अपडेट

राष्ट्रव्यापी खुल्ला दोहोरीगीत प्रतियोगीता हुँदै



नेपाली लोक परम्परा र दोहोरी संस्कृतिको जगेर्ना गर्ने अभिप्रायले स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा “हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर” भन्ने मुख्य नारा सहित हुन गईरहेको चौथो राष्ट्रव्यापी खुल्ला दोहोरी गीत प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको जानकारी आज लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।

नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका पत्रकार तथा प्रतिष्ठान कार्य समितिको उपस्थित रहेको थियो । एक दशक अगाडी स्थापना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा अहिले चालिस हजार भन्दा बढी सदस्य हरु आवद्द भैसकेका छन् । लगभग देशै भरि शाखा बिस्तार भएको प्रतिष्ठानका बैदेशिक शाखा हरु पनि स्थापना हुदै गएका छन् । बिभिन्न जिल्लामा शाखा र अंचल देखि बैदेशिक शाखा सम्म संस्थागत भईसकेको प्रतिष्ठान अब छिटै संघिय ढाँचामा परिवर्तन हुन लागेको छ ।

चैत्र १३ गते देखि १७ गते सम्म लगातार हुने उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्कृति मन्त्रि आउनु हुने कुरा पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा उठेका प्रश्न हरुको प्रतिष्ठानका वर्तमान अध्यक्ष बद्रि पंगेनीले जवाफ दिएका थिए । अध्यक्षनै सक्रिय राजनीतिमा लागेको अहिलेको अवस्थामा प्रतिष्ठानलाइ कसरि गैह्र राजनीतिक संस्था मान्न सकिन्छ भन्दै पत्रकारहरुले बद्री पंगेनीलाई राखेको प्रश्नमा पंगेनीले व्यंग्य गर्दै भने “हामी जो कोहीको पेशा फरक होला तर देशको एक सचेत नागरिकको हैसियतले कुनै बिचार प्रति झुकाव राख्नु या कुनै दल प्रति आश्थावान हुनु गलत हुदैन । म कुनै व्यक्तिगत स्वार्थको कारणले राजनीतिमा लागेको पनि होइन र कुनै व्यक्तिगत स्वार्थ पुरा गराउन कुनै नेता बिशेषको नजिक भएको पनि होइन । मेरो कलाकारिता मेरो पेशा हो र राजनीति आस्था मात्र हो । मेरो आश्थाले मेरो पेशागत मर्यादा र संस्थागत निश्पक्षतामा कुनै आशार गर्न दिएको छैन । तपाई पत्रकार हो भने तपाईको पनि रोजाईमा एउटा पार्टी होला त्यो भन्दैमा तपाईको पत्रकारिता कुनै दलमुखी/राजनीतिक मुखी भन्नु उचित हैन”।

अर्ना वियर, सिटि मनिट्रान्सफरको प्रायोजनमा हुन लागेको उक्त कार्यक्रमको अफिसियल मिडिया पार्टनरमा भने सिटिजन एफएम (नेपालकै पहिलो भिडियो एफएम)ले उक्त कार्यक्रमलाइ प्रत्यक्ष हेर्न र सुन्ने ब्यबस्था गरिदिने कुरा पंगेनीले उक्त पत्रकार सम्मेलनमा जानकारी दिए। लगातार बिहान १० बजे देखि साँझ ६ बजेसम्म चल्ने दोहोरी गीत प्रतियोगीतामा बिभिन्न जिल्ला/अंचलका कलाकारहरुको उपस्थिति रहने छ । यहि प्रतियोगिता बाट नयाँ प्रतिभाको खोजि गरिने कुरा प्रथामिकतामा रहेको समेत अध्यक्ष पंगेनीले बताए ।

देशका चर्चित गायक गायीकाको अन्य औपचारिक प्रस्तुति सहित हास्य कलाकारहरुको प्रहसन समेत प्रतियोगिता अवधि भर रहने छ । ‘प्रतियोगीतमा देशभरबाट ४० वटा समुहले भाग लिने छन्, हामीले विगतको अभ्यासलाई परिमार्जन गर्दै अन्तर दोहोरी साँझ प्रतियोगितालाई खुल्ला लोक दोहोरी गीत प्रतियोगीताको रुपमा आयोजना गरिदै छ ।

प्रतिव्यक्ति पचास रुपिया मात्र प्रवेश शुल्क तोकिएको जानकारी दिदै दैनिक पचास हजार दर्शक उपस्थित हुने कुरामा आफु हरु आशावादी रहेको कुरा पनि जानकारी गराईएको थियो ।

प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने समुहले क्रमशः १ लाख ५१ हजार १ यस रुपौयाँ, १ लाख १ हजार १ सय रुपैयाँ, ५७ हजार ७ सय ७७ रुपैयाँ र २७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् ।

कोई टिप्पणी नहीं