमा अनुभवी व्यक्तित्व । व्यवसायीको हकहित र अधिकारको पक्षमा निरन्तर खट्दै आएको
७.भारतीय नाकावन्दीका बेला उपभोक्तालाई एलपी ग्यास लगायत अन्य अति आवस्यक दैनिक उपभोग्य पदार्थको सरल र सहज वितरणमा अहोरात्र खटिने व्यक्तित्व
८.पर्वत उवासंघकै आर्थिक र व्यावसायिक गतिविधि पनि पारदर्शी र सरल हुनुपर्छ भनी आवाज उठाउने एक मात्र इमान्दार छवि भएको
९. पर्वत उवासंघलाई व्यावसायिक क्षेत्रमा मात्र नभई सामाजिक विकासका क्षेत्रमा समेत लाग्नुपर्छ भनी घच्चाउने र स्पष्ट भिजन भएको व्यावसायिक व्यक्तित्व ।
१०. व्यवसायीको पीरमर्का र आवश्यकतालाई नजिकबाट बुझेको र उनीहरुको हितमा केही गर्नुपर्छ भन्ने व्यक्तित्व ।
११. पर्वत उवासंघ कुनै गूट र समूह केन्द्रीत नभै समस्त व्यवसायीको साझा र समावेशी संगठन हुनुपर्छ भनी आवाज उठाउने व्यक्तित्व ।
१२.एमाले र नेकपा माओवादी केन्द्र एक भै नेकपा भै सकेको अवस्थामा अधिकारीको अध्यक्षको उम्मेदवारी निर्विकल्प ।
१३.पर्वत उधोग वाणिज्य संघमा गैर व्यवसायीको खुरापाती उम्मेदवारीलाई निस्तेज पार्न ।
१४.उधोग वाणिज्य संघ पर्वतलाई वास्तविक रूपमा नै व्यवसायीहरूको साझा र समावेशी संगठन बनाउन ।
१५.पर्वत उधोग वाणिज्य संघमा अबका दिनहरुमा योग्य, सक्षम र दूरदृष्टि राख्ने युवा व्यवसायी नेतृत्व जन्माउन पनि युवा जुझारु व्यावसायिक व्यक्तित्व गोपि अधिकारीलाई अध्यक्ष पदमा अत्याधिक मतले जिताउनु पर्ने देखिन्छ ।

कोई टिप्पणी नहीं