अपडेट

गगन थापाको भाषण कुन अर्थमा गलत छ ?


कुनै कुनै देशमा सरकार पक्ष र सदन विपक्ष जस्तै हुन्छ । निष्पक्ष रुपमा सरकारको निगरानी गर्ने काम सदनले गर्छ । सरकारले ल्याएका कतिपय कार्यक्रम अस्विकार समेत गर्दिन्छ सदनले । नेपालमा सरकारको कठपुतली हो सदन । अझ शक्तिशाली नेताको छायाँमा दुई तिहाई बहुमतको सदन समेत पुर्णतया कठपुतली हुने सम्भावना देखिन्छ । दुई तिहाई बहुमतको बलमा जो सुकै नेता शक्तिशाली र स्वेच्छाचारी हुन सक्छ त्यसैले जहिले पनि प्रतिपक्ष सजग र चनाखो हुनु अति आवस्यक हुन्छ । प्रतिपक्षको सदनमा उपस्थिति कमजोर भयो भने सरकार स्वेच्छाचारी हुन सक्छ तानासाह हुन सक्छ यो सर्वमान्य प्रजातान्त्रिक सिद्दान्त हो ।

आम रुपमा हेर्दा मतदाता जहिले पनि प्रतिपक्षमा हुनुपर्ने हो । सरकारले गर्नुपर्ने काम समयमै गर्नपर्छ भनेर जनताले नै खवरदारी गर्नुपर्ने हो किन कि त्यहि काम गर्नको लागि प्रतिनिधि हरुले जनता संग बाचा गरेर चुनावमा आफ्नो लागि भोट मागेको हुन्छ र सिंगो सदन भरि त्यसरी नै कुनै न कुनै बाचा गरेर चुनाव जितेर गएका प्रतिनिधि हरु रहेका हुन्छन अनि तिनै प्रतिनिधि मध्यबाट कोहि सरकारमा पुगेका हुन्छन् ।

जनताका प्रतिनिधीको आवाज भनेको जनताको आवाज हो ।जनताले आफ्नो आवाज सरकार सम्म पुर्याउनको लागि सडकमै उत्रन नपरोस भनेर नै प्रतिनिधि लाइ चुनाव मार्फत सदनमा पठाइएको हुन्छ ता कि उसले सदनमा उपस्थित भएर आफ्ना जनताको आवाज सरकार समक्ष राख्न सकोस र चुनाव अगाडी गरेका बाचा पुरा गराउन ताकेता गर्न सकोस ।

तर नेपालमा अवस्था फरक छ । जुन दलको सरकार बन्दछ त्यो दलका प्रतिनिधि हरुले मात्र होइन मतदाता समेतले आफ्नो पार्टीको सरकार लाइ बाचा पुरा गराउने बिषयमा सचेत गराउने सम्झाउने या गलत कामको बिरोध गर्ने परिपाटीको सुरुवात भएकै छैन । आफुले आस्था राख्ने पार्टीका नेतालाई या आफुले आस्था राखेको सरकारलाई कसैले सचेत सम्म गरायो या चुनावी घोषणापत्र सम्झाउने प्रयत्न सम्म गर्यो भनेपनि त्यो दलका सिगै कार्यकर्ता त्यहि सचेतक माथि खानिन्छन । आफुले जिताएका प्रतिनिधि द्वारा बनेको सरकारले विकाश नगरेपनि संतुष्ट रहन्छन कार्यकर्ता हरु।आफ्ना नेता ले भ्रष्टाचार नै गरेपनि चुईक्क बोल्दैनन र त्यो भ्रष्टाचार लाइ मौन समर्थन गर्दिन्छन कार्यकर्ता हरु किन कि चुनाव ताका त्यस्ता कार्यकर्ता र जनता माथि नेताले लगानी गरेको हुन्छ त्यसैको गुण ले थिचिएर उनु हरु बोल्ने हैसियतमा रहेकै हुदैनन् । कुनै प्रतिपक्ष सांसदले जनताको प्रतिनिधी आवाज उठायो भने अव विकाश गर्नुस काम गर्नुस भन्यो भने सत्ता पक्ष समर्थक हरु उसैको विरुद्दमा खनिन्छन ।

यदि हामी सचेत मतदाता थियौं भने हिजो गगन थापा जे बोले त्यो कुरा हामी आफु बोल्न पर्ने आफ्नो प्रतिनिधिको रुपमा गगन थापा बोले भन्ने सोच्नु पर्थ्यो । तर तमाम जनता र बुद्दिजीवी सर्कल समेत पक्ष र बिपक्षमा विभक्त भएको देख्न पाइयो । पुर्व बिशिष्ठ कर्मचारी, खानेपानी मन्त्रालयका सचिव समेत रहिसकेका भिम उपाध्यायले त गगन थापाको माग लाइ हास्यास्पद समेत भन्न भ्याए फेसबुकमा । गगन थापाको भनाइ र माग प्रति उल्टो प्रतिप्रश्न समेत गर्छन उपाध्याय –कांग्रेस पार्टी पच्चीस बर्ष सम्म सरकारमा हुँदा बिकाश गरेन त्यसैले अब गगन थापाले एमाले लाइ बिकाश गर्नु पर्छ भनेर सचेत गराउन सुहाउदैन भन्ने तर्क समेत अगाडी सारेका छन् उपाध्याय ले । के जिम्मेवार सामाजिक अभियन्ता बाट आएको यो प्रतिक्रिया अपेक्षाकृत थियो त ?

भाषणमा गगनले आजसम्म हामीले गर्न सकेनौं भनेर कमजोरी स्विकारीरहेका थिए । के कारणले अहिले सम्म हामीले बिकाश गर्न सकेनौं भनेर केलाई रहेका पनि थिए ।

“राजाले काम गर्न दिएनन भन्यौं, त्यसैले अब राजा चाहिएन भन्यौं फाल्दियौं । पुरानो संबिधानले काम गर्न अफ्ट्यारो पार्यो त्यसैले यो संबिधान चाहिएन भन्यौ फेर्दियौं, गणतन्त्र चाहियो भन्यौं ल्यायौ, एकात्मक राज्य व्यबस्थाको कारण बिकाश गर्न सकिएन भन्यौं त्यसैले संघीयता चाहियो भन्यौ त्यो पनि बनायौं ..आजसम्म यो मिलेन र त्यो मिलेन भनेर हाम्ले काम गरेनौं, एउटा अर्को बहाना हामी संग स्थाई सरकार भएन त्यसैले बिकाश भएन भनेर बहाना समेत बनायौं तर अव हामीले सबै मिलाएका छौं ।स्थाई सरकारको लागि दुइ तिहाइ संसद्को समर्थन रहेको सरकार तपाइले बनाउनुभएको छ यो अर्थमा हेर्दा अब हामीलाई बिकाश गर्न कुनै अड्चनले रोक्ने छैन त्यसैले समय सीमा भित्र तपाइँ हरुका चुनावी घोषणापत्रमा लेखीएका कुरा हरु पुरा मात्र गर्नुस बिकाश आफै हुन्छ...” । यो एउटा साधारण जनताको कुरा थियो जुन गगन थापाले बोलेका थिए, हरेक सचेत नागरिकले उठाउने आवाज थियो जुन गगनले उठाएका थिए ।

समय सिमा भित्र घोषणापत्रमा लेखीएका कुरा पुरा होउन भनेर माग गर्नु उत्प्रेरणा हो विरोध होईन ।एउटा जिम्मेवार प्रतिपक्ष पार्टीको सदस्यले गर्ने भाषण मध्यमा त्यो एकदम उत्कृष्ट भाषण थियो त्यो जनताको आवाज थियो तर बुझाइमा फरक पर्यो । यहाँ पनि विरोधै देख्ने हरुका नजर दोषी हुन कि बुझ्न नसक्नु आम मान्छेको कमजोरी हो ? यसरि सजग गराउने जुनसुकै दलको मान्छे कीन नहोस त्यो सम्पूर्ण जनताको पक्षमा उठेको आवाज हो भनेर बुझिनु पर्थ्यो तर त्यो कांग्रेसको आवाज हो भनेर बुझियो र सामाजिक अभियन्ता हरुबाट समेत त्यसरी नै बुझाउने प्रयत्न गरियो जुन अत्यन्तै दुखादायी कुरा हो । यसरि अर्थको अनर्थ लगाउनु हुदैनथ्यो ।

केही विद्वान हरुले गगनको ‘भाषण साहित्य’ बुझेनन र खनखनी नगदै भन्ने वाक्यांश लाई लौ गगनले पैसै माग्यो भन्ने कुतर्क हरु समेत पेस गरे । त्यसो होइन, एमालेका मतदाता या कांग्रेसका मतदाता हामी हरु कति कमजोर मनस्थितिका रहेछौं यहा बाट प्रष्ट भएको छ । चुनावी घोषणा पत्रमा उल्यख भएका समय सिमा हरु याद गराएका हुन् गगनले, त्यो हामी सबैले आफ्ना प्रतिनिधिलाई गराउने कुरा हो । समयमा बाचा पुरा गर्नु पर्छ र घोषणा अनुसारको परिणाम देखिनु पर्छ त्यो पनि जताले महसुस गर्ने गरि तर याहा त कांग्रेसको नेताले एमालेको नेता लाइ बाचा पुरा गर्नुस भन्यो भनेर एमालेका कार्यकर्ता, मतदाता र समर्थ समेत गगन संग रिसाए । त्यो त सम्पूर्ण जनताको आवाज हो भनेर बुझ्न किन कन्जुस्याई गरेका बुद्दिजीवी हरुले ?

यो जनताले बोल्न पर्ने कुरा हो, कि आफुले चुनाव जिताएका नेता हरुले जे गरेपनि सम्बन्धित मतदाताले सचेत सम्म नगराउने चलन अत्यन्तै प्रत्युत्पदक हुन्छ । परिणाम उधारोमा होइन नगदै चाहिन्छ भन्नु प्रत्यक्ष अनुभव हुने गरि उपलब्धि देखिनु पर्छ भन्ने माग थियो ।काम पछी गर्छु भन्ने वाला हैन तत्कालै परिणाम देखिने खाले चाहिन्छ भनेर दवाव पूर्ण भाषण गर्नु एक सचेत नागरिकको समेत कर्तब्य हैन र ?

चुनावमा गरिएका निम्न घोषणा हरुलाई तुरुन्तै परिणाम मुखी बनाएर लागु गराउन प्रारम्भिक चरणमा गर्नु पर्ने काम के के हुन् त्यो जनताले अनुभूत गर्ने गरि सुरु गराउनुस भन्नु कहाँ बाट गलत भयो ? “दुई वर्षभित्र नेपाललाई खाद्यान्न तथा माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाइनेछ । पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याइनेछ” भन्ने यो बाचा समय सिमा भित्र पुरा गर्नको लागि प्रारम्भिक कार्य तदारुकताका साथ् सुरु गर्नुस भन्नु गल्ति हो र ?

“पाँच वर्षमा सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गरिनेछ” यो अर्को बुँदा हो एमालेको घोषणा पत्रको यो योजना समय सिमा भित्रमा पुरा हुनलाई अहिले देखिनै जनताले अनुभव गर्ने गरि कार्य सुरु हुनु अति आवश्यक छ नत्र पांच वर्ष भित्रमा आफैले गरेको बाचा पुरा गर्न सकिदैन र तपाइँ जनताको नजरमा झुटो ठहरिनुहोला भनेर सचेत गराउनु गल्ति हो र ?

“सामाजिक सुरक्षाभत्ता मासिक ५ हजार पुर्‍याइनेछ” यो बाचा देउवाको सरकारले लागु गराई सकेको छ । जुन कुरा एमालेको चुनावी घोषणा पत्रमै उल्यख थियो त्यहि कुरा देउवा सरकारले लागु गर्दा ठुलो बिरोध गर्यो एमाले ले, आफैले घोषणा गरेको काम अरुले गर्दा त्यति ठुलो बिरोध गर्नु पर्ने कुनै कारण थियो र ?

“१० वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्र विकास गरिनेछ, युवा हरुलाई बैदेशिक रोजगारीमा पठाउन बन्द गरिनेछ, म्यानपावर ब्यबसाय बिस्थापित गरिनेछ र उनीहरुलाई विकल्प प्रदान गरिनेछ” –यो सबै भन्दा महत्वाकांक्षा बोकेको र आम जनताको समेत ठुलो चासो रहेको घोषणा थियो एमालेका अध्यक्ष केपी ओलीको । अब युवा हरुलाई विदेश नपठाउनुस स्वदेशमै रोजगारीको अवशर सृजना गरेर दश बर्ष भित्रमा नेपाली हरुको प्रतिव्यक्ति आय पांच हजार डलर पुर्याउन पहल गर्नुस र त्यो तपाइले गरेको पहल जनताले अनुभूत गर्न सकिने होस् ता कि तपाइँ प्रति र तपाइको घोषणा प्रति जनता बिस्वस्त हुन सकुन भनेर माग गर्नु गलत हो र ?

दुर्गा पंगेनी

कोई टिप्पणी नहीं